अजयकुमार साह/माघ ७, उदयपुर । सिराहा प्रहरी टोलीले विहिबार सिरहा नगरपालिका वडा नं. १२ बाट एक थान मेड ईन ईटाली लेखिएको एक थान पेस्तोल र केही मात्रामा लागू औषध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अजयकुमार साह/माघ ७, उदयपुर । सिराहा प्रहरी टोलीले विहिबार सिरहा नगरपालिका वडा नं. १२ बाट एक थान मेड ईन ईटाली लेखिएको एक थान पेस्तोल र केही मात्रामा लागू औषध"/>

2026-07-11 07:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ईटालियन पेस्तोल र लागू औषध नाईट्रोसनसहित कापर पक्राउ

2017-01-21


अजयकुमार साह/माघ ७, उदयपुर । सिराहा प्रहरी टोलीले विहिबार सिरहा नगरपालिका वडा नं. १२ बाट एक थान मेड ईन ईटाली लेखिएको एक थान पेस्तोल र केही मात्रामा लागू औषध नाईट्रोसन सहित एक युवालाई पक्राउ गरेको छ ।

सिरहा रामपुर विर्ता गा.वि.स.वडा नं. ३ साविक घर भई हाल सिराहा मिर्चैया नगरपालिका वडा नं.१ बस्ने वर्ष ३१ को श्याम किशोर कापरलाई प्रहरी टोलीले पक्राउ गरेको हो । विहिबार सिरहा नगरपालिका वडा नं. १२ सारस्वर बस्ने रामबृक्ष कामतीको घर अगाडि बाटोमा घरायसी बादबिवाद भई रहेको अबस्थामा सोही ठाउँ बस्ने ५० बर्षिय पलट यादव आई बादविवाद नगर्नुस भनी सम्झाई बुझाई गर्दा रामबृक्ष कामतीको घरमा पाउँना आएका छोरी ज्वाई पर्ने श्याम किशोर कापरले आफुले बोकी ल्याएको हतियार निकाली गोली फायर गरी पुनः आफ्नो ससुराली घर गई उक्त पिस्तोल र लागू औषध नाईट्रोसन समेत लुकाई छिपाई राखी आफु समेत लुकी छिपि बसिरहेको अबस्थामा खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

रामबृक्ष कापरको घर खानतलासी गर्दा लुकाई छिपाई राखेको म्याग्जिन नभएको मोजलको भागमा गोलीको बुलेट अड्किएको मेड ईन इटाली लेखिएको पिस्तोल थान एक थान र लागू औषध नाईट्रोसन एक सय वटा ट्याब्लेट सहित कापरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका कापर यस भन्दा अगाडी समेत कर्तव्य ज्यान, हातहतियार खरखजना जस्ता जघन्य प्रकृतिका मुद्दाहरुमा समेत  पक्राउ परी कारागार कार्यालय सिराहाबाट रिहा भएको अनुसन्धानको क्रममा बुझिन आएको प्रहरीले बताएको छ ।

प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ साथै कापरलाई हातहतियार खरखजना मुद्दामा जिल्ला प्रशासन कार्यालय सिरहाबाट दश दिनको म्याद थप गरी कानुनी कार्वाही अगाडि बढाईएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट