प्रज्वल पौडेल । पुस २७, रामेछाप । रामेछापमा टिप्पर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । बुधबार (आज) बिहान ७:४० बजे तिरको समयमा मन्थलि .नपा. "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पौडेल । पुस २७, रामेछाप । रामेछापमा टिप्पर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । बुधबार (आज) बिहान ७:४० बजे तिरको समयमा मन्थलि .नपा. "/>
2026-09-19 05:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रामेछापमा टिप्पर दुर्घटना हुदाँ एक जनाको मृत्यु, ३ जना घाईते

प्रज्वल पौडेल । पुस २७, रामेछाप । रामेछापमा टिप्पर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । बुधबार (आज) बिहान ७:४० बजे तिरको समयमा मन्थलि .नपा. १ मक्षेडाँडीमा टिपर दुर्घटना हुदाँ सिन्धुली जिल्ला भद्रकाली – ८ का १८ बर्षिय रमेश बम्जनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

दुर्घटनामा घाईते हुनेहरू मध्ये सिन्धुलीका २१ बर्षिय मोहन खड्का र चालक सर्लाही जिल्लाका ३० बर्षिय मुकुन्द घिमिरेको अवस्था गम्भिर रहेकोले थप उपचारका लागी धुलिखेल अस्पतालमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता प्रेम जाेशीले जानकारी दिनुभयाे । जाेशीका अनुसार रामेछाप डडुवा ५ का २१ बर्षिय कुसुम थामीको तामाकोशी अस्पताल मन्थली रामेछापमा उपचार भई रहेको छ । घटनाको प्रारम्भिक अनुसन्धानमा टिपर तिब्रगतिमा रहेको र मोडमा चालकले उचित नियन्त्रण गर्न नसकेकाे देखिएकाे र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएकाे छ ।

बिट्टाटार स्थित बज्रगुरु निर्माण सेवा कम्पनिको क्याम्पबाट मन्थलि भैसेश्वर तर्फ आउदै गरेको ना.१ अ यो ५७ नं. को बज्रगुरु निर्माण सेवा कम्पनिले प्रयोग गरेको योजनाको टिपर सडकबाट अन्दाजि ८०-९० मिटर दाहिने तर्फ खसेर साे सवारी दुर्घटनामा भएकाे बताईएकाे छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई