माघ ४, सुर्खेत । सुर्खेत वीरेन्द्रनगर चिसापानीको एकान्त जंगल नजिकै रहेको राम जानकी सामुदायीक उपभोक्ता समुहको काठलाई कुरेर बसेका शुक्रराज लिम्बुलाई मानिसहरु बाटोम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ४, सुर्खेत । सुर्खेत वीरेन्द्रनगर चिसापानीको एकान्त जंगल नजिकै रहेको राम जानकी सामुदायीक उपभोक्ता समुहको काठलाई कुरेर बसेका शुक्रराज लिम्बुलाई मानिसहरु बाटोम"/>
2026-10-15 06:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नो घर बनाएर बस्ने सपना कलिलै उमेरमा चकनाचुर भएपछी…

माघ ४, सुर्खेत । सुर्खेत वीरेन्द्रनगर चिसापानीको एकान्त जंगल नजिकै रहेको राम जानकी सामुदायीक उपभोक्ता समुहको काठलाई कुरेर बसेका शुक्रराज लिम्बुलाई मानिसहरु बाटोमा हिडेको देख्दा आफू पनि त्यसरी हिड्न मन लाग्छ । 

हिडेर मन लागेको ठाउँ पुग्ने मनको रहर लिम्बुको मनैमा छ । आफ्नो घर बनाएर बस्ने सपना पनि कलिलै उमेरमा चकनाचुर भएको छ । लिम्बुको उमेर ३८ वर्ष मात्रै भयो । उनको ५ जना परिवार छ । 

आमा र भाई बुहारी छन् । ‘पेटभरी खान पाइदैन । बजारमा माग्न जाँदा आमाले घरबाट निस्की हाल भिकारी भन्नु हुन्छ’ लिम्बुले अनलाइन डबलीसँगको कुराकानीको सुरुमै भने । ‘भाई बुहारीले कमाई गरेका छन् । म किन जन्मेको रहिछु, पापी भगवानबाट ठगिएको भाग्य जस्तो लाग्छ’ लिम्बुले भने । उनले आफ्नी आमा बिरामी भएकाले आफू भोकै जीवन बिताउन बाध्य भएको बताए ।

कसैले दया मानेर खाने कुरा दिने गरेका छन् । कसैले हकारेर पठाउने गरेको शुक्रराजको भनाई रहेको भन्दै लिम्बुले भने, ‘म यस्तो नभएको बाहिर विदेश गएरै भएपनि कमाई गरेरै भएपनि आमालाई पाल्ने मेरो सपना थियो, पूरा भएन ।’

लिम्बु जन्मजात अपाङ्ग हुन् । भाई बुहारीहरुले खाना पनि राम्रो मनले नदिने र उल्टै पिट्न खोज्ने गरेको उनले सुनाए । ‘के गरौं, म यस्तो नभएको भए पैसा कमाएर भाईबुहारी आमालाई सहयोग गर्ने थिए’ आँशु झार्दै उनले भने । आमाले भिकारी भन्दै गाली गर्ने गरेको दुःखेसो पोखे ।उनको लागि घरबाट निस्केर जाने ठाउँ कतै छैन ।

लिम्बुले राम जानकी सामुदायीक उपभोक्ता समुहको काठ हेरचाह गरिरहेका छन् । कहिले कही महिनाको ५ सय रुपैयाँदेखि १५ सय रुपैयाँसम्म पाउछन् । त्यही पैसा पनि भाई बुहारीले खोसेर लिने गरेको उनले बताए ।

आँखाबाट आसु झार्दै लिम्बुले भने, ‘बाहिर घुम्न जाने र कमाउने रहर सपना भो, म किन जन्मे हुँला ।’ उनले धेरै दिन भोकै बसेको र थोरै दिनमात्र पेटभरी खाएको अनुभूति सुनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने