२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

लामो समय पछि राजापानी सामुदायिक बनले नयाँ नेतृत्व पाउदै

२०७२, २२ आश्विन शुक्रबार २१:१५

दीपकअनुरागी आचार्य/असोज २३, कपिलवस्तु । कपिलवस्तुकै सबैभन्दा ठुलो सामुदायिक बनको
रुपमा लिइने राजापानि सामुदायिक बनको निर्वाचन आज शनिबार हुदै छ ।

गत बैशाख महिना देखि नेतृत्व
बिहिनको अवस्थामा रहेको बनले भोली नयाँ नेत्तृत्व पाउने भएको हो । लामो समय देखिको सहमती प्रयास विफल भए
पछि अन्ततह दुई प्यानल बिच प्रतिष्प्रर्धा हुन लागेको बनको निर्वाचन समितीले जनाएको छ ।

बनको
अध्यक्षको लागी चन्द्र बहादुर केशि र ढाकाराम अधिकारी प्यानल बिच प्रतिष्प्रर्धा हुने देखिएको छ । केशि
पुर्व अध्यक्ष तथा एमाओबादी निकटका हुन् भने अधिकारी समाजसेवि तथा एमाले निकटका हुन् । निर्वाचनको पुर्व
सन्ध्यामा दुवै उम्मेद्धारले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् ।

आफुले जिते बनको लागी
काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै मतदाताहरुलाई आग्रह गर्दै अधिकारीले आफु सबैको साझा उम्मेद्धार
बनेकोले जित्ने दाबी गर्नुभयो ।
यता पुर्व अध्यक्ष समेत रहनुभएका केशिले पनि आफ्नो जित सुनिश्चित
रहेको बताउनुभयो ।

अधुरो कामलाई पुरा गर्नको लागी यो पटक पनि आफुले उम्मेद्धारी दिएको केशिको
भनाई छ । राजापानि सामुदायिक बनमा करिब २३ सय ७ उपभोक्ता रहेका छन् । यि सबै उपभोक्ताले भोट दिन पाउने
निर्वाचन समितीका संयोजक कृष्ण प्रसाद भट्ट्राई बताउनुभयो ।

साविक गजेहडा, हथौसा, पटना गाविसका
जनता यस बनबाट प्रत्यक्ष लाभ लिइरहेका छन् । निर्वाचन आज बिहान ७ बजे देखि शुरु हुने निर्वाचन आयोगका
सदस्य दोलक बहादुर पछाईले बताउनुभयो ।

गोटिहवा प्राथमिक विद्यालय गंगौलीमा चुनाव हुने भएकोले सबै
मतदाताहरुलाई त्यहा आउन उहाले आग्रह गर्नुभएको छ । दुई प्रतिस्पर्धी मध्ये केशि एमाओबादी लगायतका अन्य
साना दलका उम्मेद्धारी हुन् भने अधिकारी एमाले, काङ्ग्रेस, जनमोर्चाका साझा उम्मेद्धारी बनेका छन्

बनको दुई बर्षे कार्यकालको लागी २१ सदस्यिय समिती बन्ने छ । अध्यक्ष, सचिव, उपाध्यक्षमा भोट
हुने छ भने कोषाध्यक्ष र सहसचिवमा एक जनाको मात्र उम्मेद्धारी परेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से