२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

जगदीशपुर तालको सरकारी निकायले नै महत्व बुझेन

२०७२, १३ चैत्र शनिबार ०५:२९

jagadishpur taaalकमल बेल्बासे/चैत १३, कपिलबस्तु ।
नेपालकै प्रमुख गन्तब्य तथा बिश्वकै संपदाका रुपमा रहेका कपिलबस्तु जिल्लाको निग्हिवा गाबिसमा रहेको
जगदीशपुर ताललाई सरकारी निकायले बेवास्ता गरेकाले तालको महत्व नबुझेको जगदीशपुर जलासय बहुसरोकारवाल
मंचका सदस्यहरुले गुनासो गरेका छन् ।

बिश्व सीमसार क्षेत्रमा
सुचीकृत तथा मानव निर्मित नेपाल कै सबै भन्दा ठुलो तालका लागि जिबिस, वन, गाबिस लगायतका सरकारी निकायले
बजेट बिनियोजित नगरेको भन्दै उनीहरुले आक्रोस पोका छन् ।

मंचद्धारा जगदशीपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मंचका सदस्य तथा अगुवा ललित गुरुङले
जिबिसले २ बर्ष देखि तालको नाममा एक रुपैया पनि बिनियोजित नगरेको प्रति तीब्र असंतुष्टी ब्यक्त गर्नुभयो
। स्थानिय बिकास अधिकारी स्वयम पदेन संयोजक रहेको मंचमा जिबिसबाट तालकालागि एक पैसा पनि नछुाईनु निकै
दुःख कुरा रहेको उहाले बताउनुभयो ।

तालकालागि तत्कालीन प्रमुख
जिल्ला अधिकारी रामप्रसाद पाण्डेयको सयममा जिबिसले ५ लाख बजेट बिनियोजित गरेको थियो । त्यस अघि पनि
तालकालागि जिबिसबाट बजेट छुट्टाईने गरिएको थियो । तर २ बर्षयता आफहरुले ध्यानकषर्ण गराउदा कुनै सुनुवाई
नभएको स्थानीयले गुनासो गरेका छन् ।

आईयुसिनले जगदीशपुरको विकासकालागि संचालिन भबिष्यका लागि
सीमसार परियोजना २ महिना पछि सकिदै छ । त्यसले झनै समस्या निम्त्याएको छ । परियोजनाले ताल क्षेत्रमा
पिकानिक स्पट, होमस्टे संचालन, तालिम, तारबार लगायतका कार्यमा सहयोग गरेको छ । तर २ महिना पछि परियोजना
फेज आउट हुने पक्का भएकोले ताल संरक्षणका र विकास रोकिने देखिएको छ ।

गाबिसले बर्षको ५० हजार वन कार्यालयले तारबार लगायतका केही रकम दिने गरेको छ । मञ्चले तालको
बिचमा ठुलो बुद्धको मुर्ति स्थापना, डुंगा संचालन लगायतका योजना अघि सारे पनि आर्थिक समस्याले गर्दा
सुरुवात हुन सकेको छैन ।

माघमा गरिएको गणनाकाक्रममा तालमा १ सय
१३ प्रजातिका १७ हजार ३१८ जलपंक्षीको गणना गरिएको थियो । सन २००३ मा ताल बिश्व सीमसार क्षेत्रमा सुचीकृत
भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु