2026-09-19 01:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बसले ट्रकलाई पछाडिबाट ठक्कर दिँदा ९ जना घाइते

माघ १८, इनरुवा । पूर्व पश्चिम राजमार्गअन्तर्गत सुनसरी हरिपुर–८ भन्टाबारीमा आज सडक दुर्घटना हुँदा नौजना घाइते भएका छन् । 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा४ख ५१४२ नंको यात्रुवाहक बसले हरिपुर–८ भन्टाबारी चौकमा ना५ख २२५८ नंको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा बसमा सवार नौजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

घाइतेहुनेमा उदयपुर त्रियुगा नगरपालिका–१५ का ३० वर्षीया निशा दनुवार, मोरङ झोराहाट–७ का ३१ वर्षीय श्याम राजवंशी, सप्तरी गोइठी–६ का ३० वर्षीया मीनादेवी सदा र ३२ वर्षीया अमनुदेवी सदा, गोइठी–३ कै ४० वर्षीय जोगिन्दर साह, कल्याणपुर–७ का १८ वर्षीय विनोद साह, बरवनी–८ का ४० वर्षीया प्रमिला सदा, डेराह–८ का ४० वर्षीया अरुलिया मुखिया र सुनसरी छिटाहा–२ का ४५ वर्षीया बुलोदेवी मण्डल रहेको प्रहरीले जनाएको छ । 

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको सीमा प्रहरी चौकी भन्टाबारीले जनाएको छ । घाइते सबैको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई