2026-09-19 07:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाँच वर्षभित्र एक घर एक धारा : राज्यमन्त्री खड्का

माघ १५, दाङ । खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) लाई हठ त्यागी सहमतिको राजनीतिमा आउन आग्रह गर्नुभएको छ । 

नेपाल प्रेस युनियन, दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री खड्काले लोकतन्त्रमा सबै पक्षको आवाज सुन्नुपर्ने र उचित माग पूरा हुने भएकाले पनि एमालेले मधेस र आदिवासीलगायतका कुरालाई सुन्नुपर्ने बताउनुभयो । 

एमाले जति कडा बन्दै जान्छ, मुलुक झनै अन्योलताको भूमरीमा पर्ने उहाँले बताउनुभयो । काँग्रेसका नेतासमेत रहनुभएका मन्त्री खड्काले समयमै लचकता अपनाउन एमालेलाई आग्रह गर्नुभयो । 

उहाँले मधेसी र आदिवासी जनजातिलगायतका कैयौँ समुदायहरु उत्पीडितमा रहेको र संविधान संशोधनमार्फत उनीहरुको माग सम्बोधन हुने भएकाले संशोधनमा लचकता अपनाउन एमालेलाई आग्रह गर्नुभयो । 

अर्को एक प्रसङ्गमा उहाँले सरकार निर्वाचनको घोषणाको तयारीमा जुटिसकेको बताउनुभयो । अब दलहरुसँग छलफल गरी तीनवटै निकायको निर्वाचन एक वर्षभित्र सम्पन्न हुने गरी मिति घोषणा हुने बताउनुभयो । 

मन्त्री खड्काले पिउने पानीलाई आधारभूत आवश्यकताका रुपमा सरकारले लिएको बताउँदै, अबको पाँच वर्षभित्र एक घर एक पानी धारा हुने जानकारी दिनुभयो । 

हाल एक वर्षभित्रै सम्पन्न हुने गरी देशभरमा पाँचहजार एकसय खानेपानीका योजना सञ्चालन भइरहेको जानकारीसमेत दिनुभयो । राज्यमन्त्री खड्काले नेपालमा आधारभूत खानेपानी ८५ प्रतिशत र आधारभूत सरसफाइ ८६ प्रतिशत जनतामा पुगिसकेको बताउँदै आगामी एक वर्षभित्रै सबैको पहुँचमा सेवा पु¥याउन सरकार लागिपरेको बताउनुभयो । 

तराईका जनताले अझै पनि स्वच्छ पिउने पानी उपभोग गर्न नपाएको बताउँदै तराईमा डिपबोरिङको माध्यमबाट त्यहाँका जनतालाई स्वच्छ पिउने पानी र पहाडी क्षेत्रमा लिफ्ट सिस्टमबाट जनतालाई स्वच्छ पानी पु¥याउने योजना सरकारले अगाडि सारेको राज्यमन्त्री खड्काले बताउनुभयो । प्रेस युनियनका अध्यक्ष सुशील बस्नेतको अध्यक्षतामा कार्यक्रम भएको थियो । 

ओभरहेड ट्याङ्की शिलान्यास 

यसैबीच, नारायणपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले निर्माण गर्न थालेको ओभरहेड ट्याङ्कीको शिलान्यास गरिएको छ । 

ट्याङ्कीको राज्यमन्त्री खड्काले शिलान्यास गर्नुभएको हो । समितिले त्रिपुर–५ मा चारलाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याङ्कीको आज एक कार्यक्रमको आयोजना गरी शिलान्यास गरिएको हो । 

सरकारको सहलगानी आयोजनाअन्तर्गत रु १५ करोडभन्दा बढीको योजनाअनुसार निर्माण गरिने ओभरहेड ट्याङ्कीको शिलान्यास गर्दै मन्त्री खड्काले ट्याङ्की निर्माणसँगै यस क्षेत्रको खानेपानीको समस्या हल हुने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो