Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

नवलपरासीका मुसहरको पीडा जाडोदेखि छाक टार्नसम्म

By साझासवाल 9 मिनेट पढाइ

पढ्न करिब 4 मिनेट लाग्छ
प्रकाशित:

रबिन्द्र यादव |  पुस १७, परासी | जाडोले कठन्ग्रिदै गएका मुसहरहरुको जिवन कष्टकर बनेको छ । तराईमा बढदो जाडोले मुसहर बस्तीनै समस्यामा परेको छ । ज्याला मजदुरीको पेशा अंगाली छाउनीको घरमा बस्दै आएका मुसहरहरु जाडो कपडाको अभावले जाडो खेप्दैआएका छन् । दिनचर्या चलाउन गाउँगाउँमा ज्याला मजदुरी गर्ने एवं नजिकको खोलानालाबाट माछा मारि विक्रीवितरण गर्ने गरेका छन् ।

नवलपरासीको गुठीपर्सौनी वडा नम्बर ३ कठहवा स्थित मुसहबस्तीका अधिकांश महिला पुरुषहरु ज्याला मजदुरी नै गरि पेट पाल्ने गरेका छन् । ४५ घरधुरी रहेको कठहवा मुसहर बस्ती जिल्लाको सदरमुकाम परासीदेखि करिब ४० किलोमिटर सिमाक्षेत्रमा अवस्थित छ । शिक्षा एवं जनचेतनाले निकै पछाडी परेका ति मुसहर समुदायलाई सरकारका विभिन्न सेवा सुविधाबाट बन्चित छन् । अनुपातमा एक घरमा लोग्ने स्वास्नी र बच्चा गरि ५ जनाको परिवार हुँदो रहेछ । बस्तीका महिलाहरु गाउँगाउँमा उखु काटने, जमिन्दारको खेतीपाती गर्ने र ज्याला मजदुरीमा व्यस्त रहने गरेछन् भनेपुष मान्छे दिल्ली, बम्बई, लोधियाना र अर्को गाउँमा गई ज्याला मजदुरी कमाउने गरेका छन् । कसरी चलेछ मुसहरको दिनचर्या सयौं वर्षदेखि अटेरपटेर, खरफुस र बाँसको छाउनी (झोँपडी) को घर बनाई बस्दै आएका मुसहर बस्तीमा एक पनि पक्की घर छैन । शिक्षा, स्वास्थ्य, बिजुली, खानेपानी जस्ता अत्यावश्यक सेवासुविधाबाट बन्चित रहेका मुसहरबस्तीमा सरकार तथा यसको सम्बन्धित निकायको पहुँच पनि न्युन छ । बस्तीका अधिकांश बालबालिकाहरु बा, आमासंगै ज्याला मजदुरीतथा खोलानाला, बाख्रा चराउनकाममा व्यस्त रहने गरेका छन् ।

बालबालिकाहरु जाडोको कपडा नभएकै कारण अहिले विद्यालय जान सकेका छैनन् । बालबालिका कपडा लत्ता, किताब, कपीकलम, झोला र बा,आमाको काममा हात बटाउने कारणले नै विद्यालयको मुख हेर्न पाउदैनन् । आर्थिक अभावमा गाउँभन्दा बाहिर विदेश समेत जान नपाएका मुसहर युवाहरु पनि गाउँकै जमिन्दारहरुको खेतीपातीमा अल्झेका छन् । मुसहबस्तीमा एक जना मात्र विदेश छन् । बस्तीमा भरिमा कुनै व्यक्ति एस एल सी पास छैनन् । खासगरि विद्यार्थीहरु कक्षा, ७, ८ सम्म पठनपाठन पुरा गरेपछि बा-आमाको काममा हात बटाउन बाध्य भई शिक्षाबाट पछाडी पर्दै गएका छन् । विहान काममा गएर मात्र साँझाविहानपरिवारको छाँक टार्ने मुसहरहरु परिवारका घरको अवस्थापनि दयनिय रहेको स्थानिय छेदी मुसहरले बताए । जाडोमा शिरकडसनार न्यानो कपडाको अभावले परालको ओछ्यान र शिरक समेत बनाई दिन काटने गरेछन् ।

बस्तीमा १० वर्षमुनिका बालबालिकाहरु बढि छन् जुन बा,आमाको व्यवस्तताले विद्यालयको मुख समेत हेर्नै पाउदैनन् । मुसहर बस्तीमा विशुद्ध खानेपानी छैन, विद्यालय छैन, विजुली पनि छैन । विहान सुतेर उठेपछि हतारहतारमा खाने पकाउने खाने कामले सम्पन्न भएपछि मुसहरहरु काममा दौडी हाल्न पर्ने बाध्यता छ । करिब १० वर्षअगाडी सो बस्तीमा बढि प्रदुषण एकपटक आएको हैजा महामारीले १५ भन्दा बढि मुसहरले ज्यान गुमाएका थिए । चेतनाकै अभावले सरसफाई, जन्मदर्ता, नागरिकता, योजना निर्माण, र सामाजिक भत्ता जस्ता आवश्यक सेवासुविधाबाट बन्चित छन् । मरिमेटी काम गर्ने मुसहरहरु साँझ जाँड रक्सीखाएर हो हल्ला पनि गर्ने गरेको पाईएछ । दिनभरि कमाएको तलब साँझ विहानको छाँकको व्यवस्था मिलाएपछि जाँडरक्सीमा भ्याउने गरेको स्थानियले बताए । बचतको बानी नबसेकै कारणलेआर्थिक रुपले निकै पछी परेका मुसहरहरु विभिन्न अत्यावश्यक सामाग्रीहरु किनमेल गर्न सकेका छैनन् ।

मुसहर बस्ती बर्तमान सांसद कलवार र तमलोपा बरिष्ठ उपाध्यक्ष त्रिपाठीकै गाउँ हो । गुठीपर्सौनी वडा नं. ३ कठहवाँकै अर्को टोल तमलोपाका बरिष्ठ उपाध्यक्ष एवं पुर्व भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री ह्देश त्रिपाठीको गाउँ हो । लागातार ४ पटकदेखि सांसद एवं मन्त्री खादै आएका बरिष्ठ उपाध्यक्ष त्रिपाठी अरु क्षेत्रको विकास गरेपनि आफ्नै गाउँको विकासमा कुनै पहल नगरेको देखिन्छ । १ सय २५ घरधुरी रहेको त्रिपाठीको गाउँमा त्रिपाठी सहित करिब ४० घरमात्र पक्की घर छन् जसमा मुसहर टोल पुरै छाउनी हो । पटक पटक मन्त्री खादै आएको त्रिपाठीले आफ्नो व्यक्तिगत विकास बाहेक निर्वाचन क्षेत्रमा भौतिक पुर्वाधारहरुको विकास नगरेपछि स्थानियहरु बाध्य भई गत दोश्रो संविधासभाको निर्वाचनबाट अर्काे नेता वर्तमान सांसद देवकरण कलवार (सन्तु) लाई जिताएका हुन् । सांसद कलवार (सन्तु) को पनि घर गुठीपर्साैनी नै हो । सांसद कलवारको पनि ३ वर्ष कटिसक्दा मुसहर बस्तीका लागि कुनै किसिमको पहल नभएको स्थानिय रामजति मसुहरले दुखेसो पोखे । सांसद कलवारले पनि आफनो कार्यकर्तालाई मात्र खुशी पार्ने कामले निर्वाचन क्षेत्रनं. ६ को विकास ओझेलमा परेको स्थानियले गुनासो गरे ।