माघ ३, काठमाण्डौं । दिवंगत पत्रकार कर्ण बोहराकी पत्नी ममतालाई धनगढीका सञ्चारकर्मी र नागरिक समाजका तर्फबाट संकलित १० लाख ३५ हजार आठ सय ७१ रुपैया हस्तान्तरण ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ ३, काठमाण्डौं । दिवंगत पत्रकार कर्ण बोहराकी पत्नी ममतालाई धनगढीका सञ्चारकर्मी र नागरिक समाजका तर्फबाट संकलित १० लाख ३५ हजार आठ सय ७१ रुपैया हस्तान्तरण ग"/>

2026-09-19 02:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिवंगत पत्रकार बोहराकी पत्नी ममतालाई १० लाख ३५ हजार सहयोग


माघ ३, काठमाण्डौं । दिवंगत पत्रकार कर्ण बोहराकी पत्नी ममतालाई धनगढीका सञ्चारकर्मी र नागरिक समाजका तर्फबाट संकलित १० लाख ३५ हजार आठ सय ७१ रुपैया हस्तान्तरण गरिएको छ ।

ममता बचाउ अभियानका सदस्य तथा सामुदायिक रेडियो प्रशारक संघ( अको¥याव)का ७ प्रदेश अध्यक्ष दीर्घराज उपाध्यायले आज १० लाख ३५ हजार आठ सय रुपैयाको चेक दिवंगत पत्रकार बोहराकी पत्नी ममतालाई भक्तपुरस्थित डेरामा हस्तान्तरण गर्नुभएको हो । दिवंगत पत्रकार बोहराकी पत्नी ममताको उपचारका लागि धनगढीमा जनस्तरबाट संकलित यो अहिलेसम्मकै ठूलो धनराशी हो । यसअघि सोही अभियान अन्तर्गत नेपालगञ्जबाट संकलित ५८ हजार एक सय २० रुपैया दुई साता अघि हस्तान्तरण गरिएको थियो । 

ममता बचाउ अभियानका सदस्य उपाध्यायले सामाजिक सञ्जाल, पत्रिका र रेडियो मार्फत दिवंगत पत्रकार बोहराकी पत्नी ममताको उपचारका लागि सहयोग गर्न आह्वान गरेपछि धनगढीमा स्वस्र्फुत रुपमा बिभिन्न संस्था र व्यक्तिहरुले सहयोग गरेको बताउनुभयो ।

उहाँले ममता बचाउ अभियानमा सहयोग गर्ने सबै मनकारी व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

सहयोग रकम हस्तान्तरण गर्दा भक्तपुरस्थित दिवंगत पत्रकार बोहराकी पत्नी ममताको डेरामा उहाँका भाई, भतिजा, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । 

करीव एक महिना अघि ममता बचाउ अभियान शुरु गर्दा केही सञ्चारकर्मी र नागरिक समाजका सदस्यहरु मात्र यसमा सहभागी थिए । तर विस्तारै समाजका सबै तह र तप्काका व्यक्तिहरु यो अभियानका हिस्सा बनेका थिए । हरेक क्षेत्र र पेशाका व्यक्तिहरुले यो अभियानमा सहभागिता जनाउदै आफ्नो क्षमता अनुसार आर्थिक सहयोग गरेका थिए । 

ममता बचाउ अभियानमा हरेक तह तप्काका व्यक्तिहरुले आआफ्नो क्षमता अनुसार सहयोग प्रदान गरेको उपाध्यायले बताउनुभयो ।  कतिपयले फेसबुक मार्फत त कतिपयले पत्रपत्रिका मार्फत दिवगंत पत्रकार बोहराकी पत्नीको अवस्था र उहाँलाई बचाउन थालिएको ममता बचाउ अभियानका बारेमा जानकारी पाएपछि स्वस्र्फुत रुपमा सहयोग गरेका थिए ।

यसरी सहयोग गर्नेमा पत्रकार, शिक्षक, विद्यालय सञ्चालक, पेशाकर्मी, व्यवसायी र सर्वसाधारण रहेका छन् । मनकारी व्यक्तिहरुले सय रुपैया देखि ७० हजार रुपैयासम्म सहयोग गरेका छन् । कसैले आफ्नो जन्मदिनको अवसरमा त कसैले बिबाहको बर्षगाँठको अवसरमा दिवगंत पत्रकार बोहराकी पत्नी ममताको उपचारका लागि आफ्नो क्षमता अनुसार सहयोग गरेका थिए । कतिपयले आफ्नो परिवारको दिवगंत सदस्यको सम्झनामा ममता बचाउ अभियानमा सहयोग गरेका थिए । 

ममता बचाउ अभियान दिवंगत पत्रकार कर्ण बोहराकी पत्नी ममता बोहराको उपचारका लागि सहयोग जुटाउन थालिएको अभियान हो । दुबै मृगौला खराव भएकी पत्नी ममताको उपचारका क्रममा काठमाण्डौंमा रहेकै बेला करीव दुई महिना अघि नेपाल पत्रकार महासंघ कञ्चनपुरका पुर्व अध्यक्ष तथा न्यूज २४ टेलिभिजनका पूर्व सुदूरपश्चिम व्युरो प्रमुख कर्ण बोहराको मृत्यु भएको थियो । बोहराको मृत्युपछि बिचल्लीमा परेकी बोहरा पत्नी ममताको उपचारका लागि ममता बचाउ अभियान शुरु गरिएको हो । 

दिवगंत पत्रकार बोहराकी पत्नी ममताको उपचारका लागि नेपाल पत्रकार महासंघ कैलालीका पूर्व अध्यक्ष तथा सामुदायिक रेडियो प्रशारक संघका प्रदेश नम्बर ७ का अध्यक्ष दीर्घराज उपाध्याय नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष डीआर पन्त, उमीद बागचन्द, केन्द्रीय सदस्य दिल बहादुर छत्याल, न्यूज २४ टेलिभिजनका सुदूरपश्चिमका व्युरो प्रमुख दीपक उपाध्याय, सुदूर सन्देश दैनिकका प्रकाशक सम्पादक हेमन्त पौडेल, दिनेश एफएमका समाचार प्रमुख शिवराज शिवराज भट्ट, नेपाल पत्रकार महासंघ डोटीका पूर्व अध्यक्ष टेकेन्द्र देउवा, गोदावरी एफएमका प्रबन्ध निर्देशक गोविन्द रोस्यारा, एसटीएस टेलिभिजनका बिराज रोस्यारा, साहित्यकार पदमराज जोशी प्रभात लगायतका सञ्चारकर्मीको अगुवाईमा ममता बचाऊ अभियान शुरु भएको हो ।

उक्त अभियानमा नागरिक समाजका तर्फबाट कृषि विकास बैंक क्षेत्रीय तालिम धनगढीका पूर्व प्रमुख जनकराज पाण्डेयले अगुवाई गर्नुभएको थियो ।  यसअघि पत्रकार बोहरा  जिवित छदा एक लाख ३९ हजार रुपैया सहयोग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई