३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

तौलिहवामा दोस्रो, चन्द्रौटामा पहिलो सडकखाना महोत्सव हुँदै

३० चैत्र २०७२, मंगलवार ०४:५६

mahotsabकमल बेल्बासे/चैत्र ३०, कपिलबस्तु । “सडकमै खाऊ, सडकमै रमाऔ ।” भन्ने
उदेश्यका साथ कपिलवस्तुको तौलिहवामा आज दोस्रो सडकखाना महोत्सव हुदै छ ।

नयाँ बर्षका अवसरमा तौलिहवामा सडक खाना महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । स्थानिय
परिकारको प्रर्बद्धन र नयाँ बर्षलाई सांगितीक बनाउने उदेश्यका साथ महोत्सव आयोजना गरिएको बताइएको छ

महोत्सवमा स्थानिय कला संस्कृतकिो प्रचार प्रसार गर्न मयुर
नाच, याक नाच, अहिरौवा नाच र थारु नाच प्रर्दशन गरिने योजना रहेको आयोजकले जनाएका छन । यस बर्ष
महोत्सवमा निशुल्क प्रबेशको व्यवस्था गरिएको जनाउदै चर्चित गायक मिङ्गमा शेर्पा, चर्चित नृत्यकार अन्जली
अधिकारी र भारतिय कलाकारको प्रस्तुती रहने बताइएको छ ।

sadak mahotsab

थारु, अबधी, मुस्लिम, नेवारी, गुरुगं, नेपाली, ईन्डियन, चाईनिज गरि बिभिन्न
परिकारका २५ बढि भिन्न भिन्न खानाका स्टल राखिने राखिने भएको छ । महोत्सवमा १० हजार बढि दर्शकले अबलोकन
गर्ने १५ लाख बढिको कारोबार हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी
कपिलवस्तुको पश्चिमी क्षेत्रको चन्द्रौटामा पहिलोपटक सोमबार साझ देखि सडक खाना महोत्सव भएको छ । त्यस
क्षेत्रका ऐतिहासिक पर्यटकीय स्थलहरुको प्रचार प्रसार, विकास र प्रवर्धन तथा जातीय पहिचानका लागि
महोत्सव गर्न लागिएको हो ।

विभिन्न जातजातिका कलासंस्कृति,
भेषभुषाका साथै धार्मिक तथा पर्यटकीय स्थल शिवगढी, धानखोला, सोनवागढ, उमरी गुफा, कर्णेश्वरी मन्दिर,
दुर्गा मन्दिर लगायतका क्षेत्रको प्रचारप्रसारमा विशेष प्राथमिकतामा राखिएको आयोजक संस्थाका अध्यक्ष
श्रृजन पोख्रेलले जानकारी दिनुभयो । ओझेलमा परेका जिल्लाका पश्चिमी क्षेत्रका ऐतिहासिक सांस्कृतिक
धरोहरहरुको प्रवर्धनमा टेवा पु¥याउन सडक खाना महोत्सव आयोजना गरिएकोे बताउनुभयो ।

ओम इन्टरटेनमेन्ट प्रा.लि. काठमाडौंले आयोजना गर्न लागिएको सडक खाना महोत्सवमा
विभिन्न जातजातिको खानाको परिकारहरुको स्टल राखिएको छ । लोप हुन लागेका विभिन्न जातजातिका खानाका
परिकार, भेषभुषा, कलासंस्कृतिको जगेर्नामा समेत ठूलो सहयोग पुग्ने पोख्रेलले विश्वास व्यक्त गर्नुभयो ।
महोत्सव पूर्वपश्चिम लोकमार्ग अन्तर्गत चन्द्रौटाको मुख्य बजारको एभरेष्ट बैंक अगाडि राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’