पर्वत । शहिद हरिदत्त तिवारीको १४औं पुण्य तीथिमा पर्वत जिल्लाको शंकरपोखरी गा.वि.स.मा शनिवार एक स्मृतिसभा सम्पन्न भएको छ । कार्यक्रम शहिद हरिदत्त स्मृती प्रतिष्ठान नेपालको आयोजनामा भएको कार्यक्रममा ५ लाखको अक्षयकोषको स्थापना भएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पर्वत । शहिद हरिदत्त तिवारीको १४औं पुण्य तीथिमा पर्वत जिल्लाको शंकरपोखरी गा.वि.स.मा शनिवार एक स्मृतिसभा सम्पन्न भएको छ । कार्यक्रम शहिद हरिदत्त स्मृती प्रतिष्ठान नेपालको आयोजनामा भएको कार्यक्रममा ५ लाखको अक्षयकोषको स्थापना भएक"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

१४औं स्मृती दिववसमा ५ लाखको अक्षयकोष स्थापना

३ माघ २०७३, सोमबार ०५:००


पर्वत । शहिद हरिदत्त तिवारीको १४औं पुण्य तीथिमा पर्वत जिल्लाको शंकरपोखरी गा.वि.स.मा शनिवार एक स्मृतिसभा सम्पन्न भएको छ । कार्यक्रम शहिद हरिदत्त स्मृती प्रतिष्ठान नेपालको आयोजनामा भएको कार्यक्रममा ५ लाखको अक्षयकोषको स्थापना भएको हो । 

स्थानीय त्रिभुवन उच्च मा.वि. सहित स्थानीय अन्य दुई मा.वि. मा ५ लाख रुपैयाँको अक्षयकोष स्थापना भएको हो । सहिद पुत्र गंगाधर तिवारीले उक्त अक्षयकोषको स्थापना गरेका हुन् ।उक्त अक्षयकोषको व्याज आम्दानीवाट विद्यालयमा पढने अति विपन्न तथा जेहेन्दार बालबालिकालाई शैक्षिक सहयोग गरिने शहिदका सुपुत्र गिरिराज तिवारीले सहारान्यूजलाई जानकारी दिए । 


यसै गरी सो अवसरमा शहिद परिवारको तर्फवाट शंकरपोखरी भुमेकोट मन्दिरमा  गेट निमार्णथ ५१ हजार रुपैयाँ समेत नगद सहयोग प्रदान गरिएको छ । कार्यक्रममा वोल्दै प्रमुख अतिथि नेपाली काँग्रेस, पर्वतका सभापति खीम प्रसाद भुषालले नेपालीको चाहना वमोजिम निर्माण भएको संविधानको कार्यान्वयन र प्राप्त उपलव्धीको रक्षा गर्न हरेक तहका निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी गराउनु पर्नेमा जोड दिए ।


 यसैगरी नेपाली काँग्रेस पर्वतका सचिव विश्व प्रसाईले नेपालको राष्ट्रियता र नेपालीको स्वाभिवानका लागि इतिहासका हरेक राजनीतिक मोडमा नेपाली काँग्रेसको नेतृत्वदायी भुमिका रहेको वताउदै वर्तमान सरकार माओवादी केन्द्रको नेतृत्व भए पनि नेपालको संविधानको कार्यान्वयनको नेतृत्व काग्रेसले लिएको बताए । संविधान शंसोधनले राष्ट्रियता खतरामा पर्न लागेको भन्ने प्रतिपक्ष पाटीको आरोपको खण्डन गर्दै उनले वर्तमान संविधानलाई सवै नेपाली विच सर्वस्वीकार्य वनाउनका लागि एमाले लगायतका दलहरुले पुर्व सहमती जनाएका अन्तरवस्तुहरुलाई समावेश गरी संविधानको संशोधन प्रस्ताव अगाडी वढाइएको वताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह