२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षाका लागि अक्षयकोष संकलन

२०७३, ५ माघ बुधबार १०:१८

अमृत बास्तोला/माघ ५, तेह्रथुम । तेह्रथुमको पूर्व ईवा गाविस स्थित रन्दल आधारभूत विद्यालयले अंग्रेजी माध्म र कम्प्यूटर शिक्षा संचालनका लागि अक्षयकोष कोष संकलन अभियान तिब्र बनाएको छ । 

विद्यालयमा अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षा संचालनमा आएपछि विद्यार्थीहरुको आर्कषण बढे संगै यसलाई थप व्यावस्थापन गर्न विद्यालयले अक्षयकोष संकलन सुरुगरेको हो । 

विद्यालयले संचलान गरेको अभियानबाट हालसम्म २८ लाख भन्दा बढी रकम संकलन भएको छ । संकलित रकम मध्ये आधाभन्दा बढी रकम दाताहरुबाट असुलीहुन बाकी रहेको बाताइएको छ । 

वर्तमानको समय कम्प्यूटरको युग भएकाले विज्ञान र प्रविधिमा विद्यार्थीहरुको आधारभूत सैद्धान्तिक र व्यावहारीक ज्ञान हुनु जरुरी भएकाले विद्यालयमा कम्प्यूटर शिक्षा संचालन गरिएको छ । शैक्षिक सत्र २०७० साल देखि नै विद्यालयले  २८ सय वाटको सोलार प्रविधि जडान गरि विद्यालयमा आधाभूत कम्प्यूटर शिक्षा संचलान गरिएको प्रधानाध्यापक जयप्रकाश ईङनामले बताउनु भयो । 

आजको युग उच्च प्रतिशप्रर्धाको युग भएकाले विद्यार्थीहरु जुनसुकै ठाउँमा प्रतिशप्रर्धामा योग्य बनाउने अभिप्राय र अंग्रेजी भाषाको विश्वव्यापीकरणका साथै अभिभावकहरुको अंग्रेजी माध्यम प्रति आकर्षण र अभिरुचीलाई मध्यनजर गरेर शैक्षिक सत्र २०७१ देखि अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको प्रधानाध्यापक ईङनामले बताउनु भएको छ । 

विद्यालयले कक्षा नर्सरी देखि कक्षा आठ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने उद्देश्य राखी हाल कक्षा तीन सम्म अंग्रेजी माध्यमबाट पठन पाठन संचालन गरिरहेको छ । सरकारको शिक्षा निति स्पष्ट नभएको र विद्यालयको आन्तरिक स्रोत समेत कमजोर भएकाले दक्ष शिक्षकको व्यावस्थापनका लागि आर्थिक चुनौती रहेकाले, विद्यालयको असन्न २५ औं वार्षिक उत्सव तथा रजत जयन्तीको अवसर बनाई अक्षयकोष अभियान संचालन गरिएको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष खड्गप्रसाद ईङनामले जानकारी दिनु भयो । 

विद्यालयले संचालन गरेको अक्षयकोष अभियानमा विद्यालयका संस्थापक, शिक्षक, कर्मचारी, स्थानीय अभिभावक, समाजसेवी, चन्दादाता तथा प्रवासी नेपालीहरु समेतले विद्यालयमा अक्षयकोष स्थापना गरिदिएका छन् । अक्षयकोष स्थापनार्थ दाताहरुको सहयोगका लागि शिक्षक, अभिभावक र शिक्षाप्रेमिहरुले विभिन्न जिल्लाहरुका साथै विदेशमा समेत अक्षयकोष अभियानलाई तिव्रता दिइएका छन् । 

स्थापना भएको अक्षयकोषको ब्याजबाट अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षा व्यावस्थापन गरिने विद्यालय स्रोतले बताएको छ । विद्यालयले आफ्नो २५ औं वार्षिक उत्सव तथा रजत जयन्तीको यहि माघ २५ गते देखि २९ गते सम्म भव्यातका साथ मनाउने तयारी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा