अमृत बास्तोला/पुस १३, तेह्रथुम । तेह्रथुमको संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आगलागीका अग्निपिडित विद्यार्थी बालबालिकाहरुलाई ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अमृत बास्तोला/पुस १३, तेह्रथुम । तेह्रथुमको संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आगलागीका अग्निपिडित विद्यार्थी बालबालिकाहरुलाई ब"/>

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

अग्निपिडित विद्यार्थी परिवारलाई देउराली सोसाईटीद्धारा राहत

२०७३, १३ पुष बुधबार १२:१४



अमृत बास्तोला/पुस १३, तेह्रथुम । तेह्रथुमको संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आगलागीका अग्निपिडित विद्यार्थी बालबालिकाहरुलाई बुधबार देउराली सोसाईटी तेह्रथुमले राहत सामग्री उपलब्ध गराएको छ । 

सोसाईटीले संक्रान्तिबजार स्थित ईलाका प्रहरी कार्यालयमा औपचारीक कार्यक्रमको आयोजना गरि अग्निपिडित ५० जना विद्यार्थी, ८ जना विद्यालय जान उमेर नपुगेका बालबालिका, ४ जना गर्भवति महिला र ९ जना विपन्न परिवारलाई राहत सामग्री वितरण गरेको हो ।

पिडित विद्याथीहरुलाई शैक्षिक सामग्री, झोला, विद्यालय पोशाक, थर्मस, विद्यालय नजाने बालबालिका र विपन्न परिवारलाई न्यानो कपडा, ग्यास चुलो, प्रेसर कुकर, थर्मस र गर्भवती महिलालाई कुकर र थर्मस गरि १ लाख ९२ हजार बराबरको राहत सामग्री उपलब्ध गराइएको देउराली सोसाईटी तेह्रथुमका कार्यक्रम अधिकृत खगेन्द्र सापकोटाले जानकारी दिनु भयो । 

कार्यक्रमलाई सम्बोधन गर्दै सोसाईटी अध्यक्ष दिनेश कुमार खनालले पिडाको घडीमा साहानुभूती स्वरुप राहत वितरण गरिएको बताउनु भयो । तेह्रथुमको जलजले गाविसबाट २०४८ सालमा जलजला समाजको विस्तारित देउराली सोसाईटीले खानेपानी तथा सरसफाई, सुधारिएको चुलो र स्थानिय अधिकार कार्यक्रम अन्र्तगत कृषि, शिक्षा, बालबालिका, महिला र सुसाशनको क्षेत्रमा काम गर्दै आएको अध्यक्ष खनालले बताउनु भएकोछ । 

गत पुस १ गते भएको भिषण आगलागिबाट संक्रान्तिबजारका ३२ घर सहित ७३ परिवारका ८ बालबातिका, ४ गर्भवति महिला, ५० विद्यार्थी, ९३ महिला सहित १७८ जना विस्थापित भएका छन् । आगलागीबाट १४ करोड ८ लाख रुपैया बराबरको क्षति भएको छ । अग्निपिडित परिवारलाई विभिन्न सरकारी तथा गौर सरकारी संघ संस्था र प्रवासी नेपालीहरुबाट राहत स्वारुप जिन्सी तथा नगद आउने क्रम जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा