२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुको उत्तरी क्षेत्रमा संबिधानको स्वागत, दक्षिणीलाई कालो दिन

३ आश्विन २०७२, आईतवार ०४:०३

KapilbastUदीपकअनुरागी आचार्य, असोज ३, कपिलवस्तु । आज नेपालको संबिधान २०७२ घोषणा हुने दिन कपिलवस्तुको उत्तरी
भेगमा उज्ज्यालो दिनका रुपमा संबिधानको भवय कार्यक्रम स्वागत गरिदै छ । भने जिल्लाको दक्षिणी भेगमा कालो
दिनका रुपमा मनाईने भएको छ । ६५ बर्षको लामो पर्खाइ पछि जनताको संबिधान आउन लागेको भन्दै उत्तरी
क्षेत्रमा भब्य समारोह सहीत घर घरमा दिपावली सहीत खुशीयाली मनाउने निर्णय गरिएको हो । बाणगंगा
नगरपालिकाको चार नम्बर जीतपुरमा भएको ५ दलीय बैठकले सो निर्णय गरेको एमाले जिल्ला अध्यक्ष झबिलाल
पोख्रेलले बताउनुभयो ।

कांग्रेस, एमाले, एकीकृत माओबादी, माले र राष्ट्रिय जनमोर्चाको बैठकले आज
साझ घर घर र चोक चोकमा दिपावली गर्ने निर्णय गरेको अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो । यस्तै असोज ४
गते भोली जीतपुर, गोरुसिंगे र चन्द्रौटामा भब्य कार्यक्रम गरिने भएको छ । पंचेबाजा, झाकी सहीत भब्य
उत्सव मनाएर संबिधान आएको खुशीयाली साटासाट गरिने कार्यक्रम तय भएको छ ।

उत्तरी भेग उज्यालो गरी
मनाई रहदा दक्षिणी भेगमा भने आज र भोली मधेसी मोर्चाहरुले बिभिन्न बिरोधका कार्यक्रम सार्वजनिक गरेका
छन् । सदरमुकाम तौलिहवा, कृष्णनगर बहादुरगंज, महाराजगंज लगायतका स्थानमा बिरोध जुलस र सभा, संबिधान
च्याने मोर्चाले निर्णय गरेको छ । मोर्चाको बिरोधका कारण जिल्लाका दक्षिणी भेगमा संबिधान सभा आएको
खुशीयालीको कार्यक्रम नहुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला