पर्वत । जिल्लाको एक विद्यालयमा भूतपूर्व विद्यार्थीको सक्रियतामा दुइकोठे पक्की भवन निर्माण भएको छ । जिल्लाको तिलाहार ४ ठानामा रहेको जनप्रकाश  आधारभूत  विद्यालयमामा दुइकोठे भवन भूपू विद्यार्थीको आर्थिक सहयोगमा निर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । जिल्लाको एक विद्यालयमा भूतपूर्व विद्यार्थीको सक्रियतामा दुइकोठे पक्की भवन निर्माण भएको छ । जिल्लाको तिलाहार ४ ठानामा रहेको जनप्रकाश  आधारभूत  विद्यालयमामा दुइकोठे भवन भूपू विद्यार्थीको आर्थिक सहयोगमा निर"/>
२०८२, १३ चैत्र शुक्रबार
पर्बत - PBT

२२ लाखमा २ कोठे भवन निर्माण

२०७३, १ माघ शनिबार ०५:०९

पर्वत । जिल्लाको एक विद्यालयमा भूतपूर्व विद्यार्थीको सक्रियतामा दुइकोठे पक्की भवन निर्माण भएको छ । जिल्लाको तिलाहार ४ ठानामा रहेको जनप्रकाश  आधारभूत  विद्यालयमामा दुइकोठे भवन भूपू विद्यार्थीको आर्थिक सहयोगमा निर्माण भएको हो । भूतपूर्व विद्यार्थी दिनेश शर्माको संयोजकत्वमा सांगठनिक भएर विद्यार्थीहरुले आफ्नो खाजा खर्च कटाएर संकलन गरेको २२ लाख ७४ हजारको लागतमा उक्त भवन निर्माण भएको विद्यालयका प्रधानाध्यापक ख्याम बहादुर लामिछानेले जानकारी दिए । 

२०७२ बैशाख १२ गतेको महाविनासकारी भूकम्पका कारण क्षति भएको उक्त विद्यालयको भौतिक पूर्वधार निर्माणका लागि भूपू विद्यार्थीले विदेश तथा स्वदेशमा रकम संकलन गरी विद्यालयलाई सहयोग गरेकोले उक्त भवन निर्माण कार्य सम्भव भएको उनले बताए ।

४० औं बार्षिक उत्सव तथा अभिभावक भेलाको अबसर पारी उक्त भवनको सांसद कल्पना चापागाइले सद्घाटन गरेकी छन् । उद्घाटन गर्दै उनले शिक्षानै विकासको आधार भएकोले यसमा राज्यको ठूलो लगानी रहेको बताउनु भयो ।शिक्षा विना कोहि पनि सफल हुन नसक्ने भन्दै चापागाईले सामुदायिक विद्यलायको शिक्षाको गुणस्तर अभिवृद्ध गर्नको लागि सवैले हातेमालो गर्नुपर्नेमा जोड दिइन् । सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर पछिल्लो समयमा खस्कदै जानुमा शिक्षक,अभिभावक र विद्यार्थीको तालेमल नमिल्नुनै भएको भन्दै उनले विद्यालयको शिक्षको गुणस्तर अभिबृद्धि गर्नको लागि सवै एक जुट हुनुपर्नेमा जोड दिइन् ।

उनले आफुले पनि विद्यालयको शैक्षिक तथा भौतिक विकासको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।भूपू विद्यार्थीले आफ्नो विद्यालयप्रति देखाएको माया र स्नेहका कारणनै आज विद्यालयमा भूमकम्प पछि नयाँ भवन निर्माण हुन सम्भव भएको सांसद चापागाइले बताउनुभयो ।विद्यालय निरिक्षक र स्रोत व्यक्ति कृष्ण प्रसाद पौडेल र कृष्ण प्रसाद आचार्यले विद्यालयको शैक्षिक गुणस्तरको लागि सवै एक जुट हुनुपर्नेमा  बताए । 

सामुदायिक विद्यालयमा दक्ष तथा तालिम प्राप्त शिक्षक हुदाँ पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कनुमा अभिभावक र शिक्षक नै दोषि रहेको उनीहरले औलाए । शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्धमा तिक्तता आएका कारण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्केको भन्दै सम्बन्धलाई सुमधुर बनाउन सकेमा शैक्षिक गुणस्तर उकासिने विश्वास राखे ।

सोही अबसरमा विद्यालयले ५ दर्जन चन्ददातालाई सम्मान गरिएको विद्यालयका शिक्षक किशोर सुवेदीले बताए । सम्मानीत हुनेमा  सुरेश सिंह क्षेत्री, रविलाल शर्मा, कनक प्रसाद सुवेदी, विष्णु प्रसाद सुवेदी लगायत ६० जना लाई सम्मान गरेको थियो । सम्मानीत हुनेहरुले विद्यालयको भूकम्प पछिको पूर्ननिर्माणमा १० देशि २० हजार सम्म आर्थिक सहयोग गरेको विद्यालयले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु