२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

जिबिस कपिलवस्तुको बजेट चार अर्ब

२०७२, १ चैत्र सोमबार ११:४३

jibisa kapilvastuदीपकअनुरागी आचार्य/चैत १, कपिलवस्तु
पुर्वाधार, कृषि पर्यटन प्रर्वद्धनलाई प्राथमिकतामा राख्दै जिविस कपिलवस्तुले आगामी आ.ब.
२०७३÷७४ का लागि चार अर्बको अनुमानित बजेट प्रस्ताव गरेको छ ।

पूजिगत तर्फ १ अर्ब ७८ करोड र चालु तर्फ २ अर्ब २१ करोड गरि कुल ३ अर्ब ९९ करोड ३० लाख रकम
विनियोजन गरेको हो । जिल्ला विकास समिति कपिलवस्तुले तौलिहवामा आयोजना गरेको २१ औ जिल्ला परिषदबाट पारित
बार्षिक निति तथा बजेट कार्यक्रम सार्वजनिक समारोहमा चार अर्बको बजेट घोषणा गरेको हो ।

प्रस्तावित बजेट गत आर्थिक बर्ष २०७२÷७३ भन्दा १४ दशमलव एक प्रतिशतले कम हो ।
गत बर्ष ४ अर्व ६४ करोड ७० बजेट थियो । भौतिक पुर्वाधारमा २ अर्व १९ करोड, सामाजिक विकास तर्फ १ अर्व २९
करोड, गैर सरकारी संस्थामा २१ करोड ९१लाख, वन र वातापरणमा १२ करोड ७० लाख र आर्थिक तर्फ १२ करोड बजेट
राखिएका छन्

स्थानिय विकास अधिकारी चन्द्रकान्त न्यौपानेले
कपिलवस्तुको दिर्घकालिन विकासको लागि पर्यटन प्रर्बद्धन तथा कृषिमा विशेष जोड दिइएको बताउनुभएको छ ।
निति कार्यक्रमलाई प्रस्तुत गर्दै उहाले अबको १ दशक बुद्ध संग सम्बन्धित प्राचिन ऐतिहासिक स्थलहरुको
उत्खनन्, प्रर्बद्धन, प्रचार प्रसार तथा आन्तरिक र बाह्य पर्यटकको लागि उत्कृष्ट गन्तव्य बनाउने
लक्ष्यका साथ अघि बढ्ने बताउनुभयो । कपिलवस्तुका ठूला ठूला खेतीयोग्य फाँट शिचाई अभावले बाँझो बन्दै
गएको र देश खाद्यान्नमै परनिर्भर बन्नुपरेको बाध्यताबाट मुक्त हुन अबको ५ बर्षमा जिल्लाका सबै क्षेत्रमा
शिचाई सुविधा पुरयाउने योजना बनाइएको जानकारी दिनुभयो ।

यसै गरि
जिल्ला विकास समितिले बर्षेनी प्रदान गर्ने विकास पत्रकारिता पुरस्कारबाट पत्रकार डिलाराम भुसाललाई रु
१५ हजार सहित सम्मान गरिएको छ । जिविसले यसै बर्ष देखि स्थापना गरेको समावेशी विकास पत्रकारिता
पुरस्कारबाट पत्रकार मनोज कुमार श्रीवास्तवलाई रु १५ हजार राशी सहित सम्मानित गरिएको छ ।

कार्यक्रममा पूर्व मन्त्री तथा सभासद वृजेश कुमार गुप्ता, सभासद बलराम
अधिकारी, डोर प्रसाद उपाध्याय, नरसिंह चौधरी, विश्राम प्रसाद थारु, अभिषेक प्रताप शाह लगायत जिल्लाका
विभिन्न राजनितिक दलका नेताहरुले कपिलवस्तुको विकासमा सबै एक भई अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।
स्थानीय विकास अधिकारी न्यौपानेको अध्यक्षता र बासु जमरकट्टेलका संचालनमा भएको कार्यक्रममा एकीकृत
माओबादीका रुद्र बन्जाडे, एमालेका झबी पोख्रेल, तमलोपाका धरम बहादुर श्रीवास्तव, फोरमका केन्द्रिय सदस्य
सहसराम यादव, नेपाल सदभावना पार्टीका कालीपद शर्मा, राप्रपाका राम आषिष पाण्डेय लगायतले मन्तब्य
दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु