२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

त्रिवेणी सामुदायिक टेलिभिजन सम्मानित हुने

२६ फाल्गुन २०७२, बुधबार ०९:३५

फागुन २६, नवलपरासी । त्रिवेणी सामुदायिक टेलिभिजन
उत्कृष्ट संचारमाध्यम सम्मान २०७२ बाट सम्मानित हुने भएको छ । जिल्ला विकास समिति नवलपरासीले हरेक बर्ष
प्रदान गर्दै आएको उत्कृष्ट पत्रकारिता सम्मानबाट यसबर्ष त्रिवेणी सामुदायिक टेलिभिजन सम्मानित हुने
भएको हो ।

नेपाल पत्रकार महासंघ नवलपरासीको मंगलवार कावासोतीमा
भएको बैठकले त्रिवेणी सामुदायिक टेलिभिजनलाई उत्कृष्ट संचारमाध्यामका रुपमा सम्मान गर्ने सर्बसम्मत
निर्णय गरेको थियो ।

फागुन २८ गते परासीमा हुने जिल्ला
विकास समिति नवलपरासीको २४ औ जिल्ला परिषदमा त्रिवेणी सामुदायिक टेलिभिजनका साथै पत्रकार नविन पौडेल र
हिमालदेव पंगेनीलाई समेत पुरस्कृत गरिने नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष नारायण शर्माले
बताउनुभएको छ ।

स्थानीय विकास निर्माण लगायतका मुद्धाहरुलाई
शसक्त रुपमा उठाएका कारण त्रिवेणी सामुदायिक टेलिभिजनलाई संस्थागत रुपमा सम्मान गर्ने निर्णय गरिएको
अध्यक्ष शर्माले जानकारी दिनुभयो । सम्मानमा नगद तथा प्रमाणपत्र रहेको छ ।


त्यस्तै पत्रकार पौडेल कान्तिपुर टेलिभिजन र पंगेनी बिजय एफएम गैडाकोटमा आबद्ध रहनुभएको छ
। उता जिल्ला विकास समितिको २४ औं जिल्ला परिषदको तयारी अन्तिम चरणमा पुगेको छ ।

फागुन २८ गते परासी क्याम्पसमा हुने परिषद् का लागि बिषयगत तथा एकीकृत योजना तर्जुमा
गोष्ठी लगायतको तयारी पुरा भएको स्थानीय विकास अधिकारी लालकृष्ण शर्मा पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म