2026-09-19 01:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरी गाउँमा आउँदा दुःखी हुन्छन् महिला !

कृष्ण दर्नाल/पाल्पा, १८ माघ । प्रहरी गाउँमा आउने थाहा पाएपछि यहाँका महिला दुःखी हुन्छन् भन्दा अनौठो लाग्न सक्छ । तर, गाउँमा प्रहरी आउने जानकारी पाएपछि महिला अन्यत्र जान्छन् वा प्रहरी आउने जुनसुकै कार्यक्रममा महिला सहभागी हुने मन गर्दैनन् । 

पाल्पा जिल्ला खानीछाप गाविस–५, भालेबासका महिलाले प्रहरी गाउँमा नै नपसिदिँदा जति खुसी हुन्छन्, त्योभन्दा धेरै गुणा दुःखी हुन्छन् गाउँमा प्रहरी पसेको मेसो पाएपछि । दोषनिर्दोष प्रहरीको होइन, गरिबीको कारण जीविकोपार्जनको हो । अवैध घरेलु मदिरा उत्पादन, बिक्री वितरण गर्ने महिला प्रहरीदेखि सधैँ टाढा रहन चाहन्छन् । 

अवैधरुपमा घरेलु मदिरा उत्पादन, बिक्री वितरण गर्ने महिला गाउँमा प्रहरी पस्दा आफू जोखिममा पर्ने भएपछि सार्वजनिक कार्यक्रममा सहभागी हुने मन नगर्ने हुन् । आर्थिकरुपमा विपन्न मगर समुदायको बाहुल्य रहेको यस गाविसमा महिलाले रक्सी उत्पादन, बिक्री वितरणबाट जीविकोपार्जन गर्न खोज्दा जोखिम हुन्छ । उनीहरुलाई प्रहरीले जतिबेला पनि नियन्त्रण गर्नसक्ने भएपछि प्रहरीदेखि टाढा रहन चाहनु महिलाको बाध्यता हो । 

स्थानीय बासिन्दा प्रहरीले जतिबेला पनि आफूहरुलाई समात्न सक्ने भएकाले सार्वजनिक कार्यक्रममा सहभागी हुन मान्दैनन् । स्थानीय बासिन्दा शान्ति अधिकारी प्रहरीदेखि मदिरा उत्पादन गर्ने महिला बाह्रै महिना त्रसित रहेको बताउनुहुन्छ । 

रोजगारीको सम्भावना नभएपछि परिवार र बालबच्चालाई पढाइ लेखाइका लागि रक्सी बनाउन बाध्य हुनुपरेको उनीहरु बताउँछन् । खानीछाप गाविस–५, भालेबासका महिला साँझको बेला रक्सी पार्ने र रातको समयमा राम्दी क्षेत्रमा बिक्री वितरण गर्न लैजाने गरेको स्थानीय बताउँछन् । 

अधिकारीका अनुसार सरकारले अवैध मदिरा उत्पादन न्यूनीकरणतर्फ ध्यान दिन नसक्दा गाउँमा मदिरा सेवन गरी झगडा गर्ने बढेका छन् । सरकारले मदिरा उत्पादन गर्ने महिलालाई लक्षित गरी विभिन्न आयमूलक तालिम सञ्चालन गर्नुपर्ने उहाँको धारणा रहेको छ । 

राम्दी प्रहरी चौकीका प्रमुख भेषराज रेग्मी प्रहरीले गाउँ बस्ती स्तरमा पुगेर अवैध घरेलु मदिरा उत्पादन, बिक्री, वितरण कार्य सरकारले निषेध गरेकाले मदिरा उत्पादन रोक्न सचेतना कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । उहाँले अवैध घरेलु मदिरा उत्पादन गर्ने महिलाले प्रहरीको नजिकै नपर्ने र सार्वजनिक कार्यक्रममा समेत उपस्थित हुन नमान्ने गरेको बताउनुहुन्छ । 

पटकपटक मदिरा नियन्त्रण गरी कारबाही गरेपनि अवैध मदिरा उत्पादन रोक्न नसकिएको हो । अब घरेलु मदिरा उत्पादन गर्ने महिलालाई वैधानिक रुपमा आयआर्जन गर्ने व्यवसायमा आकर्षण गर्न खोजे पनि ती महिला मदिरा उत्पादन, बिक्री वितरण गर्न नरोकिएकोमा स्थानीय बासिन्दा चिन्तित छन् । 

अवैध घरेलु मदिरा उत्पादन गर्ने कामले महिलाको स्वास्थ्यमा ठूलो असर पर्ने भएकाले यस्तो व्यवसाय नगर्न पटकपटक अनुरोध गरेको स्वास्थ्यकर्मी बताउँछन् । गाविस, महिला तथा बालबालिका कार्यालय पाल्पाले विभिन्न अभियान सञ्चालन गरेपनि यहाँका महिलामा अवैध मदिरा उत्पादन कार्य रोकिन सकेको छैन । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई