१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

मालपोल कार्यालय संक्रान्तिबजारको उद्घाटन

२० पुष २०७३, बुधबार ०७:५५

अमृत बास्तोला/पुस २०, तेह्रथुम । तेह्रथुमको पूर्वी आठराई क्षेत्रका ९ गाविसलाई लक्षित गर्दै मालपोल कार्यालय संक्रान्तिबजारको उद्घाटन भएको छ । कार्यालयको प्रमुख जिल्ला अधिकारी मनुका न्यौपानेले आठराई क्षेत्रको संकेतस्वरुप आठ वटा मैन वत्तिमा दिपप्रज्वलन गरेर उद्घाटन गर्नु भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी न्यौपानेले जनाताको घरदैलोमा कार्यालय स्थापना भएपछि आठराई बासीलाई सहजहुने बताउनु भयो । सुशासन प्रवद्धनमा सानो कदमले ठूलो प्रभाव जमाउने भएकाले मालपोल कार्यालय संक्रान्तिबजारका कर्मचारीलाई अनुशासित र मर्यादित भएर कार्य सम्पादन गर्न समेत प्रजिअ न्यौपानेले निर्देशन दिनु भएको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला मालपोत कार्यालय तेह्रथुमका प्रमुख विजय ईङनामले नेपाल सरकार आठराईृ क्षेत्रको पहुँचमा आएकोले कार्यालय संचालनमा सबै सरोकारवाला निकायहरुलाई आवश्य सहयोगको आग्रह गर्दै मालपोत संक्रान्तिबजारका कर्मचारीहरुलाई नियामानुसार कार्य सम्पादन गरी सेवाग्राहीलाई सेवा प्रदान गर्नु पर्नेमा जोड दिनु भएको छ । मालपोत कार्यालय संक्रान्तिबजारको उद्घाटन समारोहमा उद्योग वाणिज्य संघ संक्रान्तिबजारका अध्यक्ष प्रेम पौडेल, नेपाली काँग्रेस संक्रान्तिबाजरका सभापति भोलानाथ काफ्ले, नेकपा एमाले इलाका नम्बर १० का अध्यक्ष उमेश कन्दङवा, माओवादी केन्द्रका चिन्तन बराल र राप्रपाका भौरव सिटौला लगायतले सम्बोधन गर्दै आठराई क्षेत्रलाई सेवा केन्द्र बनाएर कार्यालय स्थापना भएकोमा खुसी व्याक्त गरेका छन् ।

कार्यालय संचालनमा आएपछि वर्षैदेखि सेवा लिन १२ कोष टाढा सरमुकाम म्याङलुङ धाउनुपर्ने आठराई बासीको बाध्यता अब भने हटेको छ । कार्यालयबाट आठराई क्षेत्रका ह्वाकू, ईवा, छातेढुङ्गा, चुहानडाँडा, थोक्लुङ, संक्रान्तिबजार, खाम्लालुङ, सम्दु र ईसिबु गाविसले मालपोल संग संम्बन्धित सेवा पाउने भएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह