२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

गणेश प्लाइउडले विनाकारण मजदूरलाई निस्कासन, मजदुर संगठनद्धारा संघर्षका कार्याक्रम घोषणा

२०७३, १५ बैशाख बुधबार ०४:५३

दीपकअनुरागी/ बैशाख १५, कपिलवस्तु
गणेश प्लाइउड प्रा.लि. बहादुरगञ्जले त्यहाँ कार्यरत मजदूरहरुलाई विना कारण अवकास सहित
निस्कासन गरेको छ । उद्योगमा कार्यरत सुपरभाइजर शिवपुजन चौवे र अपरेटर राजेन्द्र हेलालाई विनाकारण
अवकाससहित निस्कासन गरेको हो । साथै उद्योगले ४७ जना मजदुरलाई उद्योग प्रवेशमा समेत निशेष गरेको छ

घटनाको विरोधमा ट्रेड युनियन महासंघ जिफन्ट कपिलवस्तु र अखिल
नेपाल ट्रेड युनियन महासंघ कपिलवस्तुले संयुक्त विज्ञप्ती जारी गर्दै गम्भीर ध्यानाकृष्ट भएको जनाएका
छन् । जिफन्टका अध्यक्ष कर्ण बहादुर लामा र महासंघका जिल्ला इन्चार्ज विरेन्द्र यादवद्वारा जारी संयुक्त
विज्ञप्तीमा अवकास प्राप्त मजदुरलाई पुनर्वहाली र अन्य सबै मजदुरलाई शान्तिपूर्ण वातावरणमा कामका लागि
आग्रह गरिएको छ । दुवै संगठनले आफ्ना जायज माग पूरा नगरे चरणबद्ध आन्दोलन गर्ने जनाएका छन् ।

आन्दोलन अन्तर्गत वैशाख १५ देखि २३ गतेसम्म उद्योगभित्र हातमा कालो पट्टी
बाँधेर काम गर्दै शान्तिपूर्ण विरोध विज्ञप्तीमा उल्लेख छ । आफ्नो शान्तिपूर्ण विरोधलाई बेवास्ता गरे
सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने विज्ञप्तीमा बताइएको छ ।

मजदूर र उद्योग प्रशासनबीचको विवाद समाधानका लागि इलाका प्रशासन कार्यालय चन्द्रौटामा बसेको
संयुक्त छलफलमा उद्योगका प्रबन्धक शम्भुदयाल शर्माले समस्या हल गर्नुसाटो मजदूरहरुलाई जे गर्न
सक्नुहुन्छ गर्नुस्, निस्कासित मजदूरलाई हामी कुनै पनि हालतमा पुनर्बहाली गर्न सकिंदैन, जस्ता
धम्कीपूर्ण भाषा बोलीको प्रयोग गरेको भन्दै संयुक्त मजदुर संगठनले विज्ञप्तीमार्फत घटनाप्रति घोर आपत्ति
जनाएको हो ।

विज्ञप्तीमार्फत मजदूर संगठनले मजदूरहरुलाई
पुनर्बहाली र अन्य मजदूरहरुलाई शान्तिपूर्ण वातावरणमा काम गर्ने अवसरको सिर्जना गर्नुपर्ने माग गरेका
छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ