४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

बढ्दो बेरोजगारीलाई हटाउन प्राविधिक अध्यापनको अनुमति काशे ढुंगा बन्ने

१४ बैशाख २०७३, मंगलवार १६:५२

कमल बेल्बासे । बैशाख १४, कपिलबस्तु । कपिलवस्तुका तीनवटा सरकारी माविले यसै वर्षवाट
प्राविधिक शिक्षा अध्यापन गराउने अनुमति पाएका छन् । ब्यवसायीक र रोजगार मुलक शिक्षाको माग सबत्र भई
रहदा कक्षा ९ देखि नै १२ सम्मको चार वर्षिय प्राविधिक शिक्षा कोशे ढुंगा बन्ने साबित हुने भएका छन्

त्यसरी प्राविधिक विषय पढाउन पाएका मावि तर्फ कपिलवस्तुको भृकुटी नगरपालिकाको बुडढी स्थित
भृकुटी उच्च माविले कृषि विज्ञान विषयको अनुमति पाएकोछ । जसले कृषि क्षेत्रको जेटिए स्तरको जनशक्ति
तैयार पार्नेछ । त्यस्तै बुद्धवाटीका नगरपालिकाको जयनगरमा अवस्थित गौतम बुद्ध उच्च माविले जुनियर सिभिल
इन्जिनियरीङ अर्थात सिभिल ओभर तहको जनशक्ति तैयार पार्ने भएको छ ।

जिल्लाको पश्चिमी क्षेत्र
विसनपुरमा रहेको जनज्योती मा.वि. विसनपुरलाई कम्प्युटर साइन्स संचालन गर्ने अनुमति दिएको छ ।कपिलवस्तुमा
एकैसाथ सिभिल ओभरसियर ,जेटिए र कम्प्युरटर प्राविधिक जनशक्ति तैयार पार्न अध्यापन अनुमति नेपाल सरकार
शिक्षा मन्त्रालय शिक्षा विभागले दिएको जिल्ला शिक्षा अधिकारी हरी गौतमले जानाकारी दिनु भएको छ

मन्त्रालयले स्वीकृती दिए लगत्तै भृकुटी उच्चमावि बुड्ढीले कक्षा ९ देखि कृषि विषयमा भर्ना
खुला गरेको छ । गौतमबुद्ध उच्च माविले पनि जुनियर सिभिल इन्जिनियरिङ विषयमा भर्ना खोलिसकेका छन् । यसै
गरी जनज्योती माविले पनि कम्प्युटर विषय अध्यनका लागि इच्छुक विद्यार्थीका लागी भर्ना खोलेको बताएको छ ।
ती शिक्षण सस्थाहरुले यस वर्षका ४८ जना भर्ना गर्ने अनुमति पाएका छन् । बैशाख २० देखि ३० बीचमा आवेदन
फारम भर्ने प्रबेश परिक्षा दिने र छनौट हुदै भर्ना हुने सम्मको तालिका ती मावि तथा उच्च माविले
सार्वजनिक गरेका छन् ।

यसै शैक्षिक सत्र अर्थात बैशाखको अन्तिम हप्तावाट ती विद्यालयले प्राविधिक
विषय अध्यापन गराउने भएका छन् । अत ः गाउघरमा खुलेका यस्ता प्राविधिक विषयले न्यून आयश्रोत भएका किसानका
छोराछोरीहरुलाई समेत प्राविधिक शिक्षावाट रोजगारीको ढोका खोल्ने अवसर पैदा हुने भृकुटी उच्च माविका
प्राचार्य बेद प्रकास पौडेलले वताउनु भयो । प्राविधिक शिक्षाको अनुमति पाएका शिक्षण सस्थाहरुमा सरकारले
तीन तीनवटा सम्बन्धित विषयका प्राविधिक शिक्षक समेत उपलब्ध गराउनेछ । गौतम बुद्ध उच्च माविले ४८ वटा
कोटामा भर्ना फारम खोलेकोछ । प्राचार्य राम प्रसाद अर्यालका अनुसार भर्ना शुल्क ५ हजार तय भएकोछ भने
मासिक शुल्क १ हजार कायम गरिएकोछ । रोजगार मुलक प्राविधिक शिक्षाका लागि यो शुल्क अत्यन्तै न्यून हो ।
भृकुटी उच्च मावि बडढीर जन ज्योती मावि विसनपुरले पनि यहि सेरोफेरोमा शुल्क निर्धाण गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण