कृष्ण कँडेल/ पुस १५, बागलुङ । बुर्तिबाङ महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुर्तिबाङको छैठौँ बार्षिक साधारण सभा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/ पुस १५, बागलुङ । बुर्तिबाङ महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुर्तिबाङको छैठौँ बार्षिक साधारण सभा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न "/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बुर्तिबाङ महिला विकास सहकारीको साधारण सभा सम्पन्न

१५ पुष २०७३, शुक्रबार १६:३९


कृष्ण कँडेल/ पुस १५, बागलुङ । बुर्तिबाङ महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुर्तिबाङको छैठौँ बार्षिक साधारण सभा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै एकीकृत सेवा केन्द्र बुर्तिबाङका नायक सुब्बा लोकबहादुर कुँवरले सहकारीले महिला दिदिबहिनीहरुको आयआर्जनमा सहयोग पु¥याएको बताउनुभयो । कुँवरले सहकारी मार्फत सञ्चालन गरिएको अल्पकालिन महिला सेवा केन्द्र बुर्तिबाङले अन्यायमा परेका महिलाहरुलाई न्याय दिलाउने कार्य गरेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । 

कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी सहायक निरीक्षक कृष्ण चुँदाली, सहकारीका सहसचिव लिलमायाँ पुन, वडा समितिको तर्फबाट भिमकली घर्ती, शान्ता घर्ती थापा, भगवती खनाल, गमी बुढा, निमकुमारी पाण्डे, सञ्चारकर्मी मिनु विसी लगायतले मन्तव्य राख्नुभएको थियो । सहकारीका सचिव गण्डकी थापा अधिकारीले बर्षिक प्रगति विवरण र कोषाध्यक्ष दिलमायाँ पौविले आर्थिक प्रतिवेदन प्रश्तुत गर्नुभएको थियो । सहकारी गत आर्थिक बर्षमा  १० लाख बराबरको कारोवार गरेको छ ।


साधरणसभाले रत्नकुमार सेरचनको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष गण्डकी थापा अधिकारी, सचिव लिलमायाँ पुन, सहसचिव दिलमायाँ पौवि, कोषाध्यक्ष धनकुमारी कुँवर सहकोषाध्यक्ष अन्जना भण्डारी रहनुभएको छ । सदस्यमा मिरा सुनार, गिता शर्मा र धनसरी कँडेल रहनुभएको छ । निबर्तमान अध्यक्ष दुर्गादेवि घर्तीको संयोजकत्वमा चयन गरिएको सल्लाहकार सदस्यमा केसकुमारी बुढा र रेनुका खरेल सदस्य रहनुभएको छ । सान्ता थापाको संयोजकत्वमा लेखा समिति गठन गरिएको छ । 

सहकारी माताहत सञ्चालन गरिएको अल्पकालिन महिला सेवा केन्द्र बुर्तिबाङमा गत आर्थिक बर्षमा लिखित ३२ र मौखिक २६ गरि जम्मा ५८ निवेदन परेका थिए । ति मध्य बहुविवाहका ७ निवेदन अल्पकालिन महिला सेवा केन्द्र बागलुङ पठाईएकोमा ६ ओटामा सम्बन्ध विच्छेद भएको र एउटा मुद्धा प्रक्रियामै रहेको सचिव थापा अधिकारीले जानकारी दिनुभयो । 

सेवा केन्द्रमा बढी जसो घरेलु हिंसा, बहुविवाह, श्रीमान् श्रीमती विच झैझगडा जस्ता निवेदन आउने गरेका छन् । कार्यक्रम सहकारीका अध्यक्ष दुर्गादेवि घर्तीको अध्यक्षता, उपाध्यक्ष रत्नकुमारी सेरचनको स्वागत मन्तव्य र सचिव गण्डकी थापा अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह