२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

लामो समय पछि राजापानी सामुदायिक बनले नयाँ नेतृत्व पाउदै

२२ आश्विन २०७२, शुक्रबार २१:१५

दीपकअनुरागी आचार्य/असोज २३, कपिलवस्तु । कपिलवस्तुकै सबैभन्दा ठुलो सामुदायिक बनको
रुपमा लिइने राजापानि सामुदायिक बनको निर्वाचन आज शनिबार हुदै छ ।

गत बैशाख महिना देखि नेतृत्व
बिहिनको अवस्थामा रहेको बनले भोली नयाँ नेत्तृत्व पाउने भएको हो । लामो समय देखिको सहमती प्रयास विफल भए
पछि अन्ततह दुई प्यानल बिच प्रतिष्प्रर्धा हुन लागेको बनको निर्वाचन समितीले जनाएको छ ।

बनको
अध्यक्षको लागी चन्द्र बहादुर केशि र ढाकाराम अधिकारी प्यानल बिच प्रतिष्प्रर्धा हुने देखिएको छ । केशि
पुर्व अध्यक्ष तथा एमाओबादी निकटका हुन् भने अधिकारी समाजसेवि तथा एमाले निकटका हुन् । निर्वाचनको पुर्व
सन्ध्यामा दुवै उम्मेद्धारले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् ।

आफुले जिते बनको लागी
काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै मतदाताहरुलाई आग्रह गर्दै अधिकारीले आफु सबैको साझा उम्मेद्धार
बनेकोले जित्ने दाबी गर्नुभयो ।
यता पुर्व अध्यक्ष समेत रहनुभएका केशिले पनि आफ्नो जित सुनिश्चित
रहेको बताउनुभयो ।

अधुरो कामलाई पुरा गर्नको लागी यो पटक पनि आफुले उम्मेद्धारी दिएको केशिको
भनाई छ । राजापानि सामुदायिक बनमा करिब २३ सय ७ उपभोक्ता रहेका छन् । यि सबै उपभोक्ताले भोट दिन पाउने
निर्वाचन समितीका संयोजक कृष्ण प्रसाद भट्ट्राई बताउनुभयो ।

साविक गजेहडा, हथौसा, पटना गाविसका
जनता यस बनबाट प्रत्यक्ष लाभ लिइरहेका छन् । निर्वाचन आज बिहान ७ बजे देखि शुरु हुने निर्वाचन आयोगका
सदस्य दोलक बहादुर पछाईले बताउनुभयो ।

गोटिहवा प्राथमिक विद्यालय गंगौलीमा चुनाव हुने भएकोले सबै
मतदाताहरुलाई त्यहा आउन उहाले आग्रह गर्नुभएको छ । दुई प्रतिस्पर्धी मध्ये केशि एमाओबादी लगायतका अन्य
साना दलका उम्मेद्धारी हुन् भने अधिकारी एमाले, काङ्ग्रेस, जनमोर्चाका साझा उम्मेद्धारी बनेका छन्

बनको दुई बर्षे कार्यकालको लागी २१ सदस्यिय समिती बन्ने छ । अध्यक्ष, सचिव, उपाध्यक्षमा भोट
हुने छ भने कोषाध्यक्ष र सहसचिवमा एक जनाको मात्र उम्मेद्धारी परेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का