२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

‘रेडियो मेन्छ्यायेम’ दशौं वर्षमा, दिगोपनाकालागि अक्षयकोष

२०७३, १३ माघ बिहीबार ०३:०४

प्रकाश धौलाकोटी/माघ १३, तेह्रथुम । तेह्रथुमको पहिलो सामुदायिक रेडियो, रेडियो मेन्छ्यायेम १०३.४ मेघाहर्ज स्थापनाको दशौं वर्ष प्रवेश गरेको छ । सो अवसरमा रेडियोले आफ्नो नवौं वार्षिक उत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । 

उत्सवको अवसरमा रेडियोको दिगोपनाकालागि अक्षयकोष स्थापना गरिने भएको छ । सो कोषमा स्थापनाकालदेखि हालसम्मको अवधिमा रेडियोमा काम गरी हाल अन्य संघसंस्था, कार्यालय वा विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरुबाट सहयोग प्राप्त हुने भएको छ । 

रेडियोले वार्षिक उत्सवको अवसरमा पुर्व रेडियोकर्मीहरुसँग गरेको अन्तत्र्रिmयामा सहभागीले रेडियोको दिगोपनाकालागि अक्षयकोष स्थापना गर्ने निचोड निकालेको स्टेशन मेनेजर प्रेमचन्द्र निङ्लेकुले बताए । कार्यक्रममा सञ्चालक समितिका पदाधिकारी, पुर्वरेडियोकर्मी लगायत सहभागी थिए । ‘वि.स. २०६३ सालमा स्थापित रेडियोले एक दशकको यात्रा पुरा गर्दै गर्दा करिब एक सय बढी फरक फरक व्यक्तिहरु पाएको छ, मेनेजर निङलेकुले भने, ‘अहिलेसम्म रेडियोमा छोटो–लामो समय काम गरेर अन्य क्षेत्रमा गएकाहरु करिब एक जना हुनुहुन्छ ।’ 

रेडियोमा काम गरेर उल्लेख्य आम्दानी गर्न नसक्ने भएपनि क्षमता विकासकोलागि रेडियोले पुलको काम गरेको उनले दाबी गरे । पुर्व रेडियोकर्मीहरुमध्ये हाल केही देउराली सोसाइटी, दलित सचेतना समाज नेपाल लगायत गैरसरकारी संस्थामा कार्यरत छन् भने केही कोरिया, जापान लगायत देशमा रोजगारीकालागि गएका छन् ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने