नन्द बहादुर रोकाया | माघ २, मुगु | हिमपात संगै अत्याधिक चिसो बढेपछि मुगु सहित कर्णालीका पाँच जिल्लाहरुको जनजिवन प्रभावित भएको । गएराति परेको हिमपात कर्णालीका जुम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्द बहादुर रोकाया | माघ २, मुगु | हिमपात संगै अत्याधिक चिसो बढेपछि मुगु सहित कर्णालीका पाँच जिल्लाहरुको जनजिवन प्रभावित भएको । गएराति परेको हिमपात कर्णालीका जुम"/>
१५ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

हिमपातसंगै कर्णालीको जनजिवन प्रभावित

२ माघ २०७३, आईतवार ०७:४५

नन्द बहादुर रोकाया | माघ २, मुगु | हिमपात संगै अत्याधिक चिसो बढेपछि मुगु सहित कर्णालीका पाँच जिल्लाहरुको जनजिवन प्रभावित भएको । गएराति परेको हिमपात कर्णालीका जुम्ला, हुम्ला, मुगु र डोल्पा सहित कालिकोटका माथिल्ला क्षेत्रमा भएको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ । 

हिजो रातीदेखी पानी पर्नुका साथै हिमपात पनि भएपछि यि क्षेत्रहरुमा जनजिवन प्रभावित भएको छ । सुदुरपश्चिमका कर्णाली क्षेत्रसगँ जोडिएका बाजुरा लगायतका अन्य जिल्लाहरुमा पनी हिमपात भएको छ । जुम्ला सदरमुकाममा रहेको ककेश शाहीका अनुसार हिजो रात्तिबाट शुरु भएको हिमपात आज बिहान सम्ममा झण्डै ३ फिट बराबरको हिउ परेको छ । “हिमपात हुने क्रम जारी छ, हिउँ परेपछि दैनिक हुने धेरैजसो कामकाजहरु सबैका प्रभावित भएका शाहीले जानकारीदिनुभयो । 


यता हुम्लामा पनी हिमपात हुने क्रम जारी रहेको छ । हुम्ला सदरमुकाम सिमिकोटमा रहेका युवराज शाही ठकुरीका अनुसार आज बिहानैबाट हुम्ला सदरमुकाममा शुरु भएको हिमपात अहिलसम्म पनी जारी रहेको छ । हुम्ला सदरमुकाम बाहेकका अन्य क्षेत्रहरुमा  हिजै रात्तिबाट हिमपात शुरु भएको भएपनी सदरमुकाम सिमिकोटमा भने बिहानबाट मात्रै हिमपात शुरु भएको शाहीले जानकारी दिए । यता, मुगु सदरमुकाममा पनी बिहानबाट शुरु  भएको हिमपात अझै जारी रहेको छ । जिल्लाका अन्य क्षेत्रमा हिजो रात्तिबाट नै हिमपात शुरु भएको भएपनी सदरमुकाममा भने बिहानबाट मात्रै हिमपात शुरु भएको छ । हिमपात भएपछि जुम्लाको सिजाँ क्षेत्रको जनजिवन पनी प्रभावित  भएको छ । 

हिमपात सगैँ चिसो पनी बढेपछि सबै भन्दा बढी बालबालिका र बृद्धबृद्धाहरु बढी प्रभावित भएका छन भने सडकहरुमा र बजारपसलहरुमा मानिसको चहलपह समेत शुन्य जस्तै देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरेबियाद्वारा यमनको बन्दरगाहमा हवाई आक्रमण, अबु धाबीलाई चेतावनी यस्तो छ, समानुपातिकको बन्द सूची चोरी गरेको ६५ लाख रकमसहित केसी पक्राउ दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल वितरण युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छः मन्त्री घिसिङ मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु सन् २०२५ः अत्यन्त तातो वर्ष दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते राष्ट्रिय च्याउ दिवसः नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री खालिदा जियाको निधनमा शेख हसिनाद्वारा शोक व्यक्त कुल चौँसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना सुनचाँदीको मूल्यमा भारी गिरावट प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण