(कविता उपाध्याय) | पुस १५, लिबाङ (रोल्पा) | रोल्पा जिल्लाबाट प्रतिनिधित्व गरेका नेताले सिङ्गो देश र शासन सत्ता चलाइरहँदा पनि रोल्पालीको हैसियतमा भने परिवर्तन आउन नसकेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... (कविता उपाध्याय) | पुस १५, लिबाङ (रोल्पा) | रोल्पा जिल्लाबाट प्रतिनिधित्व गरेका नेताले सिङ्गो देश र शासन सत्ता चलाइरहँदा पनि रोल्पालीको हैसियतमा भने परिवर्तन आउन नसकेको"/>
2026-09-19 02:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेताको कामबाट निरास रोल्पाली बिदेसिन बाध्य

(कविता उपाध्याय) | पुस १५, लिबाङ (रोल्पा) | रोल्पा जिल्लाबाट प्रतिनिधित्व गरेका नेताले सिङ्गो देश र शासन सत्ता चलाइरहँदा पनि रोल्पालीको हैसियतमा भने परिवर्तन आउन नसकेको रोल्पाली जनताको गुनासो छ । 

दशवर्षे सशस्त्र द्वन्द्वका कारण थिलथिलो परेको रोल्पाको मुटु र टुक्राटुक्रामा विभक्त भएका रोल्पालीका मनमा अझै पनि महलमपट्टी लगाउन नसके इतिहासले सबैलाई धिक्कार्ने रोल्पाली जनताले बताएका छन् । “हाम्रा प्रतिनिधिले प्रधानमन्त्री, सभामुख, उपराष्ट्रपति तथा उपप्रधानमन्त्री जस्ता गरिमामय पद र ओहदामा बसी सिङ्गो देशकै जिम्मेवारी सम्हाली रहँदा रोल्पा र रोल्पाली जनताको मुहार फेरिनुपर्ने हो तर त्यसो हुन सकिराखेको छैन,” गजुल रोल्पाका कुमार विकले भन्नुभयो । 

विकले भन्नुभयो – “दशवर्षे सशस्त्र युद्ध सकिएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि बन्दुक बाकसमा राखेर हामी रोल्पाली नै कलम बोकेर शासन सत्ताको जिम्मा लगाएका थियौँ तर उहाँले पनि रोल्पा र रोल्पाली जनताको गुन तिर्न बिर्सनुभएको छ” । पटकपटक प्रधानीमन्त्रीको जिम्मेवारी सम्हालिसकेका दाहालले रोल्पा र रोल्पाली जनताको बेवास्ता गरेको उहाँको आरोप छ । 

“राजा हुँदा पनि हामी रोजीरोटीका लागि वैदेशिक रोजगारीमा थियौँ अहिले आफ्ना प्रतिनिधिले देश चलाउँदा पनि दुई छाक टार्नकै लागि विदेशी भूमिमा पसिना चुहाउनुपर्छ भने के फरक भयो राजा र जनताको शासनमा ?” – उहाँले सत्ताधारीलाई प्रश्न गर्नुभयो । बार्ह वर्षको कलिलो उमेरदेखि दुई छाक टार्नकै लागि विकले भारत, दुबई, मलेसिया लगायतका विभिन्न देशमा पसिना चुहाइसक्नुभएको छ । तेत्तीस वर्षीय विकका घरमा वृद्ध बुबा, श्रीमती र स–साना छोराछोरी छन् । तर आम्दानीको बाटो नहुँदा बिहान खाए साँझ के खाने साँझ खाए बिहान के खाने भन्ने चिन्ताले सताउने हुँदा घरपरिवारबाट टाढिन नचाहेर पनि बिरानो मुलुकमा जानुपर्ने बाध्यता रहेको उहाँले लामो सुस्केरा हाल्दै बताउनुभयो । 

जनताका प्रतिनिधिले देश चलाए दैनिकी फेरिएला भन्ने सोचेका विकका दिनहरु पहिलेभन्दा फरक बन्न सकिरहेका छैनन् । छोराछोरी ठूला हुँदै जाँदा विद्यालयको शुल्क, कापी, कलम र उनीहरुका इच्छा–आकाङ्क्षा बढ्दै गएपछि दैनिकी चलाउन अझै हम्मेहम्मे पर्ने गरेको विकले दुःखेसो पोख्नुभयो । 

सानैमा आमा गुमाएर १५ वर्षको उमेरमा वैवाहिक सम्बन्धमा बाँधिएका विकले विवाह गरेको १८ वर्ष पुगिसक्दासम्म पनि करिब ३ वर्ष जति मात्रै घरपरिवारसँग बसेको बताउनुभयो । परिवार सँगसँगै बस्ने रहर हुँदाहुँदै पनि पेट भर्ने बहानामा परिवारसँग विछोडिएर बिदेसिनुपर्ने बाध्यता उहाँलाई छ । 

यस्तै बडाचौर–५ रोल्पाका २० वर्षीय सङ्गम बस्नेतको गुनासो पनि विकको भन्दा फरक छैन । दुई कक्षा पढेर विद्यालय जानबाट वञ्चित बस्नेत भन्नुहुन्छ, “हाम्रा नेताले हामीलाई जिल्लामै रोजगारीको व्यवस्था मिलाइदिए घरमै बसेर केही गर्ने थियौँ । पढेका र नपढेका युवाका लागि फरक फरक काम गर्ने वातावरण सरकारले मिलाउन सके अवश्य पनि केही वर्षमा रोल्पा र रोल्पालीको मुहार फेरिन्छ ।” 

आफ्नो बाल्यकालको स्मरण गर्दै बस्तेतले भन्नुभयो – “धेरै पढ्ने रहर थियो । तर हामी धेरै भाइबहिनी भएका कारण बुबाले आर्थिक भार थाम्न सक्नुभएन । तैपनि दुई कक्षासम्म त जसोतसो स्कुल गएँ । तीन कक्षा पढ्ने भएपछि कहिले कापी नहुने कहिले कलम नहुने कहिले लगाएको कपडा मैलो हुने त्यसमा पनि सरहरुको कुटाइ खानुपर्ने भएपछि स्कुल छोड्न बाध्य भएँ ।” बार्ह वर्षको कलिलो उमेरदेखि ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका बस्नेतलाई बुबाले नचाहेर नपढाएको भए त अझ पीडा हुने थियो तर ठूलो भएपछि विद्यालय नपठाउनुमा बुबाको आफ्नै बाध्यता भएको बुझेपछि उहाँलाई पढ्न नपाएको त्यति ठूलो पीडा छैन । तर गरिब हुनुमा उहाँ आफ्नो बुबा र आफूलाई दोषी ठान्नुहुन्छ । 

वैदेशिक रोजगारीमा पुगेका नेपालीको लास बाकसमा हालेर नेपाल फर्काएको समाचार रेडियोबाट सुन्दा बस्नेतको मन भक्कानिन्छ तर पनि घरको स्थिति एकदमै नाजुक भएका कारण उहाँलाई विदेश जानैपर्ने बाध्यता छ । 

यस्तै, केही महिनाअघि बहुला कुकुरको टोकाइबाट आफ्ना बुबाको मृत्यु भएपछि सिर्प–५ रोल्पाका रुमे पुन पनि विदेसिने सोचमा हुनुहुन्छ । घरमा कमाउने मान्छेको मृत्यु भएपछि उहाँलाई पनि दैनिकी चलाउन निकै मुस्किल पर्दै गएको छ । लामो प्रयास गर्दा पनि स्वेदशमा रोजगारी फेला नपरेपछि उहाँ विदेश जानका लागि राहदानी बनाउन जिल्ला प्रशासन कार्यालयमा आइपुग्नुभएको छ । 

जनताका प्रतिनिधिले रोल्पा र रोल्पालीको भविष्यका बारेमा चिन्ता गर्नुपर्ने सुझाव दिँदै विकले भन्नुभयो, “हातमा शासन सत्ता भएका बेला हाम्रा नेताले रोल्पा र रोल्पालीका बारेमा सोचेनन् भने रोल्पाको विकास कहिल्यै हुँदैन । त्यसैले यस विषयमा हाम्रा नेता गम्भीर बन्नुपर्छ ।” विभिन्न सम्भावना बोकेको रोल्पामा सरोकारवालाको आँखा र हात पुग्न सके रोल्पाले विकासको गति पक्डनेमा कुनै शङ्का छैन । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई