२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुका विभिन्न क्षेत्रमा दुर्गा बिर्सजन गरियो

६ कार्तिक २०७२, शुक्रबार २०:५५

दीपकअनुरागी आचार्य/कात्तिक ७, कपिलवस्तु
बडादशै अन्र्तगत नवदुर्गाको अवसर पारि जिल्लाको विभिन्न स्थानका चोक चोकमा पुजाको रुपमा
राखिएको दुर्गा शुक्रबार देखि विर्सजन गर्न थालिएको छ । विशेष गरी तराई क्षेत्रका समुदायले नवदुर्गा भरी
दुर्गा पुजालाई बिशेष तरीकाले मुख्य मुख्य बजारमा राखि पुजाआजा गर्ने गर्दछन् ।

मुख्य चोक चोकमा दुर्गा भवानीका मुर्ति राखि पुजा गर्नाले धेरै दर्शनार्थीले अवलोकन
गर्ने गरेको आयोजकले बताएका छन् । जिल्लाको सदरमुकाम तौलिहवा, चारनम्बर, चन्द्रौटा, बहादुरगञ्ज,
महाराजगञ्ज लगायतका मुख्य बजारमा टेन्ट टागि, भक्ति गित संगित सुनाई नौ दुर्गा भरी नै दुर्गाको पुजा
गरिन्छ ।

त्यहि दुर्गालाई दशैको भोली पल्ट एकादशी देखि
कोजाग्रत पुर्णिमा सम्म बिर्सजन गरिएको छ । यस्तै शुक्रबार एकादशीको अवसरमा जिल्लाका विभिन्न स्थानमा
दुर्गा विर्सजन गरिएको छ ।

यसैबिच कपिलवस्तुको बनगाईमा राखिएको
दुर्गा पुजाको पनि शुक्रबार साझँ बिर्सजन गरिएको छ । जिल्लाको महत्वपुर्ण धार्मीक तथा पर्यटकिय स्थलका
रुपमा लिइने लक्ष्मणघाटमा दुर्गा विसर्जन गर्नेहरुको ठुृलो घुइचो लागेको थियो । विभिन्न तवरले सजाइएका
करिब २ दर्जन मुर्तीहरु शुक्रबार लक्ष्मणघाटमा भजन कृतन सहित पुजाआजा गरी समिपमा रहेको वाणगंगा नदिमा
विधिपूर्वक विसर्जन गरिएको बताइएको छ ।

यता कपिलवस्तुको पश्चिमी
क्षेत्र चन्द्रौटामा पनि दुर्गा बिर्जजन गरिएको छ । घटस्थापनाको दिन देखि चन्द्रौटा बजारमा राखिएको
दुर्गालाई जिल्लाको बेलदिनमा ल्याई विधिपुर्वक बिर्जजन गरिएको हिन्दुधर्मालम्बिहरुले जनाएका छन् । बिशेष
गरी चन्द्रौटा क्षेत्रका मधेसी समुदायका जनताले उक्त दर्गालाई बजारमा राख्ने गर्दछन् । एकादशीको दिनमा
प्रत्येक बर्ष दुर्गा विर्सजन गरिएको बताइएको छ ।

यस्तै
तौलिहवामा निकालिएको झाकीलाई भक्तजनहरुले नगर परिक्रमा गराई रामघाटमा लगेर मुर्ति बिर्सजन गरेका थिए ।
बाजागाजा र नाचगान सहीत भक्तजनहरु रामघाट नदी पुगेका थिए । मुर्ति सेलाउने बिभिन्न स्थलहरुमा मेला समेत
लागेको थियो । संभावित घटनालाई मध्यनजर गर्दै ठाउ ठाउमा प्रहरी परिचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले