पर्वत । उमेर नपुगि विवाह गर्दा र प्रजनन् स्वास्थ्य परिपक्क नहुदै गर्भवती भएमा आमा र बच्चा दुवैको स्वास्थ्यमा पर्ने असरबारे सचेतना जगाउनको लागि एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरि किशोरीहरुलाई तालिम प्रदान गरिएको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । उमेर नपुगि विवाह गर्दा र प्रजनन् स्वास्थ्य परिपक्क नहुदै गर्भवती भएमा आमा र बच्चा दुवैको स्वास्थ्यमा पर्ने असरबारे सचेतना जगाउनको लागि एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरि किशोरीहरुलाई तालिम प्रदान गरिएको छ "/>
२०८२, १३ चैत्र शुक्रबार
पर्बत - PBT

पचास किशोरीलाई प्रजनन स्वास्थ्य तालिम

२०७३, १ माघ शनिबार ०५:११

पर्वत । उमेर नपुगि विवाह गर्दा र प्रजनन् स्वास्थ्य परिपक्क नहुदै गर्भवती भएमा आमा र बच्चा दुवैको स्वास्थ्यमा पर्ने असरबारे सचेतना जगाउनको लागि एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरि किशोरीहरुलाई तालिम प्रदान गरिएको छ । पिपलटारीमा रहेको जनक माध्यामिक विद्यालयमा रहेका ५० जना किशोरीहरुलाई महिला तथा बालबालिका कार्यालय पर्वतले एक दिने प्रजनन् स्वास्थ्य सम्बन्धी अभिमुखि कार्यक्रम तथा प्रजनन् स्वास्थ्य सम्बन्धी तालिमको आयोजना गरेको हो । सो कार्यक्रममा उक्त विद्यालयका ७,८ र ९ का १३ देखि १७ बर्ष उमेर समुहका किशोरीहरुलाई उक्त तालिम दिइएको थियो । 

उक्त कार्यक्रममा महिनावारीको अबस्था, लक्षण र व्यवस्थापन सम्बन्धि जानकारी गराइएको महिला तथा बालबालिका कार्यालयकी निमित्त कार्यालय प्रमुख तारा सुनुवारले जानकारी दिइन । सो कार्यक्रममा किशोरीहरुलाई किशोर अबस्थाका लक्षण, यौन अबस्थाका साथै विशेष गरी महिनावारी व्यवस्थापनको लागि जानकारी गराइएको उनले साझासबाल्लाई  बताइन् । 

महिलाहरु प्राकृतिक रुपमा महिनावरी हुन्छन तर यो बारेमा समाजले गर्ने व्यवाहार र बुझाईले महिलाहरुको प्रनन स्वास्थ्यमा अप्रत्यक्ष असर परेको कुरालाई मध्यनजर गर्दै महिला र किशोरीहरुलाई जिल्लाका देउराली,देउपुर,तिलाहार,पिपलटारी र शालिजा गाविसहरुमा यो तालिम संचालन  महिला तथा बालबालिका कार्यालय अन्र्तगत रहि  जापनिज स्वयेम सेवक युकि यामामोतोले गर्दै आएकी उनले भनिन् ।

उक्त कार्यक्रममा गरिएको सर्वेक्षण अनुसार महिनावारीको बारेमा थाहा नपाएको ४ ले बताए । भने ९६ प्रतिशतले शरीरबाट निस्कने नराम्रो रगत हो भनेर बुझेको थिए ।  विधालयमा अध्यानरत १३ प्रतिशत छात्राहरुले महिनावारीको बेलामा कक्षा छोड्ने गरेको पाइएको थियो सोही तथ्यांकलाई मध्यनजर गरि तालिम संचालन गरिएको थियो । तालिमको सहजीकरण जापनिज स्वयेम सेविका युकि यामामोतो र महिला तथा बालबालिका कार्यालयका प्रमुख तारा सुनुवारले गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु