१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

पानी अभावले निजी आवास पुनःनिर्माणमा सकस

९ माघ २०७३, आईतवार ०९:५९

प्रशन्न पोखरेल, माघ ९, गोरखा । बुङ्कोट–४ की हिमकुमारी खनालले घर बनाउन काठ, ढुङ्गा, गिट्टी, बालुवा, इँट्टा, छड र काम गर्ने कामदारसहित ठेकेदार खोजिसक्दा पनि खुरुखुरु घर बनाउन पाउनुभएको छैन । 

“घर बनाउने सबै सरसामान जुटाएँ । पानीको अभावले खै र घर बनाउन पाएको रु”, घर बनाउन किन ढिलाइ गर्नुभएको भन्ने प्रश्नमा खनालको भनाइ छ, “घर नबनाऊँ भने टहरोमा कतिन्जेल बसूँ रु बनाऊँ भने पानी छैन, कसरी बनाउने रु”, निजी आवास निर्माणलाई सरकारले दिएको रु ५० हजार पहिलो किस्ता बुझिसकेको भए पनि पानीको अभावले घर बनाउने आँट नआएको उहाँको भनाइ छ । 

पानी अभाव भए पनि घर बनाउन कम्मर कसेर लाग्नुभएका बुंकोट–४ का गुणकान्त खनाल आधाआधी घर निर्माण नहुँदै आजित भइसक्नुभएको छ । ट्याङ्करमा बोकेको पानीले घर बनाउन नसकिने जनाउँदै उहाँले भन्नुभयो, “एक तला घर बनाउँदा चार ट्यांकर पानी सकियो ।” एक ट्यांकर पानी ल्याउँदा रु चार हजार पाँच सय बुझाउनुपर्ने खनालको भनाइ छ । एउटा घर निर्माण गर्दा कम्तीमा रु एक लाखको पानी खरिद गर्नुपर्ने भएपछि बुंकोटवासी समस्यामा छन् । 

वरपर खोलानाला नभएको सुख्खा डाँडामा बुंकोटका बस्ती छरिएर रहेका छन् । अधिकांश भूकम्पपीडित लाभग्राहीले पानीकै समस्याले गर्दा घर निर्माण सुरु नगरिएको जिकिर गर्छन् । बुंकोट–३ का मधुकर वन्तले पानीको समस्या हल नहुँदासम्म टहरामै दुःखजेलो गरी बस्ने अठोट लिनुभएको छ । “खानेपानी लिन पनि भिडभाड हुने धाराबाट पानी बोकेर घर कसरी घर बनाउने रु”, उहाँले भन्नुभयो, “जति हिउँद छिप्पिँदै गयो उति पानीको अभाव खड्किँदै जान्छ, घर थाले पनि पूरा गर्न सकिँदैन ।” 

छिटो घर बनाएर बस्ने धोको भए पनि पानी कुर्दा केही महिना अझै टहरामै बस्नुपर्ने अवस्था देखिएको वन्तको भनाइ छ । बुंकोटका खाब्दी, पोखरीडाँडा, जोगीडाँडा र मैलुङ क्षेत्रमा भूकम्पले घर ध्वस्त बनाएको थियो । यी भेगमा पानी समस्या पहिलदेखिकै हो । 

पानीको अभावले गर्दा भनेका बेला भूकम्प प्रभावितले घर बनाउने काम गर्न पाएका छैनन् । भूकम्पको केन्द्र बारपाक, लाप्राक, गुम्दा, लापु, उहिया, बुंकोट, बोर्लाङ, नाम्जुङ, फुजेल, ताक्लुङलगायत क्षेत्रमा पानीको अभाव चुलिँदो छ । पानीको अभाव टार्न भन्दै केयर नेपालले करिब रु तीन करोड ५० लाख लगानी गरी बारपाकमा खानेपानी योजना अघि बढाएको छ । 

नेपाल स्वास्थ्यका लागि पानी नेवामार्फत बर्खाको पानी घँैटोमा सङ्कलन गर्ने योजना पनि गाउँ गाउँमा विस्तार गरिएको छ । जिल्लाका ५८ हजार पाँच सय तीन भूकम्पपीडित लाभग्राहीमध्ये ५४ हजार जनाले रु ५० हजारका दरले निजी आवास निर्माण गर्न बैंकमार्फत अनुदान रकम बुझिसकेका छन् । 

अनुदान पाएका सबै भूकम्पपीडितले पानी, काठ, कामदार अभावले गर्दा घर बनाउन पाएका छैनन् । जिल्लाभर करिब तीन हजार घर निर्माणाधीन रहेको र सोह्र सय जनाले दोस्रो किस्ता जिकिर गरेको जिल्लास्थित भवन डिभिजन कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह