२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

जनकपुरका औषधि पसल तीन दिनदेखि बन्द, बिरामी मर्कामा

२०७३, २ माघ आईतवार ०७:२९

माघ २, महेन्द्रनगर (धनुषा) । औषधि व्यवसायी सङ्घको आह्वानमा जनकपुरका औषधि पसल आज तेस्रो दिन पनि बन्द गरिएको छ । 

धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरीको निलम्बनसहित चार सूत्रीय माग राखी औषधि व्यवसायी सङ्घ जनकपुर शाखाले शुक्रबारदेखि औषधि पसल बन्द गर्दै आएका छन् । 

गत पुस २६ गते स्थानीय जनकपुरका औषधि पसलमा धनुषाका सहायक जिल्ला अधिकारी गिरी नेतृत्वको अनुगमन समितिले अवैधानिक रुपमा तथा अनुमति बिना नै सञ्चालनमा आएको ४० श्ययाको आर्या केयर अस्पताल, प्रसूति विशेषज्ञ डा रामनरेश पण्डितको क्लिनिक, डा सोनिय सिंहको काव्य मेडिकल, जलान मेडिकललगायतका निजी अस्पताल, पोलिक्लिनिक, प्याथोलोजी ल्याब र औषधि पसलमा सिल गरेको थियो । राजस्व छलेको आशङ्कामा निजी अस्पताल र पोलिक्लिनिकका आवश्यक कागजातसमेत गरी आन्तरिक राजस्व कार्यालय, जनकपुरका कर्मचारीले नियन्त्रणमा लिएका थिए । 

त्यसैगरी अनुगमन टोलीले रामदेवी डेन्टल क्लिनिक, सुनैना प्याथोलोजी, मनिष मेडिलक हल, अमृत क्लिनिक, सीता फिजियो थेरापी, डिमाइन प्याथोलोजी, मुस्कान मेसिन, पपु मेडिकल हल, अमास मेडिकल हल, काव्य मेडिकल हल, अर्थोपेडिक तथा ट्रमा सेन्टरलगायतमा पनि सिलबन्दी गरेको थियो । 

जनकपुर अञ्चल औषधि व्यवसायी सङ्घले जनकपुरमा पत्रकार सम्मेलन गरी विभिन्न मागसहित शुक्रबारदेखि अनिश्चितकालीन औषधि पसल बन्दको घोषणा गरेका हुन् । सङ्घर्ष समितिका संयोजक केदारनाथ पाठकले गैरकानुनी हस्तक्षेपका कारण औषधि पसल बन्द गर्नुपरेको बताउनुभयो । 

जनकपुरमा रहेका ९० प्रतिशत निजी स्वास्थ्य संस्थाहरु गैरकानुनी रुपमा सञ्चालन रहेको गुनासो बढेपछि अनुगमन समितिले अनुगमन गर्ने क्रममा अधिकांश औषधि पसल र केही ठूला निजी क्लिनिक तथा निजी अस्पतालले बिना इजाजतकै करोडौँको लगानीमा कर छलीलगायतका अवैधानिक क्रियाकलाप गर्दै आएको पाइएको छ । 

प्रजिअ दिलीप चापागाईंले औषधि व्यवसायीलाई आन्दोलन फिर्ता लिन आग्रह गर्नुभएको छ । 

यता तीन दिनदेखि जनकपुरका सबै औषधि पसल बन्द भएपछि बिरामी मर्कामा परेका छन् । शुक्रबारदेखि जनकपुर अञ्चल अस्पताल परिसरमा रहेका साझा औषधि पसलबाहेक सबै बन्द भएपछि बिरामीका लागि चाहिएको औषधि खरिद गर्ने बिरामीका कुरुवा र आफन्तजनको उक्त पसलमा भीड लागेको छ । 

भारतसहित यस क्षेत्रका सात आठ जिल्लाका बिरामी उपचारका लागि जनकपुर आउने गर्छन् । 

जनकपुरका निजी अस्पताल, क्लिनिक, प्याथोलोजी, औषधि पसलमध्ये करिब ९० प्रतिशत अवैधानिक र मापदण्ड विपरीत रहेको जिल्ला जनस्वास्थ्य कार्यालय, धनुषाले जनाएको छ ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा