२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

धारिलो हतियार प्रयोग गरी हत्या

२०७३, १ माघ शनिबार ०६:५२

माघ १, गौशाला । महोत्तरी जिल्ला, हतिसर्वा गाविसमा गएराति अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी अञ्जनीकुमार मिश्रको हत्या गरेको आरोप लगाइएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायका अनुसार गए राति करिब १० बजेतिर हतिसर्वा–७ बस्ने २५ वर्षीय मिश्रको हत्या भएकोक हो । 

राति आफ्नै घरमा बसिरहेका उनलाई सात आठ जनाको समूहमा आएका अज्ञात व्यक्तिले धारिलो हतियारसहित आक्रमण गरी उनलाई गम्भीर घाइते बनाएर भागेका थिए । 

गम्भीर घाइते मिश्रलाई परिवारजनले उपचारका लागि अञ्चल अस्पताल जनकपुरमा लगेकामा गए राति १२ बजेतिर उपचारकै क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक उपाध्यायले बताउनुभयो । हत्याराको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु