पर्वत । उमेर नपुगि विवाह गर्दा र प्रजनन् स्वास्थ्य परिपक्क नहुदै गर्भवती भएमा आमा र बच्चा दुवैको स्वास्थ्यमा पर्ने असरबारे सचेतना जगाउनको लागि एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरि किशोरीहरुलाई तालिम प्रदान गरिएको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । उमेर नपुगि विवाह गर्दा र प्रजनन् स्वास्थ्य परिपक्क नहुदै गर्भवती भएमा आमा र बच्चा दुवैको स्वास्थ्यमा पर्ने असरबारे सचेतना जगाउनको लागि एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरि किशोरीहरुलाई तालिम प्रदान गरिएको छ "/>
१२ माघ २०८२, आईतवार
पर्बत - PBT

पचास किशोरीलाई प्रजनन स्वास्थ्य तालिम

१ माघ २०७३, शनिबार ०५:११

पर्वत । उमेर नपुगि विवाह गर्दा र प्रजनन् स्वास्थ्य परिपक्क नहुदै गर्भवती भएमा आमा र बच्चा दुवैको स्वास्थ्यमा पर्ने असरबारे सचेतना जगाउनको लागि एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरि किशोरीहरुलाई तालिम प्रदान गरिएको छ । पिपलटारीमा रहेको जनक माध्यामिक विद्यालयमा रहेका ५० जना किशोरीहरुलाई महिला तथा बालबालिका कार्यालय पर्वतले एक दिने प्रजनन् स्वास्थ्य सम्बन्धी अभिमुखि कार्यक्रम तथा प्रजनन् स्वास्थ्य सम्बन्धी तालिमको आयोजना गरेको हो । सो कार्यक्रममा उक्त विद्यालयका ७,८ र ९ का १३ देखि १७ बर्ष उमेर समुहका किशोरीहरुलाई उक्त तालिम दिइएको थियो । 

उक्त कार्यक्रममा महिनावारीको अबस्था, लक्षण र व्यवस्थापन सम्बन्धि जानकारी गराइएको महिला तथा बालबालिका कार्यालयकी निमित्त कार्यालय प्रमुख तारा सुनुवारले जानकारी दिइन । सो कार्यक्रममा किशोरीहरुलाई किशोर अबस्थाका लक्षण, यौन अबस्थाका साथै विशेष गरी महिनावारी व्यवस्थापनको लागि जानकारी गराइएको उनले साझासबाल्लाई  बताइन् । 

महिलाहरु प्राकृतिक रुपमा महिनावरी हुन्छन तर यो बारेमा समाजले गर्ने व्यवाहार र बुझाईले महिलाहरुको प्रनन स्वास्थ्यमा अप्रत्यक्ष असर परेको कुरालाई मध्यनजर गर्दै महिला र किशोरीहरुलाई जिल्लाका देउराली,देउपुर,तिलाहार,पिपलटारी र शालिजा गाविसहरुमा यो तालिम संचालन  महिला तथा बालबालिका कार्यालय अन्र्तगत रहि  जापनिज स्वयेम सेवक युकि यामामोतोले गर्दै आएकी उनले भनिन् ।

उक्त कार्यक्रममा गरिएको सर्वेक्षण अनुसार महिनावारीको बारेमा थाहा नपाएको ४ ले बताए । भने ९६ प्रतिशतले शरीरबाट निस्कने नराम्रो रगत हो भनेर बुझेको थिए ।  विधालयमा अध्यानरत १३ प्रतिशत छात्राहरुले महिनावारीको बेलामा कक्षा छोड्ने गरेको पाइएको थियो सोही तथ्यांकलाई मध्यनजर गरि तालिम संचालन गरिएको थियो । तालिमको सहजीकरण जापनिज स्वयेम सेविका युकि यामामोतो र महिला तथा बालबालिका कार्यालयका प्रमुख तारा सुनुवारले गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह