२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

तौलिहवामा दोस्रो, चन्द्रौटामा पहिलो सडकखाना महोत्सव हुँदै

२०७२, ३० चैत्र मंगलवार ०४:५६

mahotsabकमल बेल्बासे/चैत्र ३०, कपिलबस्तु । “सडकमै खाऊ, सडकमै रमाऔ ।” भन्ने
उदेश्यका साथ कपिलवस्तुको तौलिहवामा आज दोस्रो सडकखाना महोत्सव हुदै छ ।

नयाँ बर्षका अवसरमा तौलिहवामा सडक खाना महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । स्थानिय
परिकारको प्रर्बद्धन र नयाँ बर्षलाई सांगितीक बनाउने उदेश्यका साथ महोत्सव आयोजना गरिएको बताइएको छ

महोत्सवमा स्थानिय कला संस्कृतकिो प्रचार प्रसार गर्न मयुर
नाच, याक नाच, अहिरौवा नाच र थारु नाच प्रर्दशन गरिने योजना रहेको आयोजकले जनाएका छन । यस बर्ष
महोत्सवमा निशुल्क प्रबेशको व्यवस्था गरिएको जनाउदै चर्चित गायक मिङ्गमा शेर्पा, चर्चित नृत्यकार अन्जली
अधिकारी र भारतिय कलाकारको प्रस्तुती रहने बताइएको छ ।

sadak mahotsab

थारु, अबधी, मुस्लिम, नेवारी, गुरुगं, नेपाली, ईन्डियन, चाईनिज गरि बिभिन्न
परिकारका २५ बढि भिन्न भिन्न खानाका स्टल राखिने राखिने भएको छ । महोत्सवमा १० हजार बढि दर्शकले अबलोकन
गर्ने १५ लाख बढिको कारोबार हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी
कपिलवस्तुको पश्चिमी क्षेत्रको चन्द्रौटामा पहिलोपटक सोमबार साझ देखि सडक खाना महोत्सव भएको छ । त्यस
क्षेत्रका ऐतिहासिक पर्यटकीय स्थलहरुको प्रचार प्रसार, विकास र प्रवर्धन तथा जातीय पहिचानका लागि
महोत्सव गर्न लागिएको हो ।

विभिन्न जातजातिका कलासंस्कृति,
भेषभुषाका साथै धार्मिक तथा पर्यटकीय स्थल शिवगढी, धानखोला, सोनवागढ, उमरी गुफा, कर्णेश्वरी मन्दिर,
दुर्गा मन्दिर लगायतका क्षेत्रको प्रचारप्रसारमा विशेष प्राथमिकतामा राखिएको आयोजक संस्थाका अध्यक्ष
श्रृजन पोख्रेलले जानकारी दिनुभयो । ओझेलमा परेका जिल्लाका पश्चिमी क्षेत्रका ऐतिहासिक सांस्कृतिक
धरोहरहरुको प्रवर्धनमा टेवा पु¥याउन सडक खाना महोत्सव आयोजना गरिएकोे बताउनुभयो ।

ओम इन्टरटेनमेन्ट प्रा.लि. काठमाडौंले आयोजना गर्न लागिएको सडक खाना महोत्सवमा
विभिन्न जातजातिको खानाको परिकारहरुको स्टल राखिएको छ । लोप हुन लागेका विभिन्न जातजातिका खानाका
परिकार, भेषभुषा, कलासंस्कृतिको जगेर्नामा समेत ठूलो सहयोग पुग्ने पोख्रेलले विश्वास व्यक्त गर्नुभयो ।
महोत्सव पूर्वपश्चिम लोकमार्ग अन्तर्गत चन्द्रौटाको मुख्य बजारको एभरेष्ट बैंक अगाडि राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ