२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

‘स्वास्थ्य र समृद्ध राष्ट्र निमार्णका लागी घर-घरबाट योग अभियान शुरु गर्नुपर्छ’

२०७३, १ माघ शनिबार ०४:२१

माघ १, विराटनगर | स्वास्थ्य र समृद्ध राष्ट्र निमार्णका लागी घर-घरबाट योग अभियान शुरु गर्नुपर्ने विराटनगरमा आज आयोजित एक कार्यक्रमका वक्ताहरुले वताएका छन् । राष्ट्रिय योग दिवसको अवसरमा विराटनगरमा आज विहान आयोजित कार्यक्रमका सहभागीहरुले शारिरिक तथा मानसिक रुपमा स्वस्थ्य बनाउपनी योग आवश्यक रहेको सहभागीहरुले जोड दिएका हुन् । 

पतन्जली योग शिविर तथा महिला पतन्जली योग शिविर मोरङको सयुक्त आयोजनामा भएको योग शिक्षकहरुको पुर्नताजगी तालिम समापन कार्यक्रममा वक्ताहरुले सो कुरामा जोड दिएका हुन । मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोईरालाले हामी भित्र रहेको उर्जालाई योगको माध्यमवाट वाहिर निकाल्न सके जिवन स्वस्थ्य रहने वताउनुभयो ।

प्यावसन मोरङका अध्यक्ष वासुदेव न्यौपानले मानिस स्वस्थ्य रहेमा मात्र समाज स्वस्थ्य रहने बताउदै योग आवश्यक रहेको वताउनुभयो कार्यक्रमा वोल्दै पतन्जली योग शिविरका कोशी अन्चल संयोजक प्रेम सोनीले प्रतेक एकजनाले ३० जना योग प्रशिक्षक तयार पार्नुपर्नेमा जोड दिनुभयो ।पतन्जली योग शिविरका जिल्ला अध्यक्ष हरीवावु दाहाल, महिला पतन्जली योगशिविर अध्यक्ष सोभा कोइराला तथा माहासचिव दिनाप्रसाद मण्डलले मानव जिवनमा योगको महत्व वारे चर्चा गर्नु भएको थियो । १५ दिने पुर्नताजगी तालिममा १ सय ३ जना योग प्रशिक्षकको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने