२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

जिबिस कपिलवस्तुको बजेट चार अर्ब

२०७२, १ चैत्र सोमबार ११:०३

दीपकअनुरागी आचार्य, चैत्र १, कपिलवस्तु / पुर्वाधार, कृषि पर्यटन
प्रर्वद्धनलाई प्राथमिकतामा राख्दै जिविस कपिलवस्तुले आगामी आ.ब. २०७३÷७४ का लागि चार अर्बको अनुमानित
बजेट प्रस्ताव गरेको छ । पूजिगत तर्फ १ अर्ब ७८ करोड र चालु तर्फ २ अर्ब २१ करोड गरि कुल ३ अर्ब ९९ करोड
३० लाख रकम विनियोजन गरेको हो ।

bajet

जिल्ला विकास समिति कपिलवस्तुले तौलिहवामा आयोजना
गरेको २१ औ जिल्ला परिषदबाट पारित बार्षिक निति तथा बजेट कार्यक्रम सार्वजनिक समारोहमा चार अर्बको बजेट
घोषणा गरेको हो । प्रस्तावित बजेट गत आर्थिक बर्ष २०७२/७३ भन्दा १४ दशमलव एक प्रतिशतले कम हो । गत बर्ष
४ अर्व ६४ करोड ७० बजेट थियो । भौतिक पुर्वाधारमा २ अर्व १९ करोड, सामाजिक विकास तर्फ १ अर्व २९ करोड,
गैर सरकारी संस्थामा २१ करोड ९१लाख, वन र वातापरणमा १२ करोड ७० लाख र आर्थिक तर्फ १२ करोड बजेट राखिएका
छन् ।
स्थानिय विकास अधिकारी चन्द्रकान्त न्यौपानेले कपिलवस्तुको दिर्घकालिन विकासको लागि पर्यटन
प्रर्बद्धन तथा कृषिमा विशेष जोड दिइएको बताउनुभएको छ । निति कार्यक्रमलाई प्रस्तुत गर्दै उहाले अबको १
दशक बुद्ध संग सम्बन्धित प्राचिन ऐतिहासिक स्थलहरुको उत्खनन्, प्रर्बद्धन, प्रचार प्रसार तथा आन्तरिक र
बाह्य पर्यटकको लागि उत्कृष्ट गन्तव्य बनाउने लक्ष्यका साथ अघि बढ्ने बताउनुभयो । कपिलवस्तुका ठूला ठूला
खेतीयोग्य फाँट शिचाई अभावले बाँझो बन्दै गएको र देश खाद्यान्नमै परनिर्भर बन्नुपरेको बाध्यताबाट मुक्त
हुन अबको ५ बर्षमा जिल्लाका सबै क्षेत्रमा शिचाई सुविधा पुरयाउने योजना बनाइएको जानकारी दिनुभयो

 

यसै गरि जिल्ला विकास समितिले बर्षेनी प्रदान गर्ने विकास पत्रकारिता
पुरस्कारबाट पत्रकार डिलाराम भुसाललाई रु १५ हजार सहित सम्मान गरिएको छ । जिविसले यसै बर्ष देखि स्थापना
गरेको समावेशी विकास पत्रकारिता पुरस्कारबाट पत्रकार मनोज कुमार श्रीवास्तवलाई रु १५ हजार राशी सहित
सम्मानित गरिएको छ ।
कार्यक्रममा पूर्व मन्त्री तथा सभासद वृजेश कुमार गुप्ता, सभासद बलराम अधिकारी,
डोर प्रसाद उपाध्याय, नरसिंह चौधरी, विश्राम प्रसाद थारु, अभिषेक प्रताप शाह लगायत जिल्लाका विभिन्न
राजनितिक दलका नेताहरुले कपिलवस्तुको विकासमा सबै एक भई अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो । स्थानीय
विकास अधिकारी न्यौपानेको अध्यक्षता र बासु जमरकट्टेलका संचालनमा भएको कार्यक्रममा एकीकृत माओबादीका
रुद्र बन्जाडे, एमालेका झबी पोख्रेल, तमलोपाका धरम बहादुर श्रीवास्तव, फोरमका केन्द्रिय सदस्य सहसराम
यादव, नेपाल सदभावना पार्टीका कालीपद शर्मा, राप्रपाका राम आषिष पाण्डेय लगायतले मन्तब्य दिनुभएको थियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा