पुस २१, हुम्ला । लामो समय देखि खडेरी परेको हुम्लामा यो वर्षकै पहिलो पटक हिमपात भएको छ । 

आज बिहिबार राती २ बजे देखि शुरु गरेको हिमपातले उत्तरका लिमी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस २१, हुम्ला । लामो समय देखि खडेरी परेको हुम्लामा यो वर्षकै पहिलो पटक हिमपात भएको छ । 

आज बिहिबार राती २ बजे देखि शुरु गरेको हिमपातले उत्तरका लिमी"/>

2026-07-10 08:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हुम्लामा हिमपातः किसानहरु खुसी

2017-01-05


पुस २१, हुम्ला । लामो समय देखि खडेरी परेको हुम्लामा यो वर्षकै पहिलो पटक हिमपात भएको छ । 

आज बिहिबार राती २ बजे देखि शुरु गरेको हिमपातले उत्तरका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका गाविसहरु बढी प्रभावित भएका छन । धेरै लामो समय पछि परेको हिउँले चिनसँग सिमा जोडिएको उतरी गाविस लिमीका बासिन्दालाई घरबाट बाहिर निस्कन समेत समस्या परेको लिमीबाट छिरङ्ग तामाङ्गले जानकारी दिए ।

 उनका अनुसार लिमिमा झण्डै साढे फिट जती हिउ जमेकाले घरबाट बाहिर आवात जावत गर्नमा समस्या भएको हो  । हिउले जिल्लाको लिमि, मुचुको तापक्रम माइनस १५ भन्दा माथि भएको मुचु प्रहरी चौकीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

 हिउँले सिमकोटको तापक्रम माइनस १० मा झरेको सिमकोट विमान स्थल श्रोतले जनाएको छ । पुष महिनासँग दिउँसोको तापक्रम माइसमा झरेको सदरमुकाम सिमकोटको तापक्रम निकै तल झरेको सहकायक प्रमूख जिल्ला अधिकारी ऋद्धीप्रसाद सिटौलाले बताए ।

 हिमपातले कुनै अप्रीय घटना नघटेको जानकारी दिएका अधिकारी सिटौलाले चिसोबाट वालवालिका र वृद्धवृद्धा निकै पिडित भएको बताए । 

किसान खुशी 


वर्षक्रममा पहिलो हिउ परेपछि हुम्लाका किसान खुशी भएका छन । गएको असोज अन्तिम सातादेखि परेको चर्को खडेरीका कारण झण्डै २० प्रतिशत गहुँ बाली छर्न नपाएका कृषक हिउँसँग खुशी भएको जिल्ला कृषि विकास कार्यालय हुम्लाले जनाएको छ ।

 हिउ परेपछि सदरमुकाम सिमकोटमा बाँकी रहेको जौ छर्ने काम समेत शुरु गर्ने सिमकोट ५ की परेउकली रावतले जानकारी दिईन । हिउँ सँग परेको पानीले जिल्लदाको दक्षिण भेगमा कृषकलाई समेत केही आशा जगाएको कालिका ४ का दिपबहादुर रोकायाले जानकारी दिए । धेरै पानी नपरेको बताएका रोकायाले भने “पानी त निकै कम परेको छ ।

तर अव वर्षा शुरु हुने भयो भनेर हामीलाई आशा लागेको छ । यो पानीले थोरै भएपनि पाखोमा छरेका गहुँलाई उमार्ने र उम्रेका गहुँलाई केही राहत गर्ने काम गरेको छ ।” चिसोले जिल्लाका ३ प्रहरी चौकी सरे हिमपातले अत्याधिक चिसो बढेपछि जिल्लाको उत्तरी क्षेत्रका ३ वटा प्रहरी चौकी स्थानान्तरण भएका छन् । नेपाल चिन सिमानाको हिल्सा प्रहरी चौकी, यारी प्रहरी चौकी र लिमीको प्रहरी चौकी चिसोले सरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । 

हिउँदको समयसँगै तापक्रम माइनस १० भन्दा बढी भएर खप्न नसकेपछि केन्द्रसँगको परामर्शमा प्रहरी चौकी सिमकोट र मुचुमा स्थानान्तरण गरिएको प्रहरी प्रमूख कमल प्रसाद नेपालले जानकारी दिए ।


 उनका अनुशार लिमिको सुनखानी प्रहरी चौकीलाई सदरमुकाम सिमकाटमा सारिएको छ भने यारी र हिल्सा प्रहरी चौकीलाई मुचु प्रहरी चोकीमा स्थानान्तरण गरिएको छ । हिल्सा, यारी र लिमीमा प्रहरीको उर्पयुक्त भवन नभएकाले बस्न नसकेर सारिएको हो । हरेक वर्ष पुष देखि चैत्रसम्म सारिने प्रचलन अनुशार नै यस वर्षपनि प्रहरी चौकी स्थानान्तरण गरिएको प्रहरी प्रमूख नेपालले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट