१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुमका विद्यालयहरुलाई सरसफाई युक्त विद्यालय घोषणा गरिदै

१४ माघ २०७३, शुक्रबार ०५:४७

अमृत बास्तोला/माघ १४, तेहथुम । जिल्लाको फेदाप क्षेत्रका विद्यालयहरुलाई धमाधम सरसफाई युक्त विद्यालय घोषणा गर्न थालिएको छ । फेदाप गाविसका विभिन्न वडामा रहेका विद्यालयहरुलाई औपचारिक कार्यक्रमको अयोजना गरि सरसफाई युक्त विद्यालय घोषणा गर्न थालिएको हो । 

अभियान अन्तर्गत फेदाप क्षेत्रको सिम्ले र जलजले गाविस विद्यालयहरुलाई पुर्ण सरसफाई युक्त विद्यालय घोषणा गर्न थालिए पछि आधादर्जन बढी विद्यालयहरु सरसफाई युक्त विद्यालय घोषणा भएका छन् । पुर्ण सरसफाईमा प्रतिबद्धता हामी सबैको एक्यबद्धता,सरसफाई युक्त हाम्रो घर अब छैन कसैलाई रोगको डर भन्ने नाराका साथ आज सिम्ले गाबिसको सिंहबाहिनी आधारभुत विद्यालयलाई सरसफाई युक्त विद्यालय घोषणा गरिएको छ ।

विद्यालयमा शौचालय, फोहोर फाल्ने डस्पीन सहितका सुबिधा भए पछि सरसफाई युक्त विद्यालय घोषणा गरिएको विद्यालयका प्रधानध्यापक  नारायण प्रशाद भट्टराइले  जनाकारी दिनु भयो।कार्यक्रममा देउराली सोसाइटीका सोमनाथ ढकाल समाजिक परिचालक गंगा लिम्बु र फण्डकोर्डका वास अफिसर ईन्द्रकला तुम्बाहाफेको आथित्यतामा सम्पन्न भएको हो ।

अभियान अन्तर्गत सिम्ले गाबिसमा रहेको जनप्रिय प्राबि सिम्लेलाई समेत यस अघि सरसफाई युक्त विद्यालय घोषणा गरि सकिएको छ।यस्तै जलजले गाबिसमा रहेको संखर माविलाई समेत बुधबार सरसफाई युक्त विद्यालय घोषणा गरिएको छ।पुर्ण सरसफाईमा प्रतिबद्धता हामी सबैको एक्यबद्धता,सरसफाई युक्त हाम्रो घर अब छैन कसैलाई रोगको डर भन्ने नाराका साथ संखर माबि औपचारीक रुपमा सरसफाई युक्त विद्यालय घोषणा गरिएको हो ।

अभियान अन्तर्गत जलजले गाबिसमा रहेका ढाडे प्राथमिक विद्यालय,ग्रामसुधार माबिलाई सरसफाई युक्त विद्यालय घोषणा गरि सकिएको संखरमाबिका प्रध्यानाध्यापक भुपिन्द्र बुढाथोकीले बताउनु भयो ।विद्यालयहरुलाई देउराली सोसाईटी तेह्रथुमद्धारा सञ्चालित खानेपानी तथा सरसफाई कार्यक्रम (फण्डबोर्ड)को आर्थिक सहयोगमा सुरु भएको हो । 

यस अघि सक्रान्ति गाबिसमा रहेको कृष्णमाबिलाई समेत एक कार्यक्रमको आयोजना गरि पुर्ण सरसफाई युक्त विद्यालय घोषणा गरिएको छ।देउराली सोसाटीमार्फत जिल्लाका फेदाप र छथर गरि ७ वटा गाबिसका यो अभियान सञ्चालन भैरहेको छ । बिगत ६ महिना अघि देखि सुरु भएको कार्यक्रम फेदाप क्षेत्रको जलजले ,सिम्ले,  आठराई क्षेत्रको सक्रान्तिबजार, ईसिबु, सुदाप, हमरजुङ र पञ्चकन्या गाबिसमा सञ्चालन हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै