अमृत बास्तोला | पुस १७, तेह्रथुम | करिब १९ बर्ष बढी कम्प्युटर सम्बन्धी काम गर्नु भएका म्याङलुङ नगरपालीका वडानम्बर ५ पिप्ले बस्ने राजु गड्गौलाले कृषिपर्यटनका लागी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अमृत बास्तोला | पुस १७, तेह्रथुम | करिब १९ बर्ष बढी कम्प्युटर सम्बन्धी काम गर्नु भएका म्याङलुङ नगरपालीका वडानम्बर ५ पिप्ले बस्ने राजु गड्गौलाले कृषिपर्यटनका लागी"/>
२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

जागिर छाडेर पर्यटन प्रबर्द्धनमा लगानी

२०७३, १७ पुष आईतवार ०७:४९

अमृत बास्तोला | पुस १७, तेह्रथुम | करिब १९ बर्ष बढी कम्प्युटर सम्बन्धी काम गर्नु भएका म्याङलुङ नगरपालीका वडानम्बर ५ पिप्ले बस्ने राजु गड्गौलाले कृषिपर्यटनका लागी निजि लगानीमा पिप्लेमा एकिकृत ब्याबसाय सुरु गर्नु भएको छ । युवा ब्याबसायी गड्तौलाले ब्याबसाय सञ्चालनका लागी अहिले सम्म करिब ४० लाख बढी लगानीमा गाउमै एकिकृत ब्याबसाय सुरु गर्नु भएको हो । उहाले पर्यटन प्रबद्र्धनका लागी डाउन हिल कटेज र डाउन हिल मल्टी फर्म दर्ता गरेरै कृषि पेशामा लगानी गरेको बताउनु भयो।

पैसार प्रतिस्ठा भन्दा पनि आफु जन्मीएको गाउको परवर्तन गर्ने उदेश्यले बिराटनगरमा कम्प्यूटर हार्डवेयर ईन्जीनियरीङको जागिर चटक्कै छाढेर अहिले गड्तौला पशुपालन र होटल ब्याबसायमा ब्यस्त हुन भएको छ । लामो समय सम्म बिराटनगर बस्दै आएका युवा ब्याबसायी गड्तौलाले गाउँमा बाख्राँ, कुखुरा, माछापालन सुरु गर्दा आलोचना गर्नेहरु पनि अहिले आफ्नो ब्याबसाय हेर्न आउन थालेकाले सुखि ब्यक्त गर्नु भएको छ । उहाले एउटा तालिम हल,आधा दर्जन कटेज, बनभोज स्थल र दुई दर्जन बढी क्षमताको संरचना तयार गर्नु भएको छ । अब चाडै डाउन हिल कटेजमा स्वीमिङ पुल र चिल्ड्रेन पार्क समेत निर्माण गरिने उहाले जानकारी दिनु भयो ।

सुरुमा उहाले मनग्गै धान फल्ने खेत मासेर बासबाट निर्मित कटेजहरु निर्माण गरि रहदा बुद्धि बिग्रीयो भनेर आलोचना गर्नेहरु समेत अहिले तारिफ गर्ने गरेको सुनउनु भयो । आफुले सञ्चालन गरेका ब्याबसायबाट उत्पादन हुने उपभोग्य बस्तुको खपतका लागी आफ्नै लगानीका चमेना गृह समेत सञ्चालन गर्दा बजारको समस्या नरहेको बताउनु भयो । अहिले यो डाउन हिल कटेजमा आउने आन्तरिक पर्यटकहरुले आफ्नै फर्मको बस्तु अडर अनुसार प्रयोग गर्न पाउनु बिषेशता रहेको छ । ब्याबसाय सञ्चालनका लागी आफ्नो परिवारको समेत राम्रो साथ रहेको बताउने गड्तौलाको फर्ममा अहिले ६० बढी बाख्रा,एक दर्जन बढी खसी, ३ सय बढी बोईलर र सय बढी लोकल कुखुराका साथमा ५ सय बढी माछा पाल्नु भएको छ । 

एक सय रोपनीमा ब्याबसाय सुरु गरेका गड्तौलाले अहिले ४ जनालाई मासिक तलब र केहिलाई मौषम अनुसार रोजगारी पाएका छन् ।सदरमुकाम नजिकै रहेको पिप्लेमा सञ्चालन गरिएको यो ब्याबसायले गाउनै परिबर्तन हुन लागेको स्थानीयले बताएका छन् । डाउन हिल कटेज पिप्लेमा म्याङलुङ बसपार्क बाट पिप्ले सडक खण्ड हुदै साना तथा हलुका सवारी साधनबाट १५ मिनेट पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश