सलिम अन्सारी/पुस २९, प्युठान । जिल्लाका विभिन्न धार्मिक एवं पर्यटकीय स्थलहरुमा आज माघे सक्रान्ति मेला लाग्दैछन् । 

झिमरुक नदिको उत्गम स्थल गौ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सलिम अन्सारी/पुस २९, प्युठान । जिल्लाका विभिन्न धार्मिक एवं पर्यटकीय स्थलहरुमा आज माघे सक्रान्ति मेला लाग्दैछन् । 

झिमरुक नदिको उत्गम स्थल गौ"/>

१५ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानका विभिन्न ठाँउमा माघी मेला लाग्दै

२९ पुष २०७३, शुक्रबार १३:३९


सलिम अन्सारी/पुस २९, प्युठान । जिल्लाका विभिन्न धार्मिक एवं पर्यटकीय स्थलहरुमा आज माघे सक्रान्ति मेला लाग्दैछन् । 

झिमरुक नदिको उत्गम स्थल गौमुखी, झिमरुक नदि र माण्डवी नदिको संगम स्थल ऐरावती, तिरामको किमिचौर दह, मरण्ठानाको बुलवुल मुल बाइसधारा लगायत स्थलहरुमा भव्य मेला लाग्दैछन् ।यहाँ श्रदालुहरुको बाक्लो चहलपहल हुने गरेको छ।

पुस मसन्ता देखि यहाँ मेला शुरु हुने गर्दछ। माघ महिनाको पहिलो दिन यी स्थानहरुमा स्नान गरेमा वर्षभरी जानेर वा अन्जानमा भएका गल्ती पखालिन्छ भन्ने धार्मिक बिश्वास रहिआएको छ । माघे सक्रान्तिको दिन खिचडी खाने, विभिन्न प्रकारका तरुल, विभिन्न प्रकारका रोटीहरु खाने चलन छ ।

हरेक बर्ष पर्यटन सम्वन्धी गतिविधि संचालन भैरहदाँ  यस पटक जिल्लाका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रम संचालन गरिएको छ । स्थानिय कला भाषा र लोपउन्मुख संस्कृतीको जगेर्नाका साथै पर्यट्न बिकासका लागि मेलाको आयोजना गरिएको आयोजकले जानकारी दिएका छ्न् ।

माघे सक्रान्तिकै अवसर पारेर झिमरुक नदि र माण्डवी नदिको संगम स्थल ऐरावतीमा पनि नुहाउनेहरुको निकै घुइचो लागेको छ । राप्ती नदि बन्ने यस स्थानमा नुहाउनका लागि प्युठान सहित दाङ,अर्घाखाँची,गुल्मी,कपिलबस्तु  लगाएत  छिमेकी राष्ट्र भारतबाट समेत  दर्शनार्थी आउने क्रम शुरु भएको छ ।गौमुखी र ऐरावतीमा श्रदालुहरुले नुहाए पुर्णयलाभ हुने,सन्तान प्राप्ती हुने र मनले चिताएको।कुरा पुग्ने धार्मिक बिश्वास छ।

भालुवाङ्ग–प्यूठान सडक सडक खण्डमा पर्ने बड्डाडाँ बजारदेखि करिव १८ किलोमिटर कच्चि सडक पार गरि माण्डवी नदीमाथि बनेको झोलुंगे पुल तरिसकेपछि ऐरावती पुग्न सकिन्छ । पुसको अन्तिम दिन राती स्थानीय सोरठी नाँच, लोक गीत, भजन क्रितन कार्यक्रम गरी माघे संक्रान्तिको दिन दोभानमा नुहाउने गरिएको छ ।

गौमुखिमा  विहानै गाईको मुख जस्तो आकारबाट छङछङ बग्ने चिसो पानीमा नुहाउनेहरुको घुँइचो लागेको थियो । दर्शनार्थीहरुलाई प्रसाद वितरण र भजन सहित स्थानीय लोक सास्कृतिक प्रदर्शनी कार्यक्रम समेत गरिएको छ । गौमुखी पुग्नका लागि अर्खासम्म कच्चि मोटरबाटो पुगेकाले दर्शनार्थीको संख्यामा बृद्धि भएको स्थानीयले बताएका छन् ।

यसै गरी प्युठानको तिराम गाविसको वडा नम्बर ७ स्थित किमिचौर गाउँमा रहेको किमिचौर दहमा पनि मेला लागने त्यहाँका स्थानीयबासीहरुले जनाएका छन् । यहाँ पनि प्रत्येक वर्ष माघीको समयमा मेला लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छः मन्त्री घिसिङ मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु सन् २०२५ः अत्यन्त तातो वर्ष दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते राष्ट्रिय च्याउ दिवसः नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री खालिदा जियाको निधनमा शेख हसिनाद्वारा शोक व्यक्त कुल चौँसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना सुनचाँदीको मूल्यमा भारी गिरावट प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प