२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा भूकम्पपछिको पुनःनिर्माणका लागि सर्वेक्षण सुरु

२०७३, २ माघ आईतवार ०६:११

माघ २, खोटाङ । भूकम्प गएको २० महिनापछि खोटाङमा पुनःनिर्माणका लागि सर्वेक्षण सुरु गरिएको छ । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका इन्जिनियर आइपुगेपछि जिल्लामा शनिबारबाट पुनःनिर्माणका लागि सर्वेक्षणका सुरु गरिएको हो । 

जिल्लाका माक्पा, हौंचुर, खिदिमा, पाथेका, खार्ताम्छा, च्यास्मिटार, बाहुनीडाँडा, हलेसी, दुर्छिम, विजयखर्क, अर्खौले, सल्ले, बतासे, खार्पालगायतका गाविसमा एकैसाथ भूकम्पपीडितको नामावली सङ्कलन, प्रमाणीकरण, अनुदान सम्झौतालगायतका काम सुरु गरिएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ । 

गत पुस १५ गतेदेखि सुरु गर्ने भनिएको पुनःनिर्माणका प्रारम्भिक चरणका काम केही हप्ता ढिला गरी सुरु गरिएको तथ्याङ्क विभाग जिल्ला लगत सङ्कलन व्यवस्थापन कार्यालय दिक्तेलले जनाएको छ । 

भूकम्पसम्बन्धी पुनःनिर्माणका लागि खोटाङमा गत मङ्गलबार ३३ जना इन्जिनियर जिल्ला आएका छन् । 

सर्वेक्षण सुरु गरिएको डेढ महिनाभित्र सर्वेक्षणका काम पूरा गरेर सर्वेक्षण सकिएका ठाउँमा तत्काल अनुदान सम्झौता सुरु हुने प्राधिकरणले जनाएको छ । भूकम्पबाट जिल्लामा १३ हजार ३३३ घरमा क्षति पुगेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा