२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

फोटो सहितको मतदाता नामावलीमा चार हजारको नाम दर्ता

२०७३, ३ माघ सोमबार ०२:४७

माघ ३, कञ्चनपुर । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले सञ्चालन गरेको फोटो सहितको मतदाता नामावली सङ्कलन र अद्यावधिकको कार्यक्रमअन्तर्गत तीन हजार नौ सय ७० जना मतदाताले नाम दर्ता गरेका छन् । 

निर्वाचन कार्यालयले निर्धारण गरेका एक सय छ निर्वाचन केन्द्र मध्ये ६३ केन्द्रमा हालसम्म एक हजार नौ सय १६ महिला र दुई हजार ५४ पुरुषले नाम दर्ता गराएका छन् । ५३ वटा केन्द्रमा नामावली सङ्कलन र अद्यावधिको कार्य भइरहेको निर्वाचन कार्यालयका लेखापाल हरिलाल भट्टले बताउनुभयो । 

एक महिनासम्म सञ्चालन हुने नामावली सङ्कलन तथा अद्यावधिक कार्य आठवटै नगरपालिकाका एक सय दुई वडासहित चार गाविसमा जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले एकै साथ सुरु गरेको हो । नगरपालिकाको प्रत्येक वडा र गाविसमा केन्द्र निर्धारण गरी मतदाता नामावलीसम्बन्धी ऐन, २०६३ को दफा ५ बमोजिम मतदाता हुन योग्यता पुगेका व्यक्तिको फोटो सहितको नामावलीमा नाम समावेश गर्ने, नाम सार्ने, हटाउने र सङ्कलन भएको नामावलीमा भएको त्रुटि सच्याउने लगायतका कार्य भइरहेको निर्वाचन कार्यालयका लेखापाल भट्टले बताउनुभयो । 

नामावली सङ्कलन र अद्यावधिकका लागि निर्वाचन कार्यालयले सातवटा टोलीलाई परिचालन गरेको छ । पुस १० गतेदेखि परिचालित टोलीले यही माघ १२ गतेसम्म नामावली सङ्कलन र अद्यावधिको कार्य गर्नेछ । 

जिल्ला निर्वाचन कार्यालयले गत वर्षसमेत मतदाताको नामावली सङ्कलन र अद्यावधिको कार्य गरेको थियो । जसमा नयाँ दुई हजार छ सय ६६ मतदाता थपिएका थिए । सोही क्रममा तीस जना मतदाताको त्रुटि भएको नामावली सच्याइएको र ४० जना मतदाताको नामावली हटाइएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु