१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

फोटो सहितको मतदाता नामावलीमा चार हजारको नाम दर्ता

३ माघ २०७३, सोमबार ०२:४७

माघ ३, कञ्चनपुर । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले सञ्चालन गरेको फोटो सहितको मतदाता नामावली सङ्कलन र अद्यावधिकको कार्यक्रमअन्तर्गत तीन हजार नौ सय ७० जना मतदाताले नाम दर्ता गरेका छन् । 

निर्वाचन कार्यालयले निर्धारण गरेका एक सय छ निर्वाचन केन्द्र मध्ये ६३ केन्द्रमा हालसम्म एक हजार नौ सय १६ महिला र दुई हजार ५४ पुरुषले नाम दर्ता गराएका छन् । ५३ वटा केन्द्रमा नामावली सङ्कलन र अद्यावधिको कार्य भइरहेको निर्वाचन कार्यालयका लेखापाल हरिलाल भट्टले बताउनुभयो । 

एक महिनासम्म सञ्चालन हुने नामावली सङ्कलन तथा अद्यावधिक कार्य आठवटै नगरपालिकाका एक सय दुई वडासहित चार गाविसमा जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले एकै साथ सुरु गरेको हो । नगरपालिकाको प्रत्येक वडा र गाविसमा केन्द्र निर्धारण गरी मतदाता नामावलीसम्बन्धी ऐन, २०६३ को दफा ५ बमोजिम मतदाता हुन योग्यता पुगेका व्यक्तिको फोटो सहितको नामावलीमा नाम समावेश गर्ने, नाम सार्ने, हटाउने र सङ्कलन भएको नामावलीमा भएको त्रुटि सच्याउने लगायतका कार्य भइरहेको निर्वाचन कार्यालयका लेखापाल भट्टले बताउनुभयो । 

नामावली सङ्कलन र अद्यावधिकका लागि निर्वाचन कार्यालयले सातवटा टोलीलाई परिचालन गरेको छ । पुस १० गतेदेखि परिचालित टोलीले यही माघ १२ गतेसम्म नामावली सङ्कलन र अद्यावधिको कार्य गर्नेछ । 

जिल्ला निर्वाचन कार्यालयले गत वर्षसमेत मतदाताको नामावली सङ्कलन र अद्यावधिको कार्य गरेको थियो । जसमा नयाँ दुई हजार छ सय ६६ मतदाता थपिएका थिए । सोही क्रममा तीस जना मतदाताको त्रुटि भएको नामावली सच्याइएको र ४० जना मतदाताको नामावली हटाइएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह