तयारी तीब्र, मोहत्सव व्यवस्थीत गर्न विभिन्न उपसमिती गठन

सन्तोषकुमार गुप्ता । देउखुरी २९ पुस । देउखुरीक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... तयारी तीब्र, मोहत्सव व्यवस्थीत गर्न विभिन्न उपसमिती गठन

सन्तोषकुमार गुप्ता । देउखुरी २९ पुस । देउखुरीक"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीको लमहीमा माघको पहिलो हप्तामा महोत्सव सञ्चालन हुने

२९ पुष २०७३, शुक्रबार १३:१९

तयारी तीब्र, मोहत्सव व्यवस्थीत गर्न विभिन्न उपसमिती गठन

सन्तोषकुमार गुप्ता । देउखुरी २९ पुस । देउखुरीको लमहीमा  माघ ५ गते देखि कृर्षी पर्यटन तथा ब्यापारीक महोत्सव लाग्ने भएको छ । आधुनिक कृर्षी उत्पादन युवा स्वरोजगारमा हाम्रो जोड, दांङ देउखुरीको समग्र विकासमा हाम्रो अठोट भन्ने नाराका साथ देउखुरीको लमहीमा राप्ती अंञ्चलमै पहिलो सर्प डस उपचार केन्द्र स्थापना सहयोगका लागि महोत्सव लगाउन लागेको उद्योग वाणीज्य संघका अध्यक्ष शोभाकर घिमिरेले जनाकारी दिए । 

महोत्सवमा २५ वढी कृर्षिका, पर्यटनका लागि निशुल्क स्टल उपलब्ध गराउने बताईएको छ । महोत्सवमा २ सय देखि २५० वटा स्टल निर्माण गर्ने बताइएको छ  । महोत्सवमा स्थानिय कला संस्कृति संगै राष्ट्रिय कलाकारहरु प्रमोद खरेल, कोमल वली, जन गायक जिवन शर्मा, वद्री पंगीनी, शिव परियार रीता केसी, कमल खत्रि, लगायतका कलाकारको समेत प्रस्तृति रहने आयोजकले जनाएको छ । जिल्ला प्रशासन कार्यलय दांङवाट माघ ३ गते महोत्सव संञ्चालनका लागि अनुमति लिए पनि स्थानिय ब्यापारीहरुले महोत्सवको मिति सार्न आग्रह गरे पछि उद्योग वाणीज्य संघ देउखुरीले माघ ५ गतेका लागि संञ्चालन गर्न लागेको हो । महोत्सव सफलताका लागि विभिन्न उप—समिति समेत गठन गरेको छ । उद्योग वाणिज्य संघका उपाध्यक्ष सनमकुमार पौडेलको संयोजक्त्वमा संघ संस्था समन्वय उप—समितिमा, उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष ताराप्रसाद खनालको संयोजकत्वमा झाँकी ¥यालि ब्यवस्थापन उप—समिति, उद्योग वाणिज्य संघका कोषाध्यक्ष सितल भुसालको संयोजकत्वमा टिकट ब्यवस्थापन उप—समिति, उद्योग वाणिज्य संघका महासचिव किरण शाहको संयोजकत्व संञ्चार तथा संस्कृतिक ब्यवस्थापन उप—समिति, उद्योग वाणिज्य संघका सचिव शशिराम नेपालिको संयोजकत्वमा मंञ्च तथा गेट ब्बवस्थापन उप—समिति र दांङ जिल्ला होटेल ब्यवस्थापन इकाइ समिति देउखुरीका अध्यक्ष हेमन्त पाण्डेको संयोजकत्वमा खाना तथा आवास उप—समिति गठन गरेको छ । देउखुरी उद्योग वाणिज्य संघको आयोजना तथा  देउखुरी  होटेल  ब्यवसायि समिति देउखुरीको सह—आयोजनामा महोत्सव संचालन हुन लागेको महोत्सव संचालन उप—संयोजक हेमन्त पाण्डेल जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव