अमृत बास्तोला/माघ ८, तेह्रथुम । तेह्रथुमको आठराई संक्रान्तिबजारमा भएको भिषण आग्लागीका अग्निपिडित परिवारलाई शनिवार पाँचथर उद्योग वाणिज्य संघ तथा लाईन्स क्लब "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अमृत बास्तोला/माघ ८, तेह्रथुम । तेह्रथुमको आठराई संक्रान्तिबजारमा भएको भिषण आग्लागीका अग्निपिडित परिवारलाई शनिवार पाँचथर उद्योग वाणिज्य संघ तथा लाईन्स क्लब "/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

अग्निपिडितलाई पाथिभरा मिडिया ग्रुप सहित रवीको सहयोग

२०७३, ८ माघ शनिबार ११:४५


अमृत बास्तोला/माघ ८, तेह्रथुम । तेह्रथुमको आठराई संक्रान्तिबजारमा भएको भिषण आग्लागीका अग्निपिडित परिवारलाई शनिवार पाँचथर उद्योग वाणिज्य संघ तथा लाईन्स क्लब अफ पाँचथरका अध्यक्ष मित्रप्रसाद काफ्ले मार्फत सहयोग रकम उपलब्ध भएको छ । 

संक्रान्तिबजार आईपुग्नु भएका अध्यक्ष काफ्ले सहितको टोलीले आगलागी क्षेत्रको अवलोकन पश्चात ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारमा औपचारीक कार्यक्रमको आयोजना गरी १ लाख ७० हजार रुपौया उद्योग वाणिज्य संघ संक्रान्तिबजारका अध्यक्ष तथा संक्रान्तिबजार अग्निपिडि राहत वितरण समितिका सदस्य प्रेम पैडेललाई हस्तान्तरण गर्नु भएको छ ।

सहयोग रकम पाथिभरा मिडिया ग्रुप प्रवासको अभियनमा संकलित १ लाख ५० हजार रुपौया र पाँचथर उद्योग वाणिज्य संघ रवि शाखाको अभियानबाट संकलित २० हजार रुपौया समितिलाई हस्तान्तरण गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष काफ्लेले नेपालको बेरोजगारी समस्याबाट अम्किएर प्रवासमा विभिन्न दुःखका साथ कार्यरत प्रवासी नेपालीहरुबाट भएको सहयोगको प्रशंसा गर्दै, यसले पिडितको दुःखमा मलमपट्टी गर्नमा सहयोग पु¥याउने उल्लेख गर्नु भयो । महाकालीमा चेट पर्दा मेचीलाई दुख्नु पर्ने भन्दै अध्यक्ष काफ्लेले संक्रान्तिबजारमा भएको आगलागी पिडितलाई सबैले आफ्नो आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गर्नु भएको छ ।

कार्यक्रममा जनसेवा पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारीले अग्निपिडित परिवारलाई उपलब्ध भएको राहत रकमले विस्थापित भएकाहरुलाई संक्रान्तिबजारमै स्थापित गर्न टेवा पुग्ने उल्लेख गर्दै आएको सहयोग पारर्दशी तवरबाट क्षतिको आधारमा वितरण गरिनु पर्ने बताउनु भयो । 

पाथिभरा मिडिया ग्रुपबाट संकलित रकम तेह्रथुम, आठराई क्षेत्र सहित विभिन्न जिल्लाहरुबाट वैदेशिक रोजगारीमा गएका ५३ जान समाजसेवी युवाहरुबाट सहयोग उपलब्ध भएको मिडिया ग्रुपका प्रवासी देव बास्कोटाले जानकारी दिनु भयो । 

मिडिया ग्रुपले संचालन गरेको अभियानमा पाँचथर घर भई हाल कतारमा रहेका सरोज चौलागाई, तेह्रथुम ईसिबु घर भई हाल मलेसिया रहेका तोया रेशन ढकाल, तेह्रथुम थोक्लुङ घर भई हाल मलेसिया रहेका प्रदिप चम्लागाई, तेह्रथुम जलजले घर भई हाल मलेसिया रहेका प्रदेशी सन्दिप पराजुली र पाँचथर एक्तिन घर भई हाल मलेसिया रहेका आदित्य खड्का लागायतले साथ दिनु भएको बताइएको छ । 

पुस १ गते भएको भिषण आग्लागिबाट संक्रान्तिबजारका ३२ घर सहित ७३ परिवार विस्थापित भएका थिए । आगलागीबाट १४ करोड ८ लाख रुपैया बराबरको क्षति भएको छ । अग्निपिडित परिवारलाई विभिन्न सरकारी तथा गौर सरकारी संघ संस्था र प्रवासी नेपालीहरुबाट राहत स्वारुप जिन्सी तथा नगद आउने क्रम जारी छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने