2026-09-18 10:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बर्दियामा हात्तीको आक्रमणवाट एकजनाको मृत्यु, दुईजना गम्भिर घाईते

पुस १३, बर्दिया । बर्दियामा हात्तीको आक्रमणवाट एकजनाको मृत्यु भएको छ भने थप दुई जना गम्भिर घाइते भएका छन ।

बर्दियाको सदरमुकामदेखि पश्चिम तर्फ रहेको मनाउ गाविस वडा नं. ५ प्रसेनि वजारमा बुधवार विहान सवा सात वजेतिर बर्दिया राष्ट्रिय निकुञ्जको जंगलबाट आएको हात्तीको बथानले आक्रमण गर्दा मनाउ गाविस वार्ड नं. ५ प्रसेनीका लोकबहादुर परियारकी श्रीमती ३० वर्षीया विमला परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

हात्तीको आक्रमनबाट सोही गाविस वडा नं. ८ का अन्दाजी ५६ वर्षीय रामप्रसाद लामिछाने, सोही गाविस वडा नं. २ का १४ वर्षीय दिनेश शिंह ठकुरी घाइते भएका छन । घाइते दुवै जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको मनाउ प्रहरी चौकीका इञ्चार्ज खटकबहादुर थापाले जानकारी दिए । हात्तीको आक्रमणबाट भएको अन्य भौतिक संरचनाको क्षतिको विवरण आउन बाँकी नै रहेको प्रहरीले बताएको छ ।

मनाउ गाविसको प्रसेनी वजारमा एका विहानै हात्तिले तान्डव मच्चाउँदा गाविस कार्यालय , स्वास्थ्य चौकी , प्रहरी चौकीको छतमा मानिसहरु ज्यान जोगाउनका लागि पुगेका थिए । अहिले सो हात्तिहरुको बथान नेपाली सेना,स्थानिय वासी र प्रहरीले जंगलतिर धपाइरहेको जानकारी दिइएको छ । दीपक शर्माबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई