2026-07-11 04:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवाहको गाडी दुर्घटना हुँदा ३ को मृत्यु, ७ जना घाइते

2017-01-16

माघ ३, धनकुटा । धनकुटाको फाक्सिव-६ मा विवाहको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

मोरङ जिल्लाको केराबारी ७ बाट फाक्सिबतर्फ गइरहेको को.१ च ८१८ नं.को ल्याण्डरोभर सिजिबुङ खयरवनी पाखोको भीरबाट करिब १ सय मीटर झर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा केराबारीका २३ वर्षीय मिलन मगर, ३० वर्षीय विक्रम मगर र २५ वर्षका अनिता राईको घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ । दुलाह दुलहीको अवस्था भने सामान्य छ ।

यसैगरी ७ घाइतेमध्ये आरती मगर, किरण मगर, शिषिर मगर र विकाश राईको गम्भीर अवस्थामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । अन्य घाइते उपचारपछि घर फर्किएका छन् । 

फाक्सिक १ का दिलिप लिम्बुको ससुराली घर जॉदै गरेको उक्त सवारी साधन सडकमा अनियन्त्रित भइ दुर्घटना भएको थियो । दुर्घटनाको कारण खुल्न नसकेकोले अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

दुर्घटनापछि फरार भएका चालक विक्रम सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट