2026-07-11 06:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्र्याक्टर दुर्घटनामा बालिकाको मृत्यु, दुई गम्भीर घाइते

2017-01-21

माघ ८, खोटाङ । ट्र्याक्टर दुर्घटना हुँदा खोटाङमा एक बालिकाको घटनास्थलमै ज्यान गएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । 

दिक्तेल नगरपालिका–११ स्थित मेघेचौतारामा गएराति ना ४ च ५३६७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोही स्थानकी आठ वर्षीया बालिका आशा तामाङको घटनास्थलमै मृत्यु भएको हो । 

दुर्घटनामा सोही स्थानका अढाई वर्षीय आशिष तामाङ र सहचालक च्यास्मिटार–४ का २५ वर्षीय दिनेश राई गम्भीर घाइते भएका छन् । घाइते दुवैजनाको जिल्ला अस्पताल खोटाङमा उपचार हुन नसकेपछि हवाईजहाजमार्फत खानीडाँडा विमानस्थलबाट बाहिर लैजाने तयारी गरिएको पारिवारिक स्रोतले जनाएको छ । 

घटनास्थलमै मृत्यु भएकी बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङमा राखिएको छ । दुर्घटनापछि ट्र्याक्टर चालक दिक्तेल नगरपालिका–१० का १९ वर्षीय रञ्जन राई फरार रहेका प्रहरीले जनाएको छ । 

दिक्तेल नगरपालिका–१ स्थित हाटडाँडाबाट ढुङ्गा लिएर लफ्याङ गएको ट्र्याक्टर ढुङ्गा झारी सकेपछि फर्कने क्रममा दुर्घटना भएको स्थानीयवासीले बताएका छन् । साँघुरो बाटो रहेको सो ठाउँमा ट्र्याक्टर मोड्दा ठाउँ अभावमा दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताउनुभयो । 

ट्र्याक्टर सडकबाट करिब दश फिट तल खसेर क्षतिग्रस्त अवस्थामा रहेको स्थानीयले बताएका छन् । सामान लोड गरिने डाला सडकमै रहेको ट्र्याक्टरले मृतकलगायत तीनै जनालाई किचिरहेको अवस्थामा स्थानीय र प्रहरीले उद्धार गरेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट