2026-08-29 09:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चन्दननाथ मन्दिरबाट चोरी भएका ३ रुद्राक्ष सहित ११ मूर्ति भेटिए


नन्दराम जैशी/पुस १९, जुम्ला । चन्दननाथ मन्दिरबाट मंसिर ११ गते चोरी भएका मूर्तिहरु मंगलबार वेवारिसे अवस्थामा फेला परेका छन् । 

जुम्ला देपालगाउँ २ डुंग्रिखोलामा चोरी भएका मध्य ११ वटा मूर्ति र दुई वटा शंख मंगलबार बिहान वेवारिसे अवस्थामा खोलामा फेला परेका हुन् । चन्दनाथ मन्दिरबाट चोरी भएका गौतम बुद्ध, सरस्वती, वालगोपाल, बुद्धको सानो मूर्ति लगायत १४ वटा मूर्ति बाटो र खोलामा फालिएको बेवारीसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

मंगलबार वेवारिसे अवास्थामा १४ मुर्ति भेटिए पनि मुख्य दत्रात्तयको मुर्ति भने भेटिएको छैन । प्रमुख जिल्ला अधिकारी रुद्ध प्रसाद पण्डितका अनुसार रुद्राक्षका ३ वटा गेडा पनि भेटिएका छन् । थप अन्ुसन्धानका लागि विषशज्ञ कुकुर ल्याउने तयारि भैरहेको बताउदै अहिले सिआइबिको टोलि पनि अनुसन्धानका लागि परिचालित भैरहेको प्रजिअ पण्डितले जानकारी दिनुभयो । मंगलबार बिहान ५ बजे स्थानीय माया गिरी दाउरा ल्याउन जंगल जाँदै गर्दा बाटोमा मूर्तिहरु छरिएर रहेको देख्नुभयो । 

माया गिरिले भन्नुभयो, म एका बिहानै दाउरा ल्याउन जंगल जाँदै गर्दा बाटैमा मुर्तिहरु छरीएर रहेको देखेँ, देख्ने बित्तिकै बजार बस्ने मेरा नातेदार मेघराज गिरीलाई फोन गरी प्रहरीलाई खवर गरिदिन भनेकी थिए । यि मूर्ति चन्दनाथकै भएको स्थानीयको दावि छ । 

अन्य मूर्तिहरु त्यही एरियामा हुन सक्ने भन्दै प्रहरीले थप खोजी कार्य तीव्र गरेको डिएसपि गुरुबिष्णु काफ्लेले जानकारी दिनुभयो । गत मंसिर ११ गते मूर्ति चोरी भएबाट प्रहरीले खोजी कार्य तीव्र बनाएको उहाले बताउनुभयो । कर्णालीको धरोहरको रुपमा रहेको चन्दननाथ मन्दिरबाट मुख्य दत्रात्तय लगायतका २१ वटा मूर्ति चोरी भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो