१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलामका एक समाजसेवीद्वारा क्याम्पसलाई १० लाख बराबरको जग्गा दान

९ माघ २०७३, आईतवार ०५:४१

माघ ९, इलाम । इलाम एकतप्पा–३ का एक समाजसेवीले आफ्ना स्वर्गीय मातापिताको स्मृतिमा क्याम्पसका लागि १९ रोपनीभन्दा बढी जग्गा दान दिनुभएको छ । 

एकतप्पा–३ का पुष्पनारायण श्रेष्ठले आफ्ना स्वर्गीय बुबा चन्द्रबहादुर र आमा लीलामायाको स्मृतिमा एकतप्पा बहुमुखी क्याम्पसका लागि रु १० लाख मूल्य पर्ने जग्गा दान दिनुभएको हो । 

जग्गाबाट प्राप्त आम्दानीले बहुमुखी क्याम्पस सञ्चालनका लागि ठूलो टेवा पुग्ने क्याम्पस प्रमुख तीर्थराज मिश्रले बताउनुभयो । 

सुखानीमा सहिद स्तम्भको शिलान्यास 

इलामको दानाबारी–३ सुखानीमा सहिद स्तम्भ निर्माण हुने भएको छ । 

झापा आन्दोलनका क्रममा २०२९ फागुन २९ गते मारिएका नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी, रामनाथ दाहाल र नारायण श्रेष्ठलाई एकवर्षअघि सरकारले सहिद घोषणा गरेको थियो । सोही स्थानमा स्तम्भ निर्माण हुने भएको हो । 

सुखानी सहिद स्मृति प्रतिष्ठानमार्फत निर्माण हुन लागेको ४० फिट अग्लो सहिद स्तम्भमा सहिद गेट, गार्ड रूपलगायतका संरचना निर्माण हुने प्रतिष्ठानका सदस्य ध्रुव श्रेष्ठले जानकारी दिनुभयो । 

सहिद स्तम्भ निर्माणका लागि झापा जिविसमार्फत रु ५९ लाख ९१ हजार प्राप्त भइसकेको र पर्यटन कार्यालय काँकडभिट्टाबाट रु १३ लाख बजेट छुट्टिएको बताइएको छ । 

स्तम्भ निर्माणका लागि स्थानीयवासीले लागतको २० प्रतिशत श्रम गर्नुपर्ने जनाइएको छ । स्तम्भको नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार शिलान्यास गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह