माघ २, पथरी (मोरङ) | न उहाँ साधु न त कमजोर आर्थिक अवस्थाको व्यक्ति तर पनि मोरङको बेलबारी–११ का लीलाप्रसाद चौधरी त्रेता युगमा जस्तै खराउ लगाएर ठमठम हिँड्नुहुन्छ । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २, पथरी (मोरङ) | न उहाँ साधु न त कमजोर आर्थिक अवस्थाको व्यक्ति तर पनि मोरङको बेलबारी–११ का लीलाप्रसाद चौधरी त्रेता युगमा जस्तै खराउ लगाएर ठमठम हिँड्नुहुन्छ । <"/>
२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

त्रिचालीस वर्षदेखि खराउकै भर

२०७३, २ माघ आईतवार ०७:२५

माघ २, पथरी (मोरङ) | न उहाँ साधु न त कमजोर आर्थिक अवस्थाको व्यक्ति तर पनि मोरङको बेलबारी–११ का लीलाप्रसाद चौधरी त्रेता युगमा जस्तै खराउ लगाएर ठमठम हिँड्नुहुन्छ । 

बाहुनीको जनता उच्च माविमा ३२ वर्ष लेखापालको जागिर गरेर सेवा निवृत्त हुनुभएका चौधरीलाई पैसाको अभाव हुने कुरै भएन, तर पनि ६६ वर्षीय चौधरीका खुट्टामा खराउ देख्दा जो कोही एक छिन टक्क उभिएर हेर्ने गर्छन् । 

लीला सरको खुट्टामा खराउ परेको ४३ वर्ष भयो । किन खराउ लगाउनुभयो ? भन्ने जिज्ञासामा उहाँले भन्नुभयो – “२२ वर्षको उमेरमा दाहिनेपट्टि हर्निया निस्कियो । २०३० सालमा नेपालमा उपचार गर्न सम्भव नै थिएन । भारतसम्म पुग्ने आर्थिक हैषियत भएन । त्यसैबेला एकजना साधुले उहाँलाई खराउ लगाउन सुझाव दिनुभयो । उति बेला खाली खुट्टा नै हिँड्ने समय थियो । गाउँमा इने गिनेले मात्र खुट्टामा जुत्ता चप्पल लगाउँथे ।” 

साधुले भनेअनुसार लीलाले गाउँको सिकर्मीलाई खराउ बनाउन लगाउनुभयो । सिमलको रुखको काठ खोपेर खुट्टाको बूढी र माइली औँलाले च्याप्ने गरी टुसो निकालेर खराउ बनाउन लगाउनुभयो । सुरुमा अप्ठ्यारो भयो । तर, हर्नियाका बिरामी लीलालाई हर्नियाबाट मुक्त हुनु थियो । त्यसैले उहाँले दैनिक औँलाको बीचबाट रगत चुहाउँदै पनि १९ महिना खराउ लगाउनुभयो । १९ महिनामा हर्निया आफैँ हरायो । त्यसयता लीलालाई हर्नियाले दुःख दिएको छैन । उहाँ भन्नुहुन्छ – “मलाई खराउ सञ्जीवनी बुटी जस्तै भयो ।” उहाँले खराउ लगाउन छोड्नुभएको छैन । अचेल धेरैले उहाँलाई अब त के खराउ लगाउँछौँ भनेर नलगाउन सुझाव दिन्छन् । तर लीला नातागोता र इष्टमित्रका कुरामा लाग्नु भएको छैन । 

युग जतिसुकै आधुनिक भए पनि पूर्वीय शास्त्रमा सबै रोगको उपचार गर्ने पद्दति भएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ – “अहिले खराउ बनाइदिने सिकर्मी पाइँदैनन्, त्यसैले आफँै बनाएर लगाउँछु । अब त उहाँको नाम नै खराउ सर भइसकेको छ । सबैले लीलाभन्दा पनि खराउ सर भनेर चिन्छन् ।” उहाँले थप्नुभयो – “जे भने पनि म सन्तुष्ट छु, त्रेता युगको चप्पल अझै जोगाएको छु । मेरो फाइदाका लागि हो ।” रासस   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने