दलसिंह गिरी/पुस १५, कालिकोट । जिल्लालाई कुपोषणको प्रयोगशालाको रुपमा लैजाने स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ किरण रेग्मीले बताउनु भएको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/पुस १५, कालिकोट । जिल्लालाई कुपोषणको प्रयोगशालाको रुपमा लैजाने स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ किरण रेग्मीले बताउनु भएको छ । 

"/>
२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटलाई कुपोषणको प्रयोगशालाको रुपमा लैजानुपर्छ: किरण रेग्मी

२०७३, १५ पुष शुक्रबार ११:२०


दलसिंह गिरी/पुस १५, कालिकोट । जिल्लालाई कुपोषणको प्रयोगशालाको रुपमा लैजाने स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ किरण रेग्मीले बताउनु भएको छ । 

कालिकोटमा ब्याप्त कुपोषणको अवस्थालाई ध्यानमा राखी यसको निराकरणको लागि जिल्लालाई प्रयोग शालाकै रुपमा लैजाने बताउनु भएको हो । नेक साइमन्स इस्टिच्यूट, सानेपा ललितपुरको आर्थिक सहयोग तथा प्राविधिक सहयोगमा कालिकोट जिल्लाको जिल्ला अस्पतालमा निर्माण गरिएको कर्मचारी आवास गृहको सम्उद्घाटन समारोहमा बोल्दै रेग्मीले यस्तो कुरा बताउनु भएको हो । 

कालिकोटमा कुपोषणको अवस्थाबारे पछिल्लो चरण मिडियाहरुमा आएको समाचारका साथै केन्द्र तथा क्षेत्रमा हुने रिभियु मिटिङ्गमा समेत जिल्ला स्वास्थ्यले प्रस्तुत गरेको प्रतिवेदन डाटाहरुले कालिकोटमा कुपोषणको अवस्था बारेमा सिंगो स्वास्थ्य मन्त्रालयको नै ध्यान केन्द्रीत भएको बताउनु भएको छ । 

यतिमात्र नभै आफु भवन उद्घाटनको शिलशिलामा जिल्लामा आउदा जिल्ला स्वास्थ्य कार्यालयमा भर्ना भएका विरामी बालबालिकाको कुपोषणग्रस्त अवस्था देख्दा यस्तो मिसन तयार पर्नु पर्ने बाध्यता रहेको बताउनु भएको छ । 

जिल्लामा कुपोषणको अवस्थाबारे आफ्नै आखाले देखे पश्चात तत्काल आफु, चिकित्सा महाशाखा प्रमुख, क्षेत्रिय स्वास्थ्य निर्देशनालय प्रमुख र जिल्ला स्वास्थ्य प्रमुखहरु विच हिजो साझ नै ब्यापक छलफल गरी प्रयोग शालाकै रुपमा अगाडी लैजाने सल्लाह भएको समेत बताउनु भएको छ ।

आफ्नो २५ बर्ष पहिलेको विगतलाई कोट्याउदै डा. रेग्मीले स्वास्थ्य क्षेत्रमा काम गर्दै जादा हरेक किसिमका दुख कष्टहरु सामना गर्नपर्छ यसका लागि जिल्लामा कार्यरत स्वास्थ्य कर्मीहरुले आफ्नो पेशा प्रति गौरवका साथ जिम्मेवारी बहन गर्न आग्रह गर्न भएको छ । 

समग्र जिल्लाको स्वास्थ्य क्षेत्रको स्तरउन्नतीका लागि जिल्लाका सरोकारवालाहरुले राखेका लिखित माग प्रस्तावहरु माथि बोल्दै डा. रेग्मीले प्रस्तावित ५ बुदे मागहरु तत्काल कार्यान्वयका लागि प्रक्रिया अगाडी बढाउन आफु र आफु सम्बध्य निकायका माझ प्रमुख प्राथमिकताका साथ लैजाने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ ।

यस्तै कार्यक्रममा बोल्दै मध्यपश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशनालय प्रमुख रिता भण्डारीले कालिकोटको स्वास्थ्य अवस्था विगतको भन्दा केही सुधारउन्मुख भएकाले यसलाई थप प्रभावकारी बनाउन सम्पूर्ण सरोकारवाला प्रतिवद्ध रहनु पर्ने बताउनु भएको छ । 


कालिकोटलाई पूर्ण खोपयुक्त जिल्ला घोषणाका लागि अभियान नै अगाडी बढेकाले यसलाई सार्थक तुल्याउन सम्पूर्ण सरोकारवाला निकायहरुले आआफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गर्नु भएको छ । अब जिल्ला स्वास्थ्य कार्यालय १५ सैयाबाट ५० सैयामा स्थानत्रणका लागि भौतिक संरचना निर्माणकार्य थालनी भैसकेकाले अब यसको स्तर उन्नति र प्रभावकारीताको लागि आवश्यक संयन्त्रको विकास गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।

स्वस्थ माग्ने हैन, स्वस्थ रहन सिक्नु पर्छ, भन्दै चिकित्सा महाशाखाका प्रमुख भोलाराम श्रेष्ठले कालिकोट न दुर्गम रहेको न गरिव रहेको बताउनु भएको छ । कालिकोट दुर्गम र गरिवी भन्दा पनि चुनौति रहेको बताउनु भएको बताउदै यो चुनौति नै एक प्रमुख अवशर रहेको बताउनु भएको छ । यस्तो अवसरलाई कालिकोटे वासीले उपयोग गर्न नजानेको बताउनु भएको छ । 

कालिकोट नजिकैको जिल्लामा बसेर स्वास्थ्य क्षेत्रमा काम गरेको अनुभव बताउदै डाक्टर श्रेष्ठले कालिकोट लगायतका पश्चिमी जिल्लाहरुमा ब्याप्त बालविवाह, खानपीनमा हेलचक्रायी, अन्दविश्वास, कुसस्कृति जस्ता प्रबिर्तिले स्वास्थ्य सेवाको प्रभावकारीतामा समस्या आएको बताउनु भएको छ ।

यस्तै कार्यक्रममा कालिकोटका स्थानीय विकास अधिकारी प्रदिपराज अधिकारी, सम्पूर्ण राजनैतिक दलको तर्फबाट नेमकिपाका जिल्ला अध्यक्ष एवं पूर्व सभासद नमराज कोइराला, संचारमिडियाको तर्फबाट प्रेमराज सिमखाडा लगायतले जिल्लाको स्वास्थ्य अवस्थाबारे आआफ्नो धारणा राख्नु भएको छ । 

कर्मचारी आवाशिय भवन उद्घाटन तथा हस्तान्त्रण कार्यक्रमको अध्यक्षता जिल्ला स्वास्थ्य विकास समितिका अध्यक्ष दयाराम सिमखाडाले गर्नु भएको थियो भने यसको प्रमुख आथित्यता स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. किरण रेग्मी, विशेष आथित्यता चिकित्सा महाशाखाका प्रमुख डा.भोलाराम श्रेष्ठ, मध्यपश्चिम क्षेत्रिय स्वास्थ्य निर्देशनालयका प्रमुख रिता भण्डारी, निक साईमन्स इन्सिच्युटका काशी दाहाल, बाशुदेव काफ्ले स्थानीय विकास अधिकारी प्रदिपराज अधिकारी लगायत जिल्लामा क्रियाशिल राजनैतिक दल नागरिक समाज पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 

निक साईमन्स इन्सिच्युटको आर्थिक सहयोगमा निर्मित भवन करिव १ करोड ६० लाख लागत लागेको र निक साईमन्स इन्सिच्युट बिगत ६ बर्ष देखि कालिकोटमा अस्पताल सुधार कार्यक्रम, ग्रामिण स्वास्थ्य सहयोग कार्यक्रम लगायतका विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा