२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फिस्टेल एयरको हेलिकप्टर दुर्घटना हुनुको कारण यस्तो पो रहेछ !

२०७३, २ माघ आईतवार १४:०२


माघ २, काठमाडौँ । मानवीय त्रुटिका कारण फिस्टेल एयरको हेलिकप्टर दुर्घटना भएको दुर्घटना जाँच अनुसन्धान प्रतिवेदनले औँल्याएको छ । 

गत साउन २४ गते नुवाकोटको मदानपुर–९ बेतिनी जङ्गलको चुच्चेभिरमा दुर्घटनाग्रस्त फिस्टेल एयरको 9N-ALA, AS 350 हेलिकोप्टरको जाँच अनुसन्धान प्रतिवेदनले पाइलटले बढी आत्मविश्वासका साथ अवस्थाको चेतना ९सिचुवेसनल अवेरनेस० गुमाएकाले दुर्घटना भएको प्रारम्भिक निष्कर्ष निकालेको हो । दुर्घटनामा परी चालकसहित छ जनाको मृत्यु भएको थियो । 

उक्त हेलिकप्टर दुर्घटना भएलगत्तै हवाई विभागका पूर्वमहानिर्देशक हरिभक्त श्रेष्ठको अध्यक्षतामा चार सदस्यीय दुर्घटना जाँच आयोग गठन गरिएको थियो । 

तीनमहिने कार्यअवधि पाएको आयोगले थप दुई महिना लगाएर प्रतिवेदन तयार गरेको हो । विस्तृत प्रतिवेदन छिट्टै ल्याइने आयोगले जनाएको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा अध्यक्ष श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीलाई प्रतिवेदन हस्तान्तरण गर्नुभयो । 

प्रतिवेदनअनुसार हेलिकप्टरका चालकले गोरखाको फिलिमबाट काठमाडौँ फर्कदा नुवाकोटको ककनी र चुच्चेभिर क्षेत्रको उत्तरी एवम् पूर्वी साइडमा तल्लो उचाइमा सोचेभन्दा फरक प्रकृतिको द्रुतगतिमा उत्पन्न भएको स्थानीय कुइरोमा छिरी परिस्थितिबस छिर्ने र निस्कने क्रममा साँघुरो उपत्यकामा चलाउने कौशलता नभएकाले गर्दा कुइरोमा रुमलिएर हेलिकप्टरको मुख्य पङ्खाले चुच्चेभिरको चट्टानमा छुँदा दुर्घटना भएको सम्भाव्य कारण प्रस्तुत गरिएको छ । 

अधिकांश दुर्घटनामा इन्जिनको खराबी देखिने गरेको भए पनि यो घटनामा मानवीय पक्षलाई कमजोरी औँल्याइएको यस प्रतिवेदनमा नियामक निकाय नागरिक उड्डयन प्राधिकरण र वायुयान सञ्चालकलाई पनि प्रश्न उठाइएको छ । 

आयोगका अध्यक्ष श्रेष्ठले दुर्घटनाग्रस्त हेलिकप्टर कुनै प्राविधिक त्रुटिका कारण नभई मानवीय स्वभावका कारण दुर्घटना भएको र यसमा नियामक निकायको पनि कमजोरी रहेको बताउनुभयो । 

उड्डयन सुरक्षाका लागि अपनाउनुपर्ने २१ बुँदे सुझाव प्रस्तुत गर्दै श्रेष्ठले सम्बन्धित कम्पनीको लापरबाही, नियामक निकायको प्रभावकारी अनुगमन नहुनु तथा चालकमा पर्याप्त प्रशिक्षणको अभावले यस्ताखाले घटना दोहोरिने गरेको भन्दै आगामी दिनमा यस्ता पक्षलाई विशेष निगरानी र नियमन गरिनुपर्नेमा जोड दिनुभयो । 

ककनी रुटबाट करिब पाँच हजार ५०० फिटको उचाइमा रहेको हेलिकप्टर बादलको मुस्लोका कारण रुट परिवर्तन गर्न खोज्दा भिरमा ठोकिन पुगेको थियो । सन् १९९३ मा निर्माण भएको दुई हजार २५० किलोग्राम क्षमताको सो हेलिकप्टर दुर्घटना अवधिसम्म नौ हजार ८२ घन्टा ५० मिनेट उडेको प्रतिवेदनमा उल्लेख छ । 

सो अवसरमा पर्यटनमन्त्री शाहीले प्रतिवेदनले प्राविधिक पक्ष नभई मानवीय त्रुटि औँल्याइएकाले भविष्यमा यस्ता घटना हुन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो । 

दुर्घटनाको बारम्बार प्रतिवेदन बुझाउने तर तिनको कार्यान्वयन नहुने गरेको भन्दै मन्त्री शाहीले उड्डयन क्षेत्रलाई कसरी सुधार्ने भन्नेबारे नियामक निकाय र वायुयान सञ्चालकले जोखिमका कारण सुरक्षाका लागि अपनाउने रणनीतिबारे बेलैमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

मन्त्री शाहीले उड्डयनको आधुनिक युगमा अन्तराष्ट्रिय मापदण्डको सेवा गुणस्तर कायम गर्न जरुरी भएको उल्लेख गर्नुभयो । आयोग सदस्यद्वय सैनिक हवाई महानिर्देशनालयका प्रमुख सेनानी क्याप्टेन सुभाष थापा र सिम्रीक एयर प्रा।लि। का इन्जिनियरिङ् विभागका कार्यकारी निर्देशक विष्णु बस्नेतले दुर्घटनामा परेको हेलिकप्टरको कुनै पनि प्राविधिक कमजोरी नभएको र आठ हजार मिटर भिजिबिलिटी भएको अवस्थामा दुर्घटना हुनुले मानवीय कमजोरी देखिएको बताउनुभयो । 

उहाँहरुले अनुभवी चालक भए पनि दुर्घटनाको दिन हतारिएको र टावरसँग सूचना लिन ढिला भएको अनुसन्धानका क्रममा पाइएको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन