कृष्ण कँडेल/ पुस १५, बागलुङ । बुर्तिबाङ महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुर्तिबाङको छैठौँ बार्षिक साधारण सभा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/ पुस १५, बागलुङ । बुर्तिबाङ महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुर्तिबाङको छैठौँ बार्षिक साधारण सभा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न "/>

२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बुर्तिबाङ महिला विकास सहकारीको साधारण सभा सम्पन्न

२०७३, १५ पुष शुक्रबार १६:३९


कृष्ण कँडेल/ पुस १५, बागलुङ । बुर्तिबाङ महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुर्तिबाङको छैठौँ बार्षिक साधारण सभा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै एकीकृत सेवा केन्द्र बुर्तिबाङका नायक सुब्बा लोकबहादुर कुँवरले सहकारीले महिला दिदिबहिनीहरुको आयआर्जनमा सहयोग पु¥याएको बताउनुभयो । कुँवरले सहकारी मार्फत सञ्चालन गरिएको अल्पकालिन महिला सेवा केन्द्र बुर्तिबाङले अन्यायमा परेका महिलाहरुलाई न्याय दिलाउने कार्य गरेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । 

कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी सहायक निरीक्षक कृष्ण चुँदाली, सहकारीका सहसचिव लिलमायाँ पुन, वडा समितिको तर्फबाट भिमकली घर्ती, शान्ता घर्ती थापा, भगवती खनाल, गमी बुढा, निमकुमारी पाण्डे, सञ्चारकर्मी मिनु विसी लगायतले मन्तव्य राख्नुभएको थियो । सहकारीका सचिव गण्डकी थापा अधिकारीले बर्षिक प्रगति विवरण र कोषाध्यक्ष दिलमायाँ पौविले आर्थिक प्रतिवेदन प्रश्तुत गर्नुभएको थियो । सहकारी गत आर्थिक बर्षमा  १० लाख बराबरको कारोवार गरेको छ ।


साधरणसभाले रत्नकुमार सेरचनको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष गण्डकी थापा अधिकारी, सचिव लिलमायाँ पुन, सहसचिव दिलमायाँ पौवि, कोषाध्यक्ष धनकुमारी कुँवर सहकोषाध्यक्ष अन्जना भण्डारी रहनुभएको छ । सदस्यमा मिरा सुनार, गिता शर्मा र धनसरी कँडेल रहनुभएको छ । निबर्तमान अध्यक्ष दुर्गादेवि घर्तीको संयोजकत्वमा चयन गरिएको सल्लाहकार सदस्यमा केसकुमारी बुढा र रेनुका खरेल सदस्य रहनुभएको छ । सान्ता थापाको संयोजकत्वमा लेखा समिति गठन गरिएको छ । 

सहकारी माताहत सञ्चालन गरिएको अल्पकालिन महिला सेवा केन्द्र बुर्तिबाङमा गत आर्थिक बर्षमा लिखित ३२ र मौखिक २६ गरि जम्मा ५८ निवेदन परेका थिए । ति मध्य बहुविवाहका ७ निवेदन अल्पकालिन महिला सेवा केन्द्र बागलुङ पठाईएकोमा ६ ओटामा सम्बन्ध विच्छेद भएको र एउटा मुद्धा प्रक्रियामै रहेको सचिव थापा अधिकारीले जानकारी दिनुभयो । 

सेवा केन्द्रमा बढी जसो घरेलु हिंसा, बहुविवाह, श्रीमान् श्रीमती विच झैझगडा जस्ता निवेदन आउने गरेका छन् । कार्यक्रम सहकारीका अध्यक्ष दुर्गादेवि घर्तीको अध्यक्षता, उपाध्यक्ष रत्नकुमारी सेरचनको स्वागत मन्तव्य र सचिव गण्डकी थापा अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा