दीकपअनुरागी आचार्य/चैत्र २५, कपिलवस्तु । कपिलवस्तु वाणगंगा नगरपालिका
१२ कोपवा सुकुम्बासी टोलकि मनिकला परियार २४ औ घण्टा रोएरै दिनरात कटाउन बाध्य हुनुहुन्छ ।
धर्तिमा जन्मे देखि विभिन्न दुखको सामाना गर्दै आउनुभएकि मनिकला परियार मेर्ने बेला
लाग्दा समेत राम्रो संग सुखको सास फेर्न पाउनु भएको छैन् । उमेरले ७० बर्ष काटेकि परियारको जीन्दगीमा
कति दुख आई लाग्यो लाग्यो त्यसको कुनै गणना नै छैन् । आज भन्दा करिब दुई बर्ष पहिले उमेरले ४७ काटेको
जेठो छोराको एक्कासी आँखा गुम्यो । जन्मिदा न्वारन ताका राखिदिएको जेठो छोराको नाम तेज बहादुर परियार भए
पनि अहिले उहाँ दुष्टिबिहिन बन्नु भएको छ ।
नाम तेज बहादुर भएपनि उहाँ अहिले आखा देख्न नसक्ने
दुष्टिबिहिन हुनुहुन्छ । साथै उहाँको आँखा मात्र गुमेन बोली पनि एक्कासी बस्यो । रोगै रोगले थलिएको जेठो
छोरा तेज बहादुर अहिले मर्नु न बाँच्नुको जीन्दगी कटाउन बाध्य हुनभएको छ ।
उमेरले ७० काटेकि आमा
मनिकला र ७२ काटेका बाबुले जेठो छोराको रेखदेख गरिरहनुभएको छ । बुढेसकालमा छोराले पालन पोषण गर्ने बेला
छोराको दयनिय अवस्था देख्दा आफ्नो ज्यानको भन्दा छोरोको चिन्ताले कतै चिताको बाटोमा त पु¥याउने हैन्
भन्नेमा परियार कुनै चिन्तामा हुनुहुन्न । बरु छिटै कालले लगे राम्रो हुने थियो भन्दै काल पर्खिन बाध्य
हुनुभएको छ ।
नियतिले ठगेको यस परियार परिवारको सम्पत्तिको नाममा सुकुम्बासी बस्तिमा फुसले छाएको
रानो झुपडि बाहेक केहि छैन् । गोडा २ तिन्नेक बाख्रा र करिब दुई तीन दर्जन कुखुरा पनि छोरोको उपचारमै
सिद्धिन पुग्यो । वल्तिर पल्तिर सरसापटि लिइ ऋण धन गरि छोरोको उपचारमा करिब ८० हजार खर्च गरेका परियार
परिवारले सन्चो हुन्छ कि भन्ने आशा मात्र गर्न बाध्य भए । सन्चो होला होला भन्दा भन्दै दुई बर्ष विति
सक्यो तर विसको उन्नाइस भएको छैन् ।
छोरोको एक्कासी आँखा गुम्नुको कारण छुट्टै छ । एक श्रीमति र
३ बहिनी छोरीको बाबु भैसकेका तेज बहादुर एक दिन बनमा माइली छोरी संग तरुल खन्न जानुभएको थियो । नजिकै
रहेको बनमा तरुल खन्ने क्रममा तेज बहादुरको दुष्टि एक्कासी गुम्न पुग्यो ।
बुवाले आँखा देख्न
नसक्ने बताए पछि माइली छोरीले बिस्तारै विस्तारै घरमा लिई पु¥याउनुभयो । हट्टा कट्टा छोरो तरुल खन्न
जंगल गएर फिर्किएर आउदा दुष्टि नै गुमेको थाहा पाएका परियार परिवारमा रुवाईको कोहाकल मच्चियो । आर्थिक
रुपमा विपन्न परिवारले औषधि उपचार गर्न तर्फ नलागेर झार फुक गर्न तर्फ लागे ।
तेज बहादुरका बुवा
निम बहादुर परियारले बनमा गएको छोराको एक्कासी आँखा गुम्दा भुत पिचासले छलेर त्यस्तो भएको बताउनुभयो ।
‘त्यो हामीले मात्र भनेका हैनौँ “ धामि झाँक्रिले पनि त्यहि बताएको थियो ।’ उहाँले भन्नुभयो
।”
धामि झाक्रिको जे भन्यो त्यहि गर्न तर्फ परियार लाग्नुभयो । छोरो बाच्न आशामा उहाँले चार पाच
वटा बाख्रा काट्नुभयो भने कुखुराको त गिन्तिनै छैन् । बिशेषगरी मसानले छलेर छोरा तेज बहादुरको आखाँ
गुमेको धामिले बताएका हुन् । ‘त्यहि अनुसार हामी लाग्यौ, बाबु निम बहादुरले भन्नुभयो ।’
आँखाको
दुष्टि अरु कारणले गुम्छ भन्ने परियार समुदायलाई थाहा थिएन् । स्वास्थ्यमा देखिएको समस्या हो समयमा
उपचार गर्नु पर्छ भन्ने सम्मको पत्तो नपाएका यि परिवारले छोराको आँखा बचाउनको लागी धामि झाक्रिको सहयोग
मागेका हुन् । तर आँखा गुमेको दुई बर्ष भएको छ, सन्चो भएको छैन्, त्यहि माथि झन पछि झन अन्य समस्याले
हाल मर्नु न बाँच्नुको हालमा पु¥याएको छ ।
आफ्नो श्रिमानले एक्कासी आखाँ गुमाउन धेरै चिन्तामा
श्रीमती कली परियार हुनुहुन्थ्यो । श्रीमानलाई चाँडै सन्चो होस भन्ने कामनामा उहाँले अनेक उपाए
अपनाउनुभयो । घरपरिवार, छर छिमेकले बनको ‘ लागो मसान’ ले छलेको हो भन्दा पनि उहाँलाई विश्वास नलागि
भैरहवाको अस्पताल सम्म लैजानुभएको थियो । औषधि उपचार गर्दा १५ हजार खर्च भएको बुवा निम बहादुर
बताउँनुहुन्छ ।
त्यो औषधीले पनि बिसको उन्नाइस नभए पछि काठमाण्डौ लगि श्रीमानको उपचार गर्ने
कलीको चाहना थियो । तर सम्भव हुन सकेन । श्रीमानकै पिडाले उहाँको आज भन्दा करिब डेढ बर्ष अघि मृत्युभयो
। छोराको पिडाले छटपटाएको परियारमा बुहारीको निधन पछि गम्भिर समस्या आई लागेको छ ।
अरुको मजदुरा
गरि परिवार पालेकि कलीको निधनले यो परिवारको पारिवारीक स्थिती झनै दर्दनाक बन्न पुगेको छ । तेज बहादुरका
३ छोरी मध्ये दुई छोरीको बिहे भैसकेको छ भने कान्छि छोरी १२ बर्षकि छिन् । बुवाको स्वास्थ्य स्थितीको
कारण नजिकको विद्यालय सम्म जान पाउँदैनिन् । दिन रात बुवाको रेखदेखमा उनको समय वित्ने गरेको छ
।
यसरी मनिकला परियारको जीन्दगीमा ठुलो समस्या आई लागेको छ । परियारले भन्नुहुन्छ, ‘ मेरो
जीन्दगी दुखै दुखमै जाने भयो । छिटो कालको पर्खाइमा छु । ’ उक्त परिवारको स्थिती बुज्न गएको सञ्चारकर्मी
सामु परियार भक्कानो छुटाउने गरि रुनुभयो । ४ छोरी र ३ छोरा मध्ये एउटा छोराको यस भन्दा पहिले मृत्यु
भैसकेको छ ।” “त्यो छोरा पनि समयमा उपचार नपाएर मृत्यु भएको आमा परियारले दुखि हुदैँ भन्नुभयो
।”
जातिले दलित, बर्गले गरिब त्यसमा पनि एक माथि अर्को दैनिक आई लाग्ने कारुणिक दुखका जञ्जालहरु
। कति पिडा छ भनि साध्य छैन् यो परिवारमा । अहिले तेज बहादुरलाई विस्तारै मृगी रोगले पनि आक्रमण गरेको छ
।
रकम अभावमा उपचार हुन नसक्दा तेज बहादुरलाई घर परिवारले पशुलाइ जस्तै बांधेर राखेका छन् ।
बाधेर राख्नु रहर नभए उक्त परिवारलाई बाध्यता छ । मानसिक सन्तुलन गुमाएको छोरा कतै भाग्ने हो कि भन्ने
चिन्ताले बाँधेर राख्न बाध्य भएको आमा मनिकलाले बताउनुभयो ।
शुरुका दिनमा यो सुकुम्वासी बस्तीका
छिमेकिले उपचार र खानपानमा सहयोग गरेपनि लामो समयसम्म विरामी हुंदा गरिविका कारण आफुहरु नै समस्यामा
भएकाले थप सहयोग गर्न नसकिएको छिमेकी बताउंछन् ।
गरिव, दलित र विपन्न परिवारको उद्धार गर्ने
नाममा कपिलवस्तुमा दर्जनौ सरकारी तथा गैर सरकारी संस्थामा बर्षेनी लाखौं रुपैया आउने दावी गरिएपनि यी
यस्ता पिडित परिवारले भने त्यसको गन्ध समेत पाउन सकेका छैनन् ।