२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुमका विद्यालयहरुलाई सरसफाई युक्त विद्यालय घोषणा गरिदै

२०७३, १४ माघ शुक्रबार ०५:४७

अमृत बास्तोला/माघ १४, तेहथुम । जिल्लाको फेदाप क्षेत्रका विद्यालयहरुलाई धमाधम सरसफाई युक्त विद्यालय घोषणा गर्न थालिएको छ । फेदाप गाविसका विभिन्न वडामा रहेका विद्यालयहरुलाई औपचारिक कार्यक्रमको अयोजना गरि सरसफाई युक्त विद्यालय घोषणा गर्न थालिएको हो । 

अभियान अन्तर्गत फेदाप क्षेत्रको सिम्ले र जलजले गाविस विद्यालयहरुलाई पुर्ण सरसफाई युक्त विद्यालय घोषणा गर्न थालिए पछि आधादर्जन बढी विद्यालयहरु सरसफाई युक्त विद्यालय घोषणा भएका छन् । पुर्ण सरसफाईमा प्रतिबद्धता हामी सबैको एक्यबद्धता,सरसफाई युक्त हाम्रो घर अब छैन कसैलाई रोगको डर भन्ने नाराका साथ आज सिम्ले गाबिसको सिंहबाहिनी आधारभुत विद्यालयलाई सरसफाई युक्त विद्यालय घोषणा गरिएको छ ।

विद्यालयमा शौचालय, फोहोर फाल्ने डस्पीन सहितका सुबिधा भए पछि सरसफाई युक्त विद्यालय घोषणा गरिएको विद्यालयका प्रधानध्यापक  नारायण प्रशाद भट्टराइले  जनाकारी दिनु भयो।कार्यक्रममा देउराली सोसाइटीका सोमनाथ ढकाल समाजिक परिचालक गंगा लिम्बु र फण्डकोर्डका वास अफिसर ईन्द्रकला तुम्बाहाफेको आथित्यतामा सम्पन्न भएको हो ।

अभियान अन्तर्गत सिम्ले गाबिसमा रहेको जनप्रिय प्राबि सिम्लेलाई समेत यस अघि सरसफाई युक्त विद्यालय घोषणा गरि सकिएको छ।यस्तै जलजले गाबिसमा रहेको संखर माविलाई समेत बुधबार सरसफाई युक्त विद्यालय घोषणा गरिएको छ।पुर्ण सरसफाईमा प्रतिबद्धता हामी सबैको एक्यबद्धता,सरसफाई युक्त हाम्रो घर अब छैन कसैलाई रोगको डर भन्ने नाराका साथ संखर माबि औपचारीक रुपमा सरसफाई युक्त विद्यालय घोषणा गरिएको हो ।

अभियान अन्तर्गत जलजले गाबिसमा रहेका ढाडे प्राथमिक विद्यालय,ग्रामसुधार माबिलाई सरसफाई युक्त विद्यालय घोषणा गरि सकिएको संखरमाबिका प्रध्यानाध्यापक भुपिन्द्र बुढाथोकीले बताउनु भयो ।विद्यालयहरुलाई देउराली सोसाईटी तेह्रथुमद्धारा सञ्चालित खानेपानी तथा सरसफाई कार्यक्रम (फण्डबोर्ड)को आर्थिक सहयोगमा सुरु भएको हो । 

यस अघि सक्रान्ति गाबिसमा रहेको कृष्णमाबिलाई समेत एक कार्यक्रमको आयोजना गरि पुर्ण सरसफाई युक्त विद्यालय घोषणा गरिएको छ।देउराली सोसाटीमार्फत जिल्लाका फेदाप र छथर गरि ७ वटा गाबिसका यो अभियान सञ्चालन भैरहेको छ । बिगत ६ महिना अघि देखि सुरु भएको कार्यक्रम फेदाप क्षेत्रको जलजले ,सिम्ले,  आठराई क्षेत्रको सक्रान्तिबजार, ईसिबु, सुदाप, हमरजुङ र पञ्चकन्या गाबिसमा सञ्चालन हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने