४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

गणेश प्लाइउडले विनाकारण मजदूरलाई निस्कासन, मजदुर संगठनद्धारा संघर्षका कार्याक्रम घोषणा

१५ बैशाख २०७३, बुधबार ०४:५३

दीपकअनुरागी/ बैशाख १५, कपिलवस्तु
गणेश प्लाइउड प्रा.लि. बहादुरगञ्जले त्यहाँ कार्यरत मजदूरहरुलाई विना कारण अवकास सहित
निस्कासन गरेको छ । उद्योगमा कार्यरत सुपरभाइजर शिवपुजन चौवे र अपरेटर राजेन्द्र हेलालाई विनाकारण
अवकाससहित निस्कासन गरेको हो । साथै उद्योगले ४७ जना मजदुरलाई उद्योग प्रवेशमा समेत निशेष गरेको छ

घटनाको विरोधमा ट्रेड युनियन महासंघ जिफन्ट कपिलवस्तु र अखिल
नेपाल ट्रेड युनियन महासंघ कपिलवस्तुले संयुक्त विज्ञप्ती जारी गर्दै गम्भीर ध्यानाकृष्ट भएको जनाएका
छन् । जिफन्टका अध्यक्ष कर्ण बहादुर लामा र महासंघका जिल्ला इन्चार्ज विरेन्द्र यादवद्वारा जारी संयुक्त
विज्ञप्तीमा अवकास प्राप्त मजदुरलाई पुनर्वहाली र अन्य सबै मजदुरलाई शान्तिपूर्ण वातावरणमा कामका लागि
आग्रह गरिएको छ । दुवै संगठनले आफ्ना जायज माग पूरा नगरे चरणबद्ध आन्दोलन गर्ने जनाएका छन् ।

आन्दोलन अन्तर्गत वैशाख १५ देखि २३ गतेसम्म उद्योगभित्र हातमा कालो पट्टी
बाँधेर काम गर्दै शान्तिपूर्ण विरोध विज्ञप्तीमा उल्लेख छ । आफ्नो शान्तिपूर्ण विरोधलाई बेवास्ता गरे
सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने विज्ञप्तीमा बताइएको छ ।

मजदूर र उद्योग प्रशासनबीचको विवाद समाधानका लागि इलाका प्रशासन कार्यालय चन्द्रौटामा बसेको
संयुक्त छलफलमा उद्योगका प्रबन्धक शम्भुदयाल शर्माले समस्या हल गर्नुसाटो मजदूरहरुलाई जे गर्न
सक्नुहुन्छ गर्नुस्, निस्कासित मजदूरलाई हामी कुनै पनि हालतमा पुनर्बहाली गर्न सकिंदैन, जस्ता
धम्कीपूर्ण भाषा बोलीको प्रयोग गरेको भन्दै संयुक्त मजदुर संगठनले विज्ञप्तीमार्फत घटनाप्रति घोर आपत्ति
जनाएको हो ।

विज्ञप्तीमार्फत मजदूर संगठनले मजदूरहरुलाई
पुनर्बहाली र अन्य मजदूरहरुलाई शान्तिपूर्ण वातावरणमा काम गर्ने अवसरको सिर्जना गर्नुपर्ने माग गरेका
छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल