दिनेश ठकुल्ला/माघ ६, धनगढी । नेपाल प्रहरीको असई बनाइ दिने प्रलोभन दखाई साढे ७ लाख रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले कैलालीको जोशीपुरबाट एक जनालाई पक्राउ गरेको छ । इल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिनेश ठकुल्ला/माघ ६, धनगढी । नेपाल प्रहरीको असई बनाइ दिने प्रलोभन दखाई साढे ७ लाख रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले कैलालीको जोशीपुरबाट एक जनालाई पक्राउ गरेको छ । इल"/>
2026-07-11 06:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरी असइ बनाउने भन्दै लाखौं ठगी गर्ने कैलालीमा पक्राउ

2017-01-19

दिनेश ठकुल्ला/माघ ६, धनगढी । नेपाल प्रहरीको असई बनाइ दिने प्रलोभन दखाई साढे ७ लाख रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले कैलालीको जोशीपुरबाट एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरका निमित्त प्रमुख एवं इन्स्पेक्टर प्रकाशजङ्ग शाहका अनुसार जोशीपुर गाविस वडा नं.–७ जोशीपुरका ३४ वर्षीय भोजराज डगौरालाई ठगीको आरोपमा पक्राउ गरी आज कैलाली जिल्ला अदालतमा ठगी मुद्दा दर्ता गरिएको छ । 

भोजराजले नेपाल प्रहरीको असइ बनाइ दिने भन्दै कैलालीको टीकापुर नगरपालिका वडा नं.–९ का २४ वर्षीय ठाकुरप्रसाद चौधरी र प्रतापपुर गाविस वडा नं.–५ का २६ वर्षीय दिनेश चौधरीबाट पटक पटक गरी साढे ७ लाख रूपैया ठगी गरेको प्रहरीले जनाइएको छ । 

प्रहरीका अनुसार ठाकुरप्रसाद र दिनेशबाट भोजराजसहित ठेगाना नखुलेका रूद्र राणाले उक्त रकम असुलेका हुन् । ठगीको आरोप लागेका डगौरा र राणाले चौधरीहरूबाट पटक पटक नगद र आइएमइबाट साढे ७ लाख रूपैयाँ लिएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय टीकापुरका सई निरक रावलका अनुसार डगौरालाई हिरासतमा राखी अनुसन्धान गर्न अदालतले आज ७ दिनको म्याद थप गरेको छ । यस्तै कैलालीको दोदोधरामा सालको चार गोलिया काठ सहित एक व्यक्तिलाई पक्राउ गरिएको छ । 

इलाका प्रहरी कार्यालय बौनियाँबाट गस्तीका लागि खटेको प्रहरी टोलीले लु २ त ९९ नम्बरको ट्रयाक्टरमा काठ लुकाएर लगिरहेको अवस्थामा कोटातुल्सीपुरका ट्रयाक्टर चालक अभिषेक साउँदलाई पक्राउ गरेको हो । 

पक्राउ परेका व्यक्ति, काठ तथा ट्रयाक्टरलाई आवश्यक कारबाहीको लागि इलाका वन कार्यालय बौनियाँमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । यसैबीच, आजै धनगढी उपमहानगरपालिकाको वडा नम्बर २ पुरानो भन्सारबाट भन्सार छलि भित्र्याइएको ५० किलो माछा बरामद गरिएको छ । 

भारतबाट अवैध रुपमा भित्र्याइएको छिद्रा माछा प्रहरी चौकी त्रिनगरबाट गस्तीमा खटेको प्रहरी टोलीले बरामद गरेको थियो । बरामद माछा माछामासु व्यवसायी संघ कैलालीका अध्यक्ष जितेन्द्र यादव, पशु क्वारेण्टाइन, स्थानीय व्यक्ति लगायतको रोहबरमा नष्ट गरिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट